२७ बैशाख २०८२, शनिबार

कविता

याे शहरमा

याे शहरमा

कविता
याे सहरमा झूट मूल्यवान् हुन्छ सत्यको लिलामी हुन्छ न्याय बन्धक बनाइन्छ अन्याय स्वतन्त्रतापूर्वक विचरण गर्छ घृणाको आगोमा जलेर प्रेम खरानी हुन्छ सहरको कोलाहललाई समेत मात दिँदै साइरनको गुन्जायमान ध्वनिले आमजनलाई त्रसित पार्दै शासकहरूको सवारी हुन्छ मान्छेले आफ्नो सबै आत्मस्वाभिमान बन्धकी राखेर आफैँलाई बेच्छ– देश बेच्छ र लम्पसार पर्छ भनेर साध्य नहुने अरू नि धेरै थोक हुन्छ नि महोदय यो सहरमा ! यो सहरमा नहुने त केवल गरिखानेहरूका लागि एउटा कुना नसिब हुँदैन खाडी पस्न लागेको युवाको आँसुको कुनै मोल हुँदैन साहूले सताएका किसानको रुवाइ र चिच्याहटको कुनै सुनवाइ हुँदैन सर्वस्व त्यागेर अन्यायका विरुद्ध लड्न हिँडेकाहरूलाई कसको साथ हुँदैन ! यस्तै हो संवेदनहीनताले भरिएको यो सहर जहाँ आमजनका न्यायपूर्ण आवाजहरू विलोप पारिदिने कर्कश ध्वनिको कोलाहल मात्रै छ !!...
ब्युँझ, अब त ब्युँझ

ब्युँझ, अब त ब्युँझ

Breaking News, कविता, राष्ट्रिय, विगन्यूज, समाचार
उद्देश्य देखिएन पटके निर्वाचनको बदलिएन अनुहार सत्ता र सिंहासनको कुनै परिवर्तन ल्याउँदैन निर्वाचनले विद्रोह गर्नैपर्छ भोका–नाङ्गाहरूले रक्तरञ्जित परिवर्तन माग्दैछ फेरि एकपटक समयले । ब्युँझ, अब त ब्युँझ कवि, कलाकार, गुरु, विद्यार्थी ब्युँझ मजदुर, किसान, हरुवा, चरुवा ब्युँझ पद, पैसा र शक्तिका अगाडि झुक्न, बिक्न, लम्पसार पर्न होइन दुर्जनलाई सज्जन देखाउन पनि होइन गरिब, दुःखीको सारथि हुन ब्युँझ अझ सशक्त क्रान्तिको ज्वाला दन्काउन ब्युँझ ब्युँझ, अब ब्युँझ कलमका पण्डित ब्युँझ सूदखोरको तमसुक लेख्ने मतियार मात्र होइन कलम कलम शब्दको दीपशिखा हो उज्यालो फैलाउने अग्निज्वाला हो कलमले आगो ओकल्न सक्नुपर्छ भ्रष्टलाई भ्रष्ट नै लेख्न सक्नुपर्छ जति लेख्यौ, अपूरो भो अब पूरा लेख विद्रोही बन्दुकको कानुन लेख गाउँगाउँमा दन्किएको आगोको आवाज लेख छातीमा दागिएको गोलीको चित्कार लेख छरपस्...