११ श्रावण २०८१, शनिबार

भराेषाकाे दियाे निभ्ने छैन

लेखक : अटल आचार्य

 

कबिता : भरोषाको दियो निभ्ने छैन 

मुक्ति या मृत्यु रोज्नेहरु,
कोहि हराइगए मैदान बाट,
कोहि अस्ताइगए संग्रामबाट,
भेरी को तिरैतिर हिडेका,
तिम्रा पैतालाका डोबहरु
अझै हराएका छैनन् ।

एउटा युद्ध मोर्चामा
एउटा खबर र चर्चामा,
एउटा सन्देशमा
एउटा आदेशमा ,
हराएका शरिरहरु
भेटिएका छैनन ।
यादराषहरु मेटिएका छैनन् ।

तिम्रो जिवनको मोल तोकेर
राज्यले कसलाई के दियो ?
पार्टीले को बाट के लियो ?
त्यो दिने र लिनेहरुले महशुस गरुन् ।।।
तिम्रो रगतका टाटा देखेर
आक्रोश र बदलाभावमा
झण्डा र बन्दुक बोक्नेहरु
निराश नबनुन् ।।।
बलिदान लाई उर्जा सम्झेर
सहादत पाउनेहरु
अमर रहुन ।

मृत्युलाई जित्ने तिमी कदापि हारेका छैनौं । ।
तिम्रा सहयोद्धा हरुको
मार्ग पछ्याउँदै हामी हिड्ने छौँ ।
तिम्रो पथमा
एक दिन
आउनेछ हाम्रो व्यवस्था
हुनेछ बर्गिय मुक्ति,
तिमिले रोजेको व्यवस्था प्राप्ति पछि
भेटिनेछौँ सबै खुशी भएर
अङ्कमाल गर्नेछौं हामी
खुशी साटासाट गर्नेछौं ।

समर्पणको आत्मासम्मानको
आशाको भरोषाको
दियो निभ्ने छैन,

म मेरो केहि थोपा आँसु सँङ्ग
सहिदका सपना नियाल्दै हुने छु ।
म तिम्रो रगत हुँ,
तिम्रो रगतको जगमा उभिएको
स्वाभिमानको व्यापार,
कहिल्यै गर्ने छैन ।।।

लेखक :आचार्य: सहिद पुत्र तथा अखिल क्रान्तिकारी केन्द्रीय सदस्य हुन ।