११ श्रावण २०८१, शनिबार

कर्णालीमा भारी हिमपात किसान उत्साहित,भुकम्प पिडित निराश

जाजरकोट : कर्णाली प्रदेशका हिमाली र पहाडि जिल्ला हुम्ला ,मुगु डाेल्पा जुम्ला, दैलेख,कालिकोट जाजरकोट र रुकुम लगायतका जिल्ला हरुमा हिउँ परे पछि किसानहरु उत्साहित भयका छन् भने भुकम्प ले घर भत्कायर त्रिपाल मुनि बस्दै आयका जाजरकोट र रुकुम लगायतका नागरिक हरु जाडाे बढे पछि निराशा भयकाे बताउँछन् । हिँउदेवाली बिग्रने भन्दै सबै किसानहरु चिन्तीत थिए ।बुधबार साँझ एक्कासि बादल लागेर रातिदेखि हिउँ पर्न थाल्याे र किसानहरुमा उत्साहकाे बहार आयाे।

कार्तिक १७ गते जाजरकोटको रामिडाँडा केन्द्रविन्दु भएर गएको  भूकम्पकाे समयअवधी ३ महिना पुगिसकेको छ । उक्त विनासकारी भूकम्पले ६५ हजारभन्दा बढी घरहरुमा बस्न नमिल्ने गरी क्षति भएको अवस्था छ । हाल सम्मा जाजरकोट र रुकुममा ३५ हजार बराबरका अस्थायी आवास निर्माण भयता पनि अझै साे आवासमा पिडितहरु सरेकाे अवस्था छैन । कतिपय पिडितहरु चर्किएका घरहरु भत्काउने वा नभत्काउने भन्ने बारे अन्याैलमा छन्।एक पटक रु ५० हजार खर्च गर्ने, अर्को पटक पुर्नः निमार्णमा थप खर्च गर्नु भन्दा एकै पटक सरकारले पुनः निमार्णको योजना ल्याउनु पर्ने स्थानीयहरुकाे भनाइ छ ।

सरकारले दियकाे अस्थायी आवास निर्माण कार्यविधि अनुसार तत्काल ५० हजार दिने निर्णय बमोजिम पहिलाे किस्ता वाफतकाे २५ हजार प्राप्त गरि अस्थायी आवास ( टहरा ) निर्माण गरिरहेका छन्।

भुकम्पले घरहरु भत्काय पछि त्रिपाल मुनिकाे बास र एक्कासि माैसम बदलि भई हिउँ परेपछि जाडाे निक्कै बढेकाेले त्यस आसपासका नागरिकहरु निकै जाडाे भयकाे बताउँछन् । हिमपात भएपछि चिसो अत्यधिक बढेको छ। र जनजिवन कष्टकर भयकाे छ।