१३ असार २०८२, शुक्रबार

२०८१मा लिईएकाे एसइई परिक्षाकाे रिजल्ट आज हुने, नतिजा हेर्न के गर्ने ?

काठमाडौं :२०८१ सालमा सम्पन्न माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा अब केही समयपछि सार्वजनिक हुने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका परीक्षा नियन्त्रक डा. गणेश भट्टका अनुसार एसइई नतिजा आज साँझ प्रकाशन हुनेछ।

२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो  परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए । त्यसका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र कायम गरिएको थियो ।

परिक्षा नियन्त्रक भट्टका अनुसार एसइईको वेबसाइट, एनटीसीलगायत विविध माध्यमबाट नतिजा हेर्न सकिनेछ ।

नतिजा कहाँ हेर्ने: