११ श्रावण २०८१, शनिबार

जाजरकोट भुकम्प पिडित बालबालिकाको कथा

जाजरकोट :भुकम्पले बालबालिकाको खुसी लुटेर अपांग जस्तै बानाएको छ । संगै पढ्ने साथिलाई लग्याे, काेहि अस्पतालमा छन् र पढ्ने भवन भत्किएका छन , स्कुल जाने बाटाे र मैदानको छेउमा झस्किदै  पढिरहेका छन् ।उनिहरुकाे मनमा उहीँ  कार्तिक १७ गतेकाे  बिनासकारी भुकम्पकाे यादले सताईरहेकाे छ ।भेरि नगरपालिकाकाे वडा न १ मा सबै भन्दा बढि मानवीय क्षति भयकाे थियाे एकै घरका ६जना सहित ३१ जनाकाे मृत्यु भयकाे र ११५ जना घाइते अवस्थामा  उपचारक्रममा छन । उक्त वडामा  सात वटा सामुदायिक बिद्यालय छन भने एउटा वाेर्डिङ स्कुल रहेकाे छ, सबै बिद्यालय र बाेर्डिङ स्कुल गरि जम्मा ११ सय बिद्यार्थी हरु अध्यनरत छन् ८ सय बिद्यार्थी साेहि वडाका छन भने , ३ सय जना रुकुम पश्चिम , नलगाड नगरपालिका र भेरि नगरपालिका वडा न. ३ का छन् । मृत्यु हुनेमा १७ जना स्कुल पढ्ने बालबालिका रहेकाे छन।  भेरिकाे चिसाे वाफ र बिहानकाे हुस्सुले गर्दा तेस क्षेत्रमा चिसाे निक्कै बढेकाे छ ।  स्कुलमा पुगे पछि भवनहरु निक्कै डर लाग्दा छन् ।  अब बार्षिक परिक्षा नजिकिदै गर्दा बिद्यार्थी हरुमा भने उहीँ कार्तिक १७ गतेकाे दिनले मनभरि झस्काईरहन्छ । कयौं कार्यलय, संघ संस्था र ब्यक्तिअरुले पाईक पर्ने ठाउमा केही राहतका सामाग्रीहरु उपलब्धि गरेता पनि बिकट र दुर्गम ठाउका बालबालिकाहरु भने अहिले सम्मा कुनै पनि राहतका सामाग्री हरु नपायकाे गुनासो ब्यक्त गरिरहेका छन।

जिल्लाका सबै बिद्यालयहरुका भवनहरु पुर्ण रुपमा क्षति भय पछि त्यहाँका बालबालिका अस्थायी भवन ( पाल मुनि ) र खुल्ला मैदानमा  पढिरहेका छन् , शिक्षकले पढाइ रहेकाे अवस्थामा बालबालिका भने भुकम्प ले भत्कायकाे भवनमै हेरेर मन भरि डर पालेर बसिरहेका छन । यसरी कष्टकर अवस्थामा पढिरहेका बालबालिका हरुले के आउदाे बार्षिक परिक्षामा उनिहरुले साेचे जस्ताे नतिजा ल्याउन सक्लान ?