२०८३ असार १५, सोमवार

मलेसिया पुगेको कराते टोलिले जित्यो १ स्वर्ण सहित ९ पदक

मलेसियाको २५औँ मिलो इन्टरनेशनल ओपन कराते च्याम्पियनसिपमा नेपाली टोलीको उत्कृष्ट प्रदर्शन, १ स्वर्णसहित ९ पदक जित्न सफल

मलेसियाबाट कृष्ण बहादुर बि.क.
काठमाडौं ।
मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजित २५औँ मिलो इन्टरनेशनल ओपन कराते च्याम्पियनसिप–२०२६ मा सहभागी नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै १ स्वर्ण, ४ रजत र ४ कांस्य पदक जित्न सफल भएको छ।

गत जुन २५ देखि २८, २०२६ सम्म सञ्चालन भएको उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका विभिन्न जिल्लाका उत्कृष्ट खेलाडीहरूले सहभागिता जनाएका थिए। प्रतियोगितामा कराते क्लब बालाजु, काठमाडौं महानगरपालिका–१६ सहित देशका विभिन्न कराते क्लबका खेलाडीहरूले नेपालको प्रतिनिधित्व गरेका थिए।

पदक विजेताहरू यसप्रकार छन् :

स्वर्ण पदक

  • होम गुरुङ (कराते क्लब काठमाडौं)

रजत पदक

  • अनिश थापा (तिलोत्तमा नगरपालिका)
  • प्रजोल थापा (तिलोत्तमा नगरपालिका)
  • राजेश तामाङ (दाङ)
  • अभिन परियार (दाङ)

कांस्य पदक

  • महेन्द्र थारु (नवलपरासी)
  • पिंकी चौधरी (कपिलवस्तु)
  • सोहन सिन्जाली
  • इशान घिमिरे (शुद्धोधन गाउँपालिका)

प्रतियोगितामा सहभागी नेपाली टोलीमा होम गुरुङ, अनिश थापा, अभिन परियार, इशान घिमिरे, अनिशा थापा, राजेश तामाङ, प्रजोल थापा, रीता कुमारी चौधरी, महेन्द्र थारु, मिनबहादुर सेजल, युवराज थारु, पिंकी थारु, सुस्मिता थारु, निरु थारु चौधरी, भीमबहादुर रोकाहा तथा सोहन सिन्जाली खेलाडीका रूपमा सहभागी थिए।

त्यस्तै, आधिकारिक टोलीमा सञ्जय कुमार चौधरी थारु (रेफ्री), सन्तु डंगोरिया थारु (रेफ्री), विष्णु थापा बिष्ट (टिम म्यानेजर) तथा कृष्ण बहादुर बि.क. (टिम कोच) सहभागी भएका थिए।

अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगितामा नेपाली खेलाडीहरूले गरेको उत्कृष्ट प्रदर्शनले नेपालको कराते खेलको स्तर अन्तर्राष्ट्रिय मञ्चमा थप उजागर भएको छ। खेलाडीहरूको सफलता नेपाली करातेका लागि गौरवको विषय बनेको छ भने आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा अझ उत्कृष्ट नतिजा हासिल गर्ने विश्वाससमेत बढेको छ।