२३ भाद्र २०८१, आईतवार

जाजरकोटमा बाढीले बगाउँदा एक जना शिक्षकको मृत्यु , छ जना सकुशल उद्दार

जाजरकोट : खाेलाले बगाएपछि एक जना शिक्षकको मृत्यु छ   जनाकाे सकुशल उद्दार ।

अविरल वर्षाका कारण कुशे गा.पा. १ तारेचौर नजिकै खोलाले बगाउँदा साेहि गाउँपालिका वडा न ९ निवासी , श्री मालटाकुरा मा.वि.कुशे ४ मा कार्यरत शिक्षक ईन्द्र राेकायकाे मृत्यु भयकाे छ भने  ६ जनाको सकुशल उद्धार भयकाे छ । सनिवारकाे दिउसो  खाेलामा माछा मार्न गयकाे बेला साेहि ठाउँमा बास बसिरहेको अवस्थामा राति ८ बजे  एक्कासि खाेला बढेर आयपछि उनिहरुलाई बगायकाे थियाे ।

राजेन्द्र बहादुर शाही कुशे ४ तम्ती,खिम बहादुर शाही ,कुशे ४ तम्ती,पृथ्वी  बहादुर शाही कुशे ४ तम्ती,जीवन जैसी कुशे ४ अर्छानि,गोविन्द रावत ,कुशे १ तारेचौर र दिपक चलाउने कुशे १ तारेचौर, सकुशल उद्वार, गरियकाे थियाे ।

जाजरकोट आसपासका ठाउमा सनिवार निकै ठुलाे पानी परेपछि खाेला र नदिहरुकाे बहाव बढेकाे छ ।