१५ जेष्ठ २०८३, शुक्रबार

अब अति भो, मलाइ पनि बाँच्न देऊ

कविता
सुशिल मोक्तान

म चक्रपथ हुँ,
तिम्रो शहरको एक मुटु पनि
हरेक दिन लाखौँ पाइला बोक्छु,
तर आज म आफैँ पीडामा रुँदैछु

कहिले प्लास्टिकले घाँटी थिचिन्छ,
कहिले फोहोरले सास रोकिन्छ
तिमी विकासको कुरा गर्छौ,
म भने फोहोरभित्रै हराइरहेको छु

अब त अति भो, मलाइ पनि बाँच्न देऊ,
स्वच्छ हावा सँगै सास फेर्न पनि देऊ
तिम्रा सन्तानले गर्व गर्ने नेपालका लागि,
मलाई पनि फेरि सुन्दर बन्न देउ

आज हामी झाडु मात्र चलाउँदै छैनौँ,
एउटा चेतना पनि जगाउँदै छौ
फोहोर सडकमा फाल्ने होइन,
स्वच्छ नेपाल निर्माणको बिउ रोप्न देउ