११ श्रावण २०८१, शनिबार

अखिल क्रान्तिकारी ३ न. प्रदेशकाे एकता भेला तथा प्रशिक्षण सम्पन्न

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट बिद्यार्थी संगठन, अनेरास्ववियु (क्रान्तिकारी ) ३ न. प्रदेश कमिटीको एकता भेला तथा प्रशिक्षण सम्पन्न भयकाे छ  ।

शुक्रबार काठमाडौंको बागबजार स्थित पद्मकन्या कलेजमा संचालित भेलामा पार्टीका केन्द्रीय कार्यलय सदस्य तथा ३ न. प्रदेश कमिटी ईन्चार्ज हेमन्त प्रकाश ओलि “सुदर्शन”,केन्द्रीय कार्यलय सदस्य उदय बहादुर चलाउने “दिपक” संगठनका फ्र्याक्सन ईन्चार्ज हरिकृष्ण गजुरेल , संयाेजक मिलन राई, सह-संयाेजक बिरेन्द्र शाह , पेशल दाहाल शिलु न्याैपाने , संगठनका केन्द्रीय कार्यलय सदस्य गाेबिन्द बिष्ट , डि बि शाहि , लगायतका नेता हरुकाे विशेष उपस्थिति तथा प्रदेश अन्तर्गत जिल्लाका प्रतिनिधिहरुकाे सहभागीतामा भेला सम्पन्न भयकाे हाे ।

भेलाले ५५ सदस्य प्रदेश कमिटी गठन गरेकाे छ । भेलाकाे अध्यक्षता उषाकिरण “आजाद”ले गरेका थिय भने संचालन हरि बिष्टले गरेका थिय ।कार्यक्षेत्र , पद तथा जिम्मेवारी बाँडफाड र संगठनले गर्नु पर्ने काम कर्तव्य कमिटीको बैंठकद्वारा टुंकाे लगाईने संगठनका नेता उषाकिरण आजादले जानकारी दिय।