✍️हाम्रो घरकाे जेठाे सन्तानका जेठाे नाम थियाे गाेपाल बहादुर सिंह तुफान,बुवा तिलक बहादुर सिंह र आमा तुलसा सिंहकाे जेठाे सन्तानको रुपमा २०३९ साल मंसिर ५ गते जाजरकोट जिल्लाको कुशे गाउपालिका – २ (साविक टालेगाउ गाबिस -८) डाेग्रीमा निम्न मध्यम किसान परिवारमा जन्मिएका जेठा दाइ गाेपाल बहादुर सिंह तुफान सानै देखि मिलनसार ,जाेशिलाे र फुर्तिलो स्वभावका हुनुहुन्थ्यो ।जिवनमा आइपर्ने हरेक कठिनाइहरुलाइ सहजै सामना गर्न सकिन्छ र हामि जाईलाग्नु पर्छ भन्ने उहाकाे बयक्तिक स्वभाव थियाे ।मिलनसार, सहनशीलता,घुलनहिल र आफन्त -पराइ संगकाे सम्बन्धबारे निकै प्रेरणादायी स्वभावका धनी तुफान साच्चिकै तुफानी स्वभावका हुनुहुन्थ्यो ।जनकल्याण प्राथामिक बिद्यालय गुम्थलेमा प्राथमिक शिक्षाको प्रारम्भ गरेका गाेपाल बहादुर सिंहले कक्षा ५ सम्म साेहि बिद्यालयमा अध्ययन पछि मान्ने ढुंगा माध्यमिक बिद्यालय टालेगाउँमा ८ कक्षा र सरस्वती मा.बि. कुडारी जुम्लामा कक्षा १० ( टेस्ट) पास सम्मकाे ओैपचारिक शिक्षा हासिल गर्नु भयकाे थियाे ।
(२०५२ – २०६२) साल सम्म नेपाली जगतमा प्रयाेग भयकाे जनयुद्ध साच्चिकै ऐतिहासिक, र युगान्तकारी थियाे,श्रमजीवी,उत्पिडित ,दमित र सर्वहारा वर्गका लागि साच्चिकै न्यायपुर्ण कदम मात्र थिएन,आशाकाे दियाे थियाे जनयुद्ध !
सदियाैं देखि नेपाली जन्तामा लादियकाे निरंकुश राजतन्त्रको विरुद्धमा नेपाली जन्ताले संखघाेष गरेकाे बुलन्द आवाज थियाे । आलिसान महलहरुलाई झुपडीमा जाेड्ने कदम थियाे,निरंकुश राजतन्त्रलाई चिहानघाट पुर्याएर संघिय लाेकतान्त्रिक गणतन्त्रको बिहानमा सुन्दर फुल फुलाउने सुन्दर सपना थियाे, सिंहदरबार भित्रका धमिला शाषनहरुलाई गाउबस्तिहरुमा सहुलाे बनाउने मिसन थियाे र साेहि संकल्प र दृढ बिश्वासका साथ दाइ गाेपाल बहादुर सिंह तुफान पनि आफ्ना सम्पुर्ण ब्यक्तिगत चाहाना र पारिवारिक न्यानाे साथ बिट मार्दै सामुहिक संकल्प र प्रतिबद्धताका साथ २०५६ साल बैसाख ६ गते जनयुद्धमा लाग्नु भयाे ।दाइ तुफान भन्दा पहिला साईला ठुला बुवाका छाेरा पुर्ण बहादुर सिंह ( प्रविण) हाल “समरजंग” कान्छा दाइ लगायतले २०५४ साल मा तत्कालीन नेकपा एमाले निकट अनेरास्ववियु बाट बिद्रोह गरेर ललित बहादुर सिंह “मण्डल”र गाेपाल बहादुर सिंह “तुफान”ले माओवादी निकट बिद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीमा संगठित हुनुभएको थियाे । पुर्ण दाइ २०५४ सालमा भुभिगत हुनु भयाे मण्डल र तुफानदाइ पनि क्रमश २०५५, २०५६ सालमा हाेलटाईमर भयर जनयुद्धमा लाग्नु भयाे । दाइ प्रविण मण्डल र तुफान एक अर्काकाे बिश्वास र भराेशिला पात्र थिए । हामि कहिलै पनि पछि हट्नु हुदैन जब सम्म नेपाली जन्ताकाे न्याय र मुक्तिकाे दियाे बल्दैन तब सम्म हामी अबिचलित र अनवरत रुपमा लडिरहनु पर्छ भन्ने उहाँ हरुकाे सामुहिक संकल्प थियाे ।
