११ श्रावण २०८१, शनिबार

जाजरकोट, कुशेका एक युवाकाे भारतमा मृत्यु

नेपालगन्ज । जाजरकोट कुशे गाउपालिका वडा न.२ तल्लाे डाेग्री टाेलका रमेश सिंहकाे भारतकाे हरिद्धार भन्ने ठाउमा ट्रकले च्यापियर घटनास्थल मै मृत्यु भयकाे छ।

शुक्रबार नेपालगन्ज देखि रिजर्भमा लिईयकाे जिपकाे टायर पन्चर भयकाे अवस्थामा बाहिर निस्कने क्रममा गुडिरहेको टृकले ठक्कर दियपछि च्यापेर घटनास्थलमै उनकाे मृत्यु भयकाे बताईयकाे छ।

१९ बर्षका सिंह कक्षा ११ मा पढ्दै थिय। ६ बर्ष पहिले उनका बुवा नर बहादुर सिंहकाे घर नजिकैकाे भिरमा लडेर घाइते भइ उपचारका लागि भारतकाे लखनउ लिदै गर्दा बाटाेमै निधन भयकाे थियाे । हाल सात जनाकाे घर परिवार मध्ये जेठा छाेरा रमेश थिए असल, ईमान्दार,मेहेनेती सामाजिक सदभावना राख्ने स्भावका ब्यक्ति  थिए। उनको आमाले गाउँ घरमै अर्काकाे खेतीपाती गरेर भाईबहिनिलाई खानपिन जुटाउन कठिन भएकोले उनी बर्खा विदामा भारत गएर मजदुर गरेर दशैमा आमा भाईबहिनिकाे लागि लत्ताकपडा र आफ्नो पढाइ खर्च  जुटाउन भनी साउन ३ गते घरबाट हिडेका थिय। बाटाेमै असामयिक निधन भयकाे छ । घरकाे आर्थिक अवस्था एकदम कमजाेर छ , उनकाे मृत शरीर भारतबाट नेपाल ल्याउनका लागि सबैमा सहयाेगकाे अपिल गरियकाे छ । आफन्त माेहन बिक्रम सिंहकाे नाममा गरिमा बिकास बैंकमा रहेकाे  खाता न.०७२०१९०१०१४६४५०००००१ र माेबाईल नम्बर ९८६२५९९४९६ मा सहयाेगि मनहरुका लागि सार्वजनिक  गरियकाे छ ।
गरिबी र वेराेजगारले गर्दा यतिबेला नेपालगन्ज देखि भारत जानेकाे संख्या दिनानुदिन बढ्दैछ ।  प्राय बालबालिका र युवा युवतिहरु भारत प्रस्थाान गरिरहेकाे अवस्था छ ।