७ माघ २०८१, सोमबार

महत्त्वपूर्ण प्रस्तावहरु पास गर्दै भेरी नगरपालिका जाजरकोट काे १६ ओैँ नगर सभा सम्पन्न

जाजरकोट : भेरि नगरपालिका जाजरकाेटकाे १६ ओैं नगर सभा सम्पन्न भयकाे छ ।आईतवार भेरि नगरपालिका जाजरकोटकाे सभा भवनमा १६ ओैं नगर सभा तथा ( विधायन – २०८१ )सम्पन्न भयकाे हाे।

नगर सभाकाे प्रारम्भमा उक्त सभामा गरिनु पर्ने आचारसंहिता बारे नगर पालिकाका  प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्तीले जानकारी  दिए संगै  नगर प्रमुख चन्द्र प्रकाश घर्ती काे अध्यक्षतामा नगर उप प्रमुख सीता जैसि, बिभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि र तेह्रवटै वडाका अध्यक्ष र वडा सदस्यहरुकाे  सहभागीतामा उक्त सभा संचालन भयकाे थियाे ।

नगर सभाकाे सुरुवातमा विभिन्न ऐन तथा विधेयकहरु प्रस्तुति गरियकाे थियाे। जस अन्तरगत –

१- खानी तथा खनिज पदार्थको उत्खनन् विधेयक २०८१,

२-भाैतिक पुर्वाधार बिकास तथा व्यवस्थापन विधेयक,२०८१

३-सामाजिक सुरक्षा विधेयक २०८१

४-स्वास्थ्य सरसफाइ ऐन- २०७४काे तेस्रो संशोधन,२०८१

५-सामाजिक सुरक्षा निति र मानसिक स्वास्थ्य निति विधायन,

६-माैजुन कानुन संशोधन बिषय

विनियोजन ऐन २०८१ संशोधन लगानीका विषहरुमा समितिका संयाेजक तथा वडा नम्बर- ८ का  अध्यक्ष हिरा प्रसाद शर्माले नगर पालिकाकाे सचिवालय लाई जिम्मा दिए पछि उक्त विधेयक तथा ऐन प्रस्तुत गरियकाे थियाे।

नगरसभाले २०८० कार्तिक १७ गते राति गएको भुकम्पबाट बस्नलायक घरबास नभएका नागरिकहरुको लागि अस्थायी आबास निर्माण गर्न नेपाल सरकारले भुकम्पबाट प्रभावित घरपरिवारलाइ अस्थायी आबास निर्माण अनुदान कार्यविधि, २०८० जारी गरेको थियो । कार्यविधिले गरेको व्यवस्था अनुसार अनुदान प्रदान गर्ने प्रावधान थियो ।

नगरपालिकाले अस्थायी आबासको लागि ९ हजार ८०९ घरपरिवारलाइ लाभग्राही कायम गरेको थियो । अस्थायी आबास निर्माणको लागि नगरपालिकाले ४ हजार ९३९ घरपरिवारसंग सम्झौता गरेको थियो भने, विभिन्न संघ-संस्थाहरुले १ हजार ३३२ घरपरिवारसंग सम्झौता गरेका थिए । नगरपालिका र विभिन्न संघ-संस्थासंग गरी ६ हजार २७१ घरपरिवारले अस्थायी आबास निर्माण सम्झौता गरेका थिए ।

सम्झौता गरेका ६ हजार २७१ घर परिवारले अस्थायी आवास निर्माणका लागि प्राप्त हुने अनुदान रकमबाट सम्झौता बमोजिम भुकम्पबाट चर्किएर बसोबास गर्न असुरक्षित भवन भत्काएर अस्थायी आवास निर्माण गरि प्रयोग गर्नेछु । असुरक्षित आवास नभत्काएमा, अस्थायी आवास निर्माण नगरेमा वा दोहोरो पर्ने गरि रकम लिएमा प्रथम किस्ता लिएको रकम भुकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, (दोश्रो संशोधन) २०८० बमोजिम फिर्ता गर्नेछु ।फिर्ता नगरेमा कानुन बमोजिम सहुँला बुझाउँला भनी तपशिलका व्यक्तिहरुको रोहवरमा मेरा मनोमानी राजीखुशीले यो कबुलियतनामा गरिदिएको छु । भन्ने कबुलियती गरियकाे थियाे ।

१६ औं नगरसभाले उक्त कबुलियतनामा खारेजी गरेको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्तीले जानकारी दिए । विपदबाट प्रभावित घरपरिवारलाइ अस्थायी आबास निर्माण अनुदान मापदण्ड–२०८० जारी भएपछि कबुलियतनामा नगरसभाबाट खारेजी गर्नुपरेका अधिकृत घर्तीले बताए ।

नगरपालिकाले १ हजार ६१७ परिवारलाइ अस्थायी आबासको अन्तिम किस्ता भुक्तानी दिइ सकेको छ भने, १ हजार ३३२ घरपरिवारले विभिन्न संघ÷संस्थाबाट अन्तिम किस्ताको भुक्तानी लिइ सकेका छन् । कबुलियतनामा खारेजी पश्चात अन्तिम किस्ता प्राप्त गर्न बाँकी ३ हजार ३२२ घरपरिवारको अन्तिम किस्ता भुक्तानी दिन सहज हुने अनुमान गरिएको छ ।

अधिकृत घर्तीे दिएको जानकारी अनुसार आइतबार सम्मपन्न १६ औ नगरसभाले एमबीबीएस पढ्नका लागि नाम निकालेका प्रतिबर्ष एक जनालाइ १ लाख ८० हजार सहायता प्रदान गर्दै आएको नगरपालिकाले प्रतिबर्ष २ जनालाइ २–२ लाख, कृषि तर्फ बिएसीएजी, भेटनरी तर्फ स्नातक तहको पढाइका लागि नाम निकालेका एक–एक जना विद्यार्थीका लागि आर्थिक सहायता प्रदान गर्ने सार्वजनिनक महत्वको प्रस्ताव पारित गरेको छ । त्यसैगरी नगर सभाले बजेट तथा कार्यक्रम नगरपालिकामा पेश नगर्ने गैरसरकारी संस्थालाइ नगरपालिका भित्र कार्यक्रम संचालन गर्न नदिने समसामयिक प्रस्ताव पास गरेको छ । नगर सभाले थाप्लेचौरमा बसपार्क निर्माण गर्ने, बजार एरियाको ढलनिकासका लागि शहरी विकास कार्यालयमा प्रस्ताव पेश गर्ने सार्वजनिनक महत्वको प्रस्ताव पास गरेको छ । चामे पिपल पहिरोमा तारजाली भरेर भुकम्प ड्यामेज व्यवस्थापन गर्ने, नगरपालिकाबाट संचालन गरिने सबै आयोजनाको सम्झौता यही माघ मसान्त भित्रै गरिसक्ने, लैङ्किक समानता तथा सामाजिक समावेशीकरण रणनीति–२०७९ ले तय गरेका कार्यक्रमलाइ वित्तिय समानिकरण अनुदानमा समावेश गर्ने, भेरी नगरपालिका–३ ठाँटीको अतिक्रमण रोक्नुको साथै पहिरो नियन्त्रणका लागि लागि प्रदेश सरकारलाइ अनुरोध गर्ने लगाएतका सार्वजनिनक महत्वका प्रस्तावहरु नगरसभाले पास गरेको छ ।