जाजरकोट :नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपाल जाजरकोट शाखाको अध्यक्षमा लोकेन्द्र विक्रम शाही सर्वसम्मत निर्वाचित भएका छन् ।
बुधबार सम्पन्न संगठनको पाँचौं जिल्ला अधिवेशन बाट शाही पुनः अध्यक्षमा निर्वाचित भएका हुन्, उपाध्यक्षमा निर्मला थापा, सचिवमा मोहनजंग शाही, सह सचिवमा जुना परियार र मधुकर नेपाली सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक तथा पत्रकार महासंघका केन्द्रीय सदस्य दीपेन्द्र शर्माले जानकारी दिए ।
कोषाध्यक्ष र अर्काे उपाध्यक्ष पद खाली राखिएको छ । जसमा केही भूगोल मिलाएर पहिलो बैठक बाट निर्वाचित गरिने जनाईएको छ । १७ सदस्सीय जिल्ला कमिटी निर्वाचित गरिएको छ ।