११ श्रावण २०८१, शनिबार

वृक्षारोपण गरि मनाय बाबाकाे बर्खि तिथि : अशाेक बहादुर सिंहले

जाजरकोट ।राष्ट्रिय युवा संघ नेपाल जाजरकोट जिल्ला कमिटी उपाध्यक्ष, कुशे गाउपालिका २ का युवा अशोक बहादुर सिहंले आफ्नो बुवा वीर बहादुर सिहंकाे १ बर्षकाे बर्खी तिथिकाे अबसरमा कुशे २ मान्ने ढुङ्गा, शिवालय मन्दिर वरिपरि र आसपासका ठाउमा विभिन्न जातका बिरुवाहरु राेपि बाबाकाे स्मृति दिवश मनायका छन।

वडा अध्यक्ष मान बहादुर सिंहकाे नेतृत्वमा विभिन्न विरूवाहरू जस्तै ओखर , आरु , कागती, सुन्तला , तज, टिमुर , बकाईनाे, इपिलिप, बेलउती,भाेकटे आदि  बृक्षाराेपण गरि मनाय । उनका बुवाकाे दम राेगका कारणले गत बर्ष आजकै दिन ६८ बर्षकाे उमेरमा लामाे समयकाे उपचार पछि निधन भयकाे थियाे ।