२७ श्रावण २०८२, मंगलवार

बाबाकाे अन्तिम फाेन शुशिललाई, जाे बाेल्दा- बाेल्दै बेपत्ता भए

जाजरकोट ;बाबाकाे अन्तिम फाेन सुशिललाई जाे बाेल्दा- बाेल्दै बेपत्ता भय ,एक घण्टा सम्मा फाेन लाग्थ्यो बुवाकाे, जाे बेल्दा -बाेल्दै बेपत्ता भय।

गत बुधबार भारतकाे उत्तराखण्डकाे धरालिमा पहिराेमा बेपत्ता भयका मानबहादुर सिंह लगायत जाजरकोट कुशेका १३ जना र ९ अन्य ठाउँका नेपाली सहित १०० जना बेपत्ता छन ।

बाढीमा परी हराएका १३ जना नेपालीको सकुशल उद्धार गरिएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

भारतीय अधिकारीहरूले १३ जना नेपालीको उद्धार भएको जानकारी दूतावासलाई गराएका छन् । बाढीमा परेर कर्णालीका १५ जनासहित २२ नेपाली बेपत्ता भएको बताइएको छ । त्यहाँ खोजी कार्य जारी छ ।

मान बहादुर सिंह छाेरा र आफन्त लियर भारतमा राेजगारिकाे लागि गयकाे करिव  महिना बितिसकेकाे थियाे। बाहिर पानी परिरहेको थियाे,आफ्नै गाउका आफन्तसंग एउटा काेठामा बसेका थिय । छाेरा भने अलि माथिल्लाे गाउमा गयर क्यारमबाेर्ड खेलिरहेका थिय । एक्कासि माथिबाट पहिराे आयकाे थाहै भयन, जब उनी आधा शरिर डुबेर छाेरालाई फाेन गर्न सम्म भ्याय त्याे प्रयास मानबहादुरकाे अन्तिम थियाे ।

सुशीलले आफ्नो बुवासँगको ३० सेकेन्डको अन्तिम फोन कल सम्झँदै भने, ‘बाबु डुबिसके छिटो बचाउन आइजा’ सुशीलका अनुसार करिब एक घण्टासम्म बुवाको फोनमा टोन गइरहेको थियो । पछि सम्पर्क हुन सकेन ! घटनापछि सुशीलले आफ्ना अंकलहरू, दाइ र भिनाजु सबैको खोजबिन गरे । तर कसैलाई फेला पार्न सकेनन् ।

४३ वर्षीय मानबहादुर सिंह गत चैतमा श्रीमती, छोराछोरी ज्वाइँ र आफ्ना दाजुभाइ लिएर रोजगारीका लागि उत्तराखण्ड गएका थिए , मान बहादुर सहित कर्ण बहादुर सिंह , निम बहादुर सिंह , राम बहादुर सिंह , रविन सिंह एउटै गाउका छ जनाकाे हाल सम्म मृत्यु भयकाे खबर छ ।

कक्षा १० को परीक्षा एसइई दिएर बुवा-आमासँगै उत्तराखण्ड गएका सुशील अहिले आपतविपतमा छन । केही पढाइ खर्च जुटाएर दशैंमा घर फर्किने उनीहरूको योजना थियो ।

मानबहादुर घरमा ताला लगाएर तीन छोराछोरी कोहलपुरस्थित भाडाको कोठामा छोडेर छाेरा छाेरीकाे पढाइ खर्च जुटाउन र  रोजगारीका लागि परिवारका अन्य सदस्य लिएर उत्तराखण्ड गएका थिए । सिजनकाे बालि लगायर प्रत्येक बर्ष  बाबुआमा कमाइका लागि कालापहाड गइरहनु पर्ने बाध्यता छ।