काठमाडौं :“छेडागाड परिवर्तनको मोडल बन्न सक्छ, अब अरूको इसारामा होइन, आफ्नै सोचमा अघि बढौं” -हेमराज दाहाल
थाइल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय सुशासन, शिक्षा, स्वास्थ्य र नेतृत्व विकास सम्मेलनमा सहभागी हुँदै जाजरकोट छेडागाडका हेमराज दाहालले आफ्नै गाउँ–नगर छेडागाड नगरपालिका, जिल्ला जाजरकोट, प्रदेश कर्णाली, र समग्र नेपालका जनताका लागि आत्मनिर्भरता र स्वाभिमानको सन्देश पठाएका छन्।
विश्वमञ्चमा बोल्दै उनले जोड दिए -“छेडागाड, जाजरकोट र कर्णाली प्रदेश अरूको इसारामा चल्ने होइन, आफ्नै सोच र योजनामा अघि बढ्नुपर्ने बेला आएको छ।”
दाहालले भन्नुभयो “हाम्रो पालिका, हाम्रो जिल्ला र हाम्रो देशले अब अरूको मुख हेर्ने समय समाप्त भएको छ। सके राम्रो काम गरौँ, नसके बिगार्ने होइन आफ्नो काम आफैं गरौँ।”
हेमराज दाहालका अनुसार, “विकास र परिवर्तनका लागि परनिर्भरता होइन, आत्मनिर्भरता चाहिन्छ। अरूले के भन्छन् भन्ने सोचभन्दा पनि हामीले के गर्न सक्छौं भन्ने आत्मविश्वास जरुरी छ।”
थाइल्याण्डमा अध्ययन र अवलोकनका क्रममा उनले स्वच्छ शासन, नागरिक उत्तरदायित्व र कार्य संस्कृतिको शक्ति प्रत्यक्ष अनुभूति गरेका छन्।“थाइल्याण्डमा हरेक नागरिक आफ्नै कामको जिम्मा लिन्छ। नेपालले पनि यही बाटो समात्न सके परिवर्तन दूर छैन,” उनले भने।
हेमराज दाहालको सन्देश छेडागाड नगरका जनताका लागि:
१, अरूको इसारामा होइन, आफ्नै सोचमा अघि बढौं।
२, सके राम्रो काम गरौं, नसके कम्तीमा नबिगारौं।
३, आफ्नो पालिका र देशको काम आफैं गर्नुपर्छ — जिम्मेवार नागरिक बन्नुपर्छ।
४,शिक्षा, नेतृत्व र एकतालाई व्यवहारमा उतारौं।
५, छेडागाडलाई स्वच्छ प्रशासन र सुशासनको उदाहरणीय नगर बनाऔं।
अन्त्यमा उनले थाइल्याण्डबाट पठाएको सन्देशमा लेखेका छन्,“छेडागाड अब अरूको सहयोगले होइन, आफ्नै हातले विकास गर्ने नगर हो।
हाम्रो आत्मसम्मान हाम्रो पहिचान हो, हाम्रो इमान र परिश्रम नै हाम्रो पहाडको गर्व हो।”
थाइल्याण्ड, २०८२ कार्तिक
अन्तर्राष्ट्रिय बाल नेतृत्व मञ्च (International Child Leadership Forum)
