काठमाडौं । जब शिक्षा केवल पढाइमा सीमित रहँदैन र सपना पूरा गर्ने माध्यम बन्छ, तब जन्मिन्छ एउटा यस्तो संस्था जसले विद्यार्थीको भविष्यलाई नयाँ दिशा दिन सक्छ । अहिले राजधानीको चन्द्रागिरि–१४, नैकापमा यस्तै एउटा शैक्षिक क्रान्तिको चर्चा चुलिँदै गएको छ । त्यो नाम हो — सान इन्टरनेशनल कलेज ।
काठमाडौं उपत्यकाभरि नै गुणस्तरीय शिक्षाको विश्वसनीय गन्तव्यको रूपमा परिचित सान इन्टरनेशनल कलेजले अहिले आधुनिक सुविधा सम्पन्न साततले भवन निर्माण गर्दै शिक्षा क्षेत्रमा नयाँ आयाम थपिरहेको छ । कलेजले कक्षा ११ मा नयाँ भर्ना हुने सीमित संख्याका विद्यार्थीहरूका लागि १०० प्रतिशतसम्म छात्रवृत्ति घोषणा गरेपछि विद्यार्थी र अभिभावकको आकर्षण झन् बढेको छ ।
“सिटहरू भरिनु अघि नै आवेदन दिनुहोस्” भन्ने सन्देशसहित कलेजले भविष्यप्रति गम्भीर र मेहनती विद्यार्थीहरूलाई ठूलो अवसर प्रदान गरिरहेको जनाएको छ । आर्थिक अवस्था कमजोर भए पनि पढाइमा अब्बल विद्यार्थीका लागि यो अवसर जीवन बदल्ने मोड बन्न सक्ने विश्वास गरिएको छ ।
नैकापमा निर्माणाधीन नयाँ भवन अहिले केवल एउटा संरचना मात्र होइन, हजारौँ विद्यार्थीका सपनाहरूको केन्द्र बन्दै गएको छ । अत्याधुनिक डिजाइनमा निर्माण भइरहेको उक्त भवनमा अन्डरग्राउण्ड पार्किङदेखि खेलकुद क्षेत्रसम्मको व्यवस्था हुनेछ । ग्राउण्ड फ्लोरमा आधुनिक ल्याब, लाइब्रेरी र सोधपुछ शाखा रहनेछ भने पहिलो तलामा विशाल सभाहल निर्माण गरिने योजना छ । दोस्रो, तेस्रो र चौथो तलामा सुविधासम्पन्न कक्षाकोठा रहनेछन् भने पाँचौँ तलामा फुटसल र आकर्षक क्यान्टिन सञ्चालन गरिने जनाइएको छ ।
कलेजका अध्यक्ष सुवास घिमिरे ले नयाँ भवनबाट सम्भवतः यही शैक्षिक सत्रदेखि प्लस टु तहको कक्षा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिएका छन् । उनका अनुसार, विद्यार्थीलाई पुस्तकको ज्ञानसँगै व्यवहारिक सीप, नेतृत्व क्षमता र आधुनिक प्रविधिसँग जोड्ने लक्ष्यसहित कलेज अघि बढिरहेको छ ।
सान इन्टरनेशनल कलेजले प्लस टुदेखि स्नातक र स्नातकोत्तर तहसम्म विभिन्न विषयमा अध्ययन–अध्यापन गराउँदै आएको छ । अनुभवी शिक्षक, प्रविधिमैत्री कक्षा, अनुशासित वातावरण र संस्कारयुक्त शिक्षाका कारण कलेजले छोटो समयमै शैक्षिक क्षेत्रमा छुट्टै पहिचान बनाएको छ ।
अतिरिक्त क्रियाकलाप, तालिम, सेमिनार, व्यक्तित्व विकास कार्यक्रम तथा नेतृत्व निर्माणका गतिविधिले यहाँ अध्ययन गर्ने विद्यार्थीलाई केवल परीक्षामा मात्र होइन, जीवनमा सफल बन्न प्रेरित गर्ने गरेको अभिभावकहरू बताउँछन् ।
शिक्षालाई व्यापार होइन, भविष्य निर्माणको अभियानका रूपमा अघि बढाइरहेको सान इन्टरनेशनल कलेज अहिले हजारौँ विद्यार्थीको आशा र भरोसाको केन्द्र बन्न पुगेको छ । नयाँ भवन, आधुनिक सोच र छात्रवृत्तिको सुनौलो अवसरले अब सान कलेजलाई शिक्षा क्षेत्रमा अझ शक्तिशाली नामको रूपमा स्थापित गर्ने विश्वास गरिएको छ ।