बिभिन्न्न आराेह पछि पार्टीकाे आवस्यकता र तत्कालीन अवस्थाको बस्तुगत आवस्यकताका आधारमा दाइ तुफानले तत्कालीन अवस्थाको जनमुक्ति सेनाकाे टुकडी स्क्वायड लडाकु फाेर्समा आफ्नो नाम दर्ता गर्नु भयाे र दाइ प्रविण र मण्डलले पार्टीको आवस्यकता अनुसार राजनीतिक संगठनमा आफ्नो कर्मक्षेत्र बनायर निरन्तर आ-आफ्नो ठाउमा लागि पर्नु भयाे ।
बिशेष त २०५७-२०६१ साल सम्म नेपालका विभिन्न क्षेत्रमा माओवादी जनयुद्धले निकै विजय र गाैरवपुर्ण सफलता हासिल गरेकाे ठानिन्छ । यद्यपि २०५२ सालमा जनयुद्ध सुरु भय पनि सुरुवाती चरणका केही चरण हरु तयारि र निर्माणका प्रक्रियाहरु थिए।
“राजनीति कार्यदिशा सहि वा गलत हुनुले सबै कुराकाे फैसला गर्छ” भने झै जब नेपाली जगतमा २०५२- २०६२ सम्मकाे जनयुद्धका समयमा सम्पुर्ण कार्यदिशा सहि थियाे र पार्टी, जनमुक्ति सेना, जनअदालत , जनसरकार र जनसत्ताका अभ्यास निकै उच्च र भराेशिला ठानिन्थ्ये र देशकाे ८०% भुभाग माओवादीमय भयकाे थियाे । गाउका सामन्त सुदखाेरहरु गाउँ छाेडेर सदरमुकाम र सहरका कुना- कुनामा लुकाएको अवस्था थियाे। सामन्ती राजतन्त्रबाट पालनपोषण रहेका केही ब्यक्तिहरु सिआईडिकाे रुपमा गाउमा जाने र गाउनै ध्वस्त बनाउने तानाबाना बुनिरहेकाे अवस्था पनि जहाज हाे । अन्ततोगत्वा जनयुद्धका सिपाहीअरुकाे शाहासिक प्रतिबद्धता नेतृत्वको लिडरसिप र युद्धको रणकाैशलताले ती सबै लालायित आतंकहरु जनयुद्धको आँधिवेहरीले बढारिरहेकाे अवस्था थियाे ।
दाइ तुफानले जनमुक्ति सेनाले गरेका कार्वाहीहरु दाङ जिल्लाको घाेराही,जाजरकोटकाे पाँचकटिया, डाेल्पा जिल्लाको सदरमुकाम दुनैमा पहिलाे लडाकु (first एसाल्ट)मा रहेर शाहासिक पुर्ण लडाइँमा शहासीकताका साथ लड्नु भयाे र २०५८ साल फागुन ४ गते अछाम जिल्लाको सदरमुकाम मंगलसेन आक्रमणका क्रममा पहिलाे लडाकु दलका रुपमा लड्ने क्रममा उहाँको सहादत भयाे ।
दाईकाे सहादतका आज २३ बर्ष बितेछन ! ठुला दाइ तुफान लगायत १७ हजार वीर विरंगनाहरुलाई स्मरण गर्दै हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछु ।
म पनि १२ बर्षकाे कलिलो उमेरमा ८ कक्षा पढ्दापढ्दै २०५८ साल असार ३० गते दाइहरुकाे बाटाेमा लामबद्ध भयकाे थिए । म र दिदी जल्दरा सिंह ( दिपापली) लगायत ३० जना साथिहरु पजारु काे सेराखहरेमा भयकाे कार्यक्रमबाट हाेलटाईमर भयर पार्टीमा लागिऊ । दिदि दिपावलि लगायत अरु साथिहरु उमेरले अलि म भन्दा पाकाे हुनुहुन्थ्यो म उमेरले सानाे भयकै कारण दाइ पुर्ण र मण्डलले मलाई अलि पछि पार्टीमा लाग्ने सुझाव दिनु भयाे तर मेराे मनले कानेन म पनि उहाहरु संगै लागे र तत्कालीन अवस्थामा बाल संगठनको एरिया कमिटिमा जिम्मेवारी प्राप्त भयाे र म । र बाल संगठनमा काम गर्दै थिय ।
जाजरकोट जिल्लाको उत्तरी भुभाग , बारेकाेटकाे रामिडाँडा , कुशे गाउँपालिकाकाे चाल्ला,भाैता , छेडागाडकाे टिकाचाैर,पैराम, जुनिचाँदेका बुदिडाँडा, रिजा, जुर्क र निपानेका बस्तिहरुमा सेल्टर लियर बसेका जनमुक्ति सेनाका याेद्धाहरु संग साक्षत्कार गर्दै बालछापामार र युद्ध पत्रकार संचारका काम गरिरहेकाे थिए।
अछाम जिल्लाको सदरमुकाम कार्वाही गर्ने याेजनाकापत्र हरु लियर म रातारात टिकाचाैरबाट जुनिकम्युन पुगेकाे थिय। जाजरकोट जिल्लाको जुनिचाँदे गाउपालिका अन्तर्गत (जुनि कम्युन) तत्कालीन जनयुद्धको समाजवादी ब्यवस्थाकाे नमुना बस्ति थियाे । म पनि रातारात २०५८ साल फागुन ३ गते राति उक्त ठाउमा पुगेर दाई तुफान भयकाे ठाउमै गए अनि दुई भाईकाे त्याे रातभरि छलफल भयाे , दाईले भन्नुभयाे – “भाइ हामी कहिलै पनि पार्टीकाे याेजनाहरुबाट बिचलित हुनु हुदैन ! र हुने छैनाै। हाम्रो भाैतिक शरीर र एक थाेपा रगत रहुन्जेल सम्म लड्ने छाै , मेराे सहादत हुन सक्छ !, म पहिलाे एसाल्ट ग्रुपमा छु ! यदि शहादत भय पनि देश र जन्ताकाे निम्ति नाम रहिरहने छ ।”- घरमा जानू भाइ बहिनी साना छन राम्रोसँग पढ्ने भन्नू । बुवा ममिलाई पनि पटक-पटक भेटेर सघाउने काम गर्नु । पार्टीले जिम्मा दियका काम पुरा गर्नु ।” भन्दै हुनुहुन्थ्यो र म निदाय छु ! दाइ रात भरि सुत्नु भयनछ,बिहान केही कुरा गर्न नपाई दुई भाइ छुट्टीयाैँ ।हामी दुई भाईकाे त्याे भेट अन्तिम र अविस्मरणीय नै थियाे । दाइ तुफान लगायत जनमुक्ति सेनाकाे फर्मेसन जुनि बस्तिवाट दैलेख र कालिकाेटका सिमाना बाट अछाम तिर साेजिए भने भ एक्लै एरिया पार्टीको सम्पर्क टिकाचाैरमा फिर्ता भयर । तत्कालीन ५ नम्बर एरिया ईन्चार्ज दाइ ललित बहादुर सिंह मण्डलको सम्पर्कमा पुगे । र त्याे ब्यवस्थापनकाे सम्पुर्ण काम सकेर हामिले पनि टिकाचाैैर छाेडेर एरिया पार्टीको टिम टालेगाउँ तिर लागिऊ । म हाेलटाईमर भय देखि घर गएकाे थिएन । दाइ मण्डल र म मेराे घरमा गयाै र दाइ मण्डलले बुवा र ममिलाई सम्झाउनु भयाे , म भने केही नबाेलेर बसिरहे । केही समय पछि दाइ मण्डल र म टालेगाउतिर लागिऊ र अनि अर्काे दिन बाटुल्ले हुँदै हाल कुशे गाउपालिका -६ पर्ने घरंगा तिर गयाै र हामी एरिया पार्टीको टिम करिब १२ जनाकाे थियाे एरिया ईन्चार्ज मण्डल दाइ हुनुहुन्थ्यो । अर्काे दिन हामिले माछा मार्ने याेजना बनायाै र माछा मार्न सरुगाडकाे एउटा ठुलाे ताल थियाे । तेसमा धेरै माछा खेलिरहेको देखिन्थ्यो । र दुईवटा सकेट बम प्रहार गरेेर माछा मार्याै,माछा करिव दुई डाेका भरि मरे हामी माछा लिएर अनि अलिमाथिकाे धिँई गाउमा गयाै र माछा पकाएर खाने याेजना थियाे । केही समय पछि अछाम कार्वाहीमा सहभागी भयर फिर्ता हुने क्रममा एक जना दाई टिकाचाैरका किरण दाई लगायतको टिमले राताे चिठि मण्डल दाईलाई दिनुभएको थियाे । उक्त चिठिमा नै थियाे मेराे ठुल दाईकाे सहादतकाे खबर! मैले अलिअलि संकेत बुझेर मन झसङ्ग भयाे। तर मण्डल दाईले त्याे पत्र खाेल्न मान्नु भयन र उहाँ पनि भाबुक भएर मलाई एक्लै लियर सम्झाउनु भयाे साथमा सर्मिला भाउजू नि हुनुहुन्थ्यो । अरु साथिहरुले खाना र माछा पकाउदै हुनुहुन्थ्यो । म र दाइ मण्डल भाउजू शर्मिला एउटा रुममा गयर चिठि खाेेलेर पढ्ने तयारी गर्नु पुर्व दाइ मण्डलले मलाई धेरै सम्झाउनु भयाे र त्याे चिठिकाे भाव सबै मलाई सुनाउनु भयाे ,मलाई निकै गार्हो भयाे तर म सम्हालिए । र मैले पत्याउनै सकिन त्याे झुट हुनुपर्छ, उहाँ जिवितै हुनुहुन्छ । मैले मनमनै साेचे शाेकलाई शक्तिमा बदल्ने काेसिस गरे तर , मनमा अनेकौं कुराहरुले घेरा हालिसकेका थिए । घरमा बुवा ममिलाई कसरी सम्झाउने हाेला । साना बहिनि र भाइ, दाइ छरछिमेकलाई कसरी सम्झाउने हाेला ! त्याे क्षण त्याे दिन त्याे पल निकै कठिनाइका घेेरा भित्र कैद भयकाे महसुस भयकाे थियाे ! हाे केही मनमनै साेचे याे जन्मे पछि मृत्यु अवस्य छ, र दाईकाे मृत्यु पनि सगरमाथा भन्दा उच्च रहेकाे मैले महसुस गरे ।शाेकलाई शक्तिमा बदले र दाईले छाेडेकाे बन्दुक झाेला अनि उहाहरुका अधुरा सपना पूरा गर्ने संकल्प सहित हिम्मत बढाय पार्टीका याेजना र दियकाे जिम्मेवारी बहन गर्दै निरन्तर लागिरहे।
दाइ तुफान मण्डल,अपार र संग्राम लगायत बिभिन्न आन्दोलन, महान जनयुद्धका क्रममा हाँसि-हाँसि जीवन उत्सर्ग गर्ने महान सहिदहरुकाे सपना पूरा गर्ने महान जिम्मेवारीकासाथ आज अविचलित रुपमा हिडिरहेका छाै ! हिडिरहनेछाै !!
४ फागुन २०८१ काठमाडौं