२०८३ श्रावण १८, सोमवार

समाचार

कपन बानेश्वर ‘कबा’ को १४औँ वार्षिकोत्सवमा विभिन्न स्रष्टा सम्मानित तथा पुरस्कृत

कपन बानेश्वर ‘कबा’ को १४औँ वार्षिकोत्सवमा विभिन्न स्रष्टा सम्मानित तथा पुरस्कृत

मनाेरन्जन, समाचार
- जयराम बिडारी काठमाडौ /  नेपालको पहिलो साहित्यिक साप्ताहिक पत्रिका ‘कपन बानेश्वर’ (कबा) ले आफ्नो स्थापनाको १४ औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहमा साहित्य, कला तथा पत्रकारिताका माध्यमबाट समाजमा पुर्‍याएको योगदानको कदर गर्दै विभिन्न स्रष्टा तथा व्यक्तित्वहरूलाई ‘कबा सम्मान तथा पुरस्कार २०८२’ अर्पण गरियो । वरिष्ठ साहित्यकार गङ्गा पौडेल संयोजक र कबाका स्तम्भकार एवं कवि त्रिलोचन आचार्य ,कबा साहित्यकार उपचार कोषका अध्यक्ष दुर्गा अधिकारी भमरकोटे सदस्य रहेको प्रतिभा चयन समितिको सिफारिसको आधारमा प्रतिभा चयन गरि पुरस्कृत र सम्मानित गरिएको थियो । साहित्य सदन रामहिटी बौद्धमा आयोजना गरिएको उक्त कार्यक्रममा उपस्थित अभ्यागतहरुलाई नै प्रमुख अतिथिको रुपमा स्विकार गरि कबा विशिष्ट सम्मानद्वारा विष्णु पन्त ,कबा सम्मान द्वारा वासुदेव पौडेल र शम्भु प्रकृति,...
काठमाडौंको मुटुमै दुर्गन्धको आतंक ! चाबहिल धोविखोला किनारमा फोहोर छान्ने कार्यले स्थानीय त्रसित ,कानुनमाथि भइरहेको छ खुला चुनौती

काठमाडौंको मुटुमै दुर्गन्धको आतंक ! चाबहिल धोविखोला किनारमा फोहोर छान्ने कