११ श्रावण २०८१, शनिबार

सर्वाेच्चद्वारा भाटभटेनि सुपर मार्केटलाई आयकर तथा मुल्य अभिवृद्धि कर छली प्रकरणमा दाेषी ठहर

काठमाडौँ : सर्वोच्च अदालतको पूर्ण इजलासले भाटभटेनी सुपर मार्केटलाई आयकर तथा मूल्य अभिवृद्धि कर छली प्रकरणमा दोषी ठहर गरेको छ ।न्यायाधीशहरू कुमार चुडाल, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको इजलासले नक्कली भ्याट बिल जारी गर्दै भाटभटेनीले सरकारलाई बुझाउनुपर्ने राजश्व ठगी गरेको भनी यसअघि दुई न्यायाधीशको इजलासबाट गरेको आदेश सदर गर्ने फैसला गरेको हो ।

सर्वोच्चको यो फैसलापछि अब भाटभटेनीले सरकारलाई करिब १३ करोड रुपैयाँ नक्कली भ्याट बिलमार्फत राजश्व ठगी गरेको पाइएको थियो । भाटभटेनीले एक वर्षमै ३ करोड ८५ लाख बराबरको नक्कली भ्याट बिल जारी गरेर राजश्व ठगी गरेको पाइएको थियो । उक्त मुद्दा केही दिनदेखि सर्वोच्चको पूर्ण इजलासमा बहस भएको थियो ।