९ फाल्गुन २०८१, शुक्रबार

सुचना संचार

जाजरकोटका एक ब्यक्ति भारतमा बेपत्ता, खाेजि गरिदिन घर परिवारकाे आह्वान

जाजरकोटका एक ब्यक्ति भारतमा बेपत्ता, खाेजि गरिदिन घर परिवारकाे आह्वान

Breaking News, राष्ट्रिय, शिक्षा, सुचना संचार
जाजरकोट :जाजरकोटमा एक जना ब्यक्ति भारतमा बेपत्ता भयका छन ।जिल्लाको छेडागाड नगरपालीका वडा नं ५ बस्ने बर्ष ४५ का नरिबान टमटा काम को सिलसिलमा भारतको गडुवाल को थलाली देखि बेपत्ता भएका हुन् । उनी संगै भयका साथिहरुले उनी कहि कतै पनि सम्पर्कमा नभयकाेले घरमा पनि उनी संग सम्पर्क नभयकाे घर परिवारले बतायका छन्। घरमा आर्थिक अवस्था निकै कमजोर भयकाे र जमिन पनि थाेरै भयका टमटा राेजगारीकाे लागि एक महिना अगाडि भारत गयका थिय ।  घरमा ४ जनाको परिवार छ, श्रीमती, दुई छोरा र एक बुहारी छन । परिवारले उनिलाई खाेजि गरिदिन आह्वान गरेका छन्।...
जाजरकोटमा अबदेखि राहदानी (पासपोर्ट )अनलाइन आवेदन फारममा शुल्क नलाग्ने

जाजरकोटमा अबदेखि राहदानी (पासपोर्ट )अनलाइन आवेदन फारममा शुल्क नलाग्ने

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
जाजरकोट :जिल्ला प्रशासन कार्यालय जाजरकोटले राहदानी (पासपोर्ट) को अनलाइन आवेदन फाराम निःशुल्क भरिदिने भएको छ । मंगलबार एक सूचना जारी गर्दै प्रशासनले निःशुल्क अनलाइन आवेदन भर्ने व्यवस्था गरेको जनाएको छ ।माघ १ गते देखि निःशुल्क अनलाइन आवेदन फाराम भर्ने व्यवस्था सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले बताए । यसभन्दा अघि आउने सेवाग्राहीले चर्काे शुल्क तिरेर पासपोर्टको अनलाइन फाराम भर्ने गरेका थिए ।  सेवाग्राहीको मर्कालाई बुझेर कार्यालयले निःशुल्क भर्ने व्यवस्था गरेको प्रशासकीय अधिकृत शर्माले बताए । ...
क्रान्तिकारी युवा संगठन नेपालले एनसिएलका कार्यलयमा टाँस्याे कालाे ब्यानर

क्रान्तिकारी युवा संगठन नेपालले एनसिएलका कार्यलयमा टाँस्याे कालाे ब्यानर

Breaking News, अन्तर्राष्ट्रिय, अर्थवाणिज्य, संस्कृति, सुचना संचार
काठमाडौं : मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक संगठन "क्रान्तिकारी युवा संगठन नेपाल"ले सात वटै एनसेलकाे क्षेत्रीय कार्यालयहरूमा चेतावनिस्वरुप कालो ब्यानर टाँसेकाे छ ।एनसियल कम्पनीले कर छलि गरेकाे भन्दै बिहिबार प्रदेशका कार्यालयहरुमा ब्यानर लगाउदै कर चुक्ता नगरे थप कार्वाही अगाडि बढाउने पनि जनाएको छ । संगठनका प्रदेश कमिटीका सदस्यहरुले बिहिवार बिहानै १ नम्बर प्रदेशकाे बिराटनगर, २ नम्बर प्रदेशको जनकपुरधाम,बागमती प्रदेशको काठमाडौं , गण्डकी प्रदेशकाे पाेखरा , लुम्बिनी प्रदेशको बुटवल र नेपालगन्ज , कर्णाली प्रदेशको सुर्खेत तथा सुदुर पश्चिम प्रदेशको धनगढीमा कालाे ब्यानर प्रदर्शन गरि टाँसेका हुन । व्यानरमा ‘एनसेललाई राष्ट्रियकरण गर !’, ‘एनसेलको कर छलीमाथी छानबिन गर्न नागरिक स्तरीय आयोग गठन गर जस्ता नाराहरु उल्लेख गरियकाे थियाे ।...
Tiktok बन्द गर्न दूरसञ्चार प्राधिकरणले गर्याे निर्देशन

Tiktok बन्द गर्न दूरसञ्चार प्राधिकरणले गर्याे निर्देशन

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
काठमाडौं ।नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन गरेकाे छ । मंगलबार प्राधिकरणले एक सूचना जारी गर्दै मन्त्रिपरिषद्‌ले सोमबार गरेको निर्णय कार्यान्वयन गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको हो । प्राधिकरणको निर्देशन,आदेशको पालना गर्नु इन्टरनेट सेवा प्रदायकको कर्तव्य हुने भन्दै उसले निर्देशन पालना नगरे दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम प्राधिकरणबाट कारबाही हुने पनि जनाएको छ । सुचना हेर्नुहाेस :  ...
जुम्लाकी पत्रकार दिलमाया शाही “नेजा ग्रामिण उत्कृष्ट पत्रकारीता पुरस्कार” बाट पुरस्कृत

जुम्लाकी पत्रकार दिलमाया शाही “नेजा ग्रामिण उत्कृष्ट पत्रकारीता पुरस्कार” बाट पुरस्कृत

Breaking News, राष्ट्रिय, संस्कृति, समाचार, सुचना संचार
काठमाडौं ।महिला जागर डटकमकी अध्यक्ष तथा युवा पत्रकार दिलमाया शाही नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी छन् । जुम्लामा रहेर पत्रकारीता गदै आएकी तथा हाम्रो मिडियाको अध्यक्ष शाहीलाई बिहिवार एक कार्यक्रमकाबीच काठमाडौंमा उक्त पुरस्कारबाट पुरस्कृत गरेको छ । अमेरिकामा रहेका नेपाली सञ्चारकर्मीको साझा संस्था नेपाल–अमेरिका पत्रकार संघ (नेजा) ले प्रदान गरेको हो । शाहीसंगै सिन्धुपाल्चोककी पत्रकार कमला तामाङ ‘पाख्रिन’लाई पनि उक्त पुरस्कारबाट पुरस्कृत गरेको छ । दुबै जना पत्रकार सन् २०२२ को नेजा पुरस्कारबाट पुरस्कृत भएका हुन् । दिलमाया शाही (जुम्ला, कर्णाली प्रदेश, सन्धान अनलाइन) र कमला तामाङ ‘पाख्रिन’ (सिन्धुपाल्चोक, बागमती प्रदेश, कान्तिपुर टेलिभिजन) लाई संयुक्त रूपमा पुरस्कार प्रदान गरेको नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले जानकारी दिए । पुरस्कृत पत्रकार शाही र तामाङ...
क्रान्तिकारी प्रेस संगठनको केन्द्रिय सदस्यमा नकुल चौलागाईं निर्वाचित

क्रान्तिकारी प्रेस संगठनको केन्द्रिय सदस्यमा नकुल चौलागाईं निर्वाचित

Breaking News, राजनीति, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार संगठन, नेपालबीच एकता भएको छ । एकतापछि नयाँ संगठनको नाम ‘क्रान्तिकारी प्रेस संगठन’ घोषणा गरिएको छ । साेहि संगठनमा काभ्रेबाट नकुल चाैलागाई केन्द्रीय सदस्यमा निर्वाचित भयका हुन । क्रान्तिकारी पत्रकार महासंघ मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट र क्रान्तिकारी पत्रकार संगठन, नेपालधर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) निकट पत्रकारका संगठन हुन् । यसअघि वैद्य र बास्तोला नेतृत्वको पार्टीबीच एकता भइसकेकाले जनवर्गीय तथा शुभेच्छुक संस्थाहरुबीच पनि एकता गर्ने क्रममा पत्रकार संगठनहरुबीच एकता भएको हो । ललितपुरको कुपण्डोलस्थित वैकुण्ठ–चेत स्मृति भवनमा आयोजित एकता भेलाले दुवै संगठनको एकताबाट नयाँ संगठनको नाम ‘क्रान्तिकारी प्रेस संगठन’ पारित गरेको हो ।चाैलागाई लामो समय देखि पत्रकारिता क्षेत्रमा आबद्ध सङ सगै सामाजिक क...
क्रान्तिकारी प्रेस संगठनकाे केन्द्रीय सदस्यमा सम्पादक सिंह, हार्दिक बधाई छ

क्रान्तिकारी प्रेस संगठनकाे केन्द्रीय सदस्यमा सम्पादक सिंह, हार्दिक बधाई छ

Breaking News, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
काठमाडौं । क्रान्तिकारी प्रेस संगठन काे केन्द्रीय सदस्य मा मनाेनित भयकाेकाे तूफान न्यूज डटकम का सम्पादक/संचालक राम बहादुर सिंहलाई हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना । शनिवार सम्पन्न क्रान्तिकारी पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार संगठन नेपालकाे एकताको भेला भई क्रान्तिकारी प्रेस संगठन नामकरण गरियकाे छ । गत बैशाख १८ गते माेहन वैद्य "किरण" नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला "कन्चन" नेतृत्वकाे नेकपा बहुमत काे पार्टी एकता भय पछि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल गठन गरिएको थियाे र साेहि पार्टीका पत्रकार संगठन हरुकाे एकता भई क्रान्तिकारी प्रेस संगठन नाम राखिएकाे छ । एकताको भेलाबाट कमल बुढा संयोजक र नारायण पंगेनी सह-संयाेजक रहने गरि ६४ जनाकाे केन्द्रीय कमिटि निर्माण गरियकाे छ भने हुकुम सिंहकाे संयाेजकत्वमा ५ जनाकाे सल्लाहकार कमिटी पनि गठन गरियकाे छ । तत्...
दुई क्रान्तिकारी पत्रकार संगठनको एकता : ‘क्रान्तिकारी प्रेस संगठन’को घोषणा

दुई क्रान्तिकारी पत्रकार संगठनको एकता : ‘क्रान्तिकारी प्रेस संगठन’को घोषणा

Breaking News, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
ललितपुर । क्रान्तिकारी पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार संगठन नेपाल काे एकता भेला सम्पन्न भयकाे छ । शनिवार ललितपुरमा भयकाे एकताकाे भेलाले संगठनको नाम ‘क्रान्तिकारी प्रेस संगठन’को नामाकरण गरिएको छ । भेलाले कमल बुढा संयोजक र नारायण पंगेनी सहसंयोजक रहेको ६४ सदस्यीय सम्मेलन आयोजक कमिटि निर्माण गरेको छ । नवनिर्वाचित कमिटिको बैठक चाँडै बसेर संगठन र संघर्ष सम्बन्धी निर्णय लिइने नवनिर्वाचित संगठनका संयोजक कमल बुढाले जानकारी दिय। क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य तथा पार्टी प्रवक्ता धर्मेन्द्र बास्तोला कञ्चनको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा प्रमुख अतिथि लगायत पार्टीका कार्यालय सदस्यहरु दिनेश शर्मा सागर, गम्भिर, सचिवालय सदस्य प्रवेश र क्रान्तिकारी महिला संगठनकी सहसंयोजक शारदा महतले शुभकामना मन्तव्यसहित वैचारिक तथा राजनीतिक महत्वको प्रशिक्षणात्मक मन्तव्य राखेका थिय। ...
जाजरकोटकि एक बालिका काठमाडौंमा हरायकी छिन

जाजरकोटकि एक बालिका काठमाडौंमा हरायकी छिन

Breaking News, राष्ट्रिय, समाचार, सुचना संचार
काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तरास्ट्रिय विमान स्थल नजिकै बाट जाजरकोट कुशे गाउपालिका २ टालेगाउ कि एक बालिका हरियकि छिन । मंगलबार दिउसाे एयरपोर्ट नजिकैको काडाघारी गान्धी स्कुलमा पढ्ने बालिका आकृति प्रिरिजमा शाही नाम ले चिनिने  रंग : गोरो, उमेर ८ बर्षकी बालिका हरियकी हुन। उनका बुवा यज्ञ शाही,आमा कालिका सिहं (शाही)र मामाकाे नाम महेन्द्र सिहं हाे । उनलाई साेधे पछि आमा बुवा र मामाकाे नाम बताउन सक्ने भयकाले भेटाउनु हुने जाे काेहिले नजिकैको प्रहरी लाई बुझाउन र ९८६८९३६३३९ र९७६५५१७३७७ मा सम्पर्क गर्न आह्वान गरियकाे छ ।  ...
विज्ञापन बोर्डले सञ्चारमाध्यमको स्तर निर्धारण गर्ने तयारी गरेकाे छ

विज्ञापन बोर्डले सञ्चारमाध्यमको स्तर निर्धारण गर्ने तयारी गरेकाे छ

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
काठमाडौं ।विज्ञापन बोर्डले सञ्चारमाध्यमको स्तर निर्धारण गर्ने तयारी गरेको छ । सरकारी विज्ञापनको वितरण व्यवस्थित गर्न स्तर निर्धारणको तयारी गरिएको बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बताए । बोर्डले सरकारी विज्ञापन वा सूचना प्रकाशन तथा प्रसारण गर्ने प्रयोजनका लागि विभिन्न ५ वटा सूचकलाई आधार मानेर स्तर निर्धारण गर्ने तयारी गरेको हो । ‘अहिले सञ्चारमाध्यमको पहुँच तथा क्षमताकाबारे आ–आफ्नै दाबी छन्,’ उनी भन्छन्,‘अब हामी निश्चित सूचक तोकेर सञ्चारमाध्यमको स्तर निर्धारण गर्नेछौं ।’ पाचवटा आधार : १, प्रकाशित संख्या, भिजिटर तथा पहुँच र दर्शक संख्यालाई स्तरको आधार मानिने भएको छ । २, सञ्चारमाध्यममा गरिएको लगानीलाई मान्ने तयारी बोर्डको छ । ३ संचारमाध्यमले सिर्जना गरेको रोजगारीलाई मानिने भएको छ । ४,सञ्चारमाध्यमले राज्यलाई तिरेको करलाई आधार मानिने भएको छ । ५,सञ्चारमाध्यमले पस्कने सामग्रीला...