७ माघ २०८१, सोमबार

को हुन् सामाजिक सेवामा सकृय प्रदिप मैनाली ?

काठमाडौं । लाखौं युवाहरु देशमा केहि सम्भावना छैन भन्दै हातमा पासपोर्ट बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा फोटो खिचेर राज्य व्यवस्था र राजनितिकर्मीलाई भएभरको गालि गर्दे फेसबुकमा पोष्ट गरेर देश छाड्ने लर्को लागेको बेला देशमै सम्भावनाहरुको खोजि गर्दै, आफु आत्मनिर्भर बन्ने तथा आम युवालाई आत्मनिर्भर बनाउन प्रेरणा बनिरहेका एक जुझारु युवा हुन् प्रदिप मैनाली ।


दिप मन्डला युवा क्लबका सचिब तथा राष्ट्रिय स्वतन्त्र पार्टी तेमाल गाउँपालिकाका सचिब प्रदिप मैनालीको दैनिकी सामाजिक काममा बितेको देखिन्छ ।
सामाजिक काममा रुचिराख्ने मैनाली चाहे बाढिपहिरोको समय होस या चाहे सरसफाइ होस या त समाजका हरेक समस्या सुन्न र संम्बन्धित ठाउँमा राख्न अग्रसर हुने गर्दछन् ।
कानुन बिषय अध्ययन गरिरहेका मैनाली चुनावी मिसन ८४ मा रहेको हल्ला चले पनि उनले यो बिषयमा सार्वजानिकरुपमा बोलेका भने छैनन् ।
पछिल्लो समयको राजनैतिक सकृयताले मैनालीले चुनावी तयारी गरिरहेका छन् भन्ने अनुमान उनका आफन्त तथा साथिभाईहरुले लगाउन थालेका छन् ।


उनका नजिकका सहपाठीहरुका अनुसार उनलाई राजनीति र समाजिक कार्यहरुमा आफन्त तथा परिवारका सदस्यहरुले राम्रो सपोर्ट गरिरहेका छन् ।
बिभिन्न सामाजिक अभियान मार्फत आफ्नो छुट्टै पहिचान बनाउन सफल मैनालीले आत्मनिर्भरता लाई मुख्य योजनाको रुपमा लिँदै आम युवाहरुलाई देशमै सहज तरिकाबाट सरल जिवनयापनको लागि काम गर्न सकिने बताउँछन् ।
सामाजिक, आर्थिक तथा राजनैतिक प्रकृयालाई एक साथ अगाडी बढाउँदै आएका मैनाली सफलताको मापदण्ड आफैले बनाए कहिलै असफल भएको महसुस गर्न नपर्ने बताउँछन् ।