दैलेख :चिनिया टोलीले दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको प्रारम्भिक रिपोर्ट दिएको छ ।चिनियाँ विज्ञ टोलीले नेपाललाई ५० वर्ष पुग्ने प्राकृतिक ग्यास रहेको भनेर प्रारम्भिक रिपोर्ट दिए पछि थप उत्साह पैदा भयकाे छ ।
लामो समयको अध्ययनले ग्याँस रहेको पुष्टि गरेको हाे । दैलेखमा ठुला आयोजना सञ्चालनमा छैनन् । प्रदेशको राजधानीसँग जोडिएको जिल्ला भए पनि अवसरबाट भने वञ्चित हुँदै आएको छ ।
अब भने दैलेखको विकासले फट्को मार्ने व्यावसायीहरु बताउछन। लामो समयसम्म चर्चामा रहेको विषय अध्ययनले पुष्टि गरेसँगै थप आशा पलाएको छ । दैलेखमा ग्यास पुष्टि भएको विषयले सामाजिक सञ्जाल रङ्गिएको छ । दैलेखमा विकासको मूल फुट्ने र आर्थिक अवस्थामा समेत सुधार आउने देखिन्छ।
उद्योगमन्त्री दामोदर भण्डारीले ग्यास पुष्टि भएको र विस्तृत रिपोर्टपछि उत्पादन सुरु हुने बतायका छन् । दैलेखमा ग्यासको उत्खनन २०८० वैशाखबाट सुरू भएको थियो । दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रुपमा पत्ता लागेको हाे।
चिनियाँ विज्ञ टोलीले नेपाललाई ५० वर्ष पुग्ने प्राकृतिक ग्यास रहेको भनेर प्रारम्भिक रिपोर्ट दिएको भन्दै सरकारी अधिकारी उत्साहित देखिएका छन् । चीनको सरकारी निकाय चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले २०८० वैशाख २८ गतेदेखि ड्रिलिङ अर्थात् जमिन खनेर अध्ययन थालेका थिए । त्यसका लागि चार हजार मिटर गहिराइसम्म खनिएको थियो । त्यतिबेला जमिनमुनिबाट ग्यासको गन्ध आएको थियो ।
तर ग्यासको मात्रा र गुणस्तर लगायतका थप परीक्षणका लागि चट्टानका नमुना सङ्कलन गरी चीन लगिएको थियो । त्यसको उद्देश्य दैलेखको ग्यास व्यापारिक दृष्टिकोणले उपयुक्त छ कि छैन भन्ने पनि पत्ता लगाउनु थियो ।
दैलेखका विभिन्न स्थानमा आगोको ज्वाला बल्ने गरेको छ । दुल्लू नगरपालिका र भैरवी गाउँपालिकाका स्थानीयले दैवी शक्ति भन्दै पूजा गर्दै आएका छन् । तर विज्ञहरुले जमिनमुनि प्रज्ज्वलनशील ग्यास भएको र त्यही बाहिर निस्किएर आगो बलेको पुष्टि गरेका छन् ।