११ श्रावण २०८१, शनिबार

देशकाे सबै भुभागमा चिसाे निक्कै बढे पछि सचेत रहन माैसम बिद्हरुकाे सुझाब

काठमाण्डौ : देशका सबै ठाउमा चिसाे निक्कै बढे पछि सबैलाई सचेत रहन माैसमबिद्हरुले सुझाव दियका छन्।देशका उच्च हिमालि र पहाडि भुभागमा हिउकाे कारण र तराईमा हुस्सु र कुईराेले देशकाे सबै भुभागमा यतिवेला निक्कै चिसाे बढेकाेले सबैलाई चिसाेबाट बच्न माैसमबिदहरुले सुझाव दियका हुन।

उपत्यकाको न्यूनतम तापक्रम हिजोभन्दा आज केहि। बढेको छ । हिजो तीन दशमलव पाँच डिग्री सेल्सियस रहेको काठमाण्डौको न्यूनतम तापक्रम आज पाँच दशमलव एक डिग्री सेल्सियस पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहान पौने ६ बजे मापन गर्दा हिजोभन्दा आज एक दशमलव छ डिग्री सेल्सियसले न्यूनतम तापक्रम बढेको मौसमविद् सञ्जीव अधिकारी जानकारी दिनुभयो । हिजो यो वर्षको जाडो सिजनको सबैभन्दा कम तापक्रम मापन गरिएको थियो।

मौसमविद्का अनुसार आज कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ ।

अहिले मधेस र कोशी प्रदेशका जिल्लामा मौसम आंशिक बदली रहेको तथा तराई मधेसका अन्य जिल्लामा हुस्सु कुहिरो लागेको महाशाखाले जनाएको छ ।