
काठमाडौंबाट रसुवा गयकाे हेलिकप्टर बेपत्ता
काठमाडौं :रसुवाको स्याफ्रुबेसी गएको एयर डाइनेस्टीको - ९एन-एजेडी हेलिकप्टर बेपत्ता भएको छ ।त्रिभुवन विमानस्थल स्रोतका अनुसार हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो । हेलिकप्टर नुवाकोटको सूर्यचौर भन्ने स्थानपछि सम्पर्कमा नआएको बताइएको छ ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले शिवपुरी-७ सूर्य चउर एरियामा हेलिकप्टर देखिएको जानकारी स्थानीयले गरे पछि अहिले प्रहरी सो स्थानमा जाँदै गरेको जानकारी दिए ।घटनाबारे थप विवरण आउन बाँकी छ ।...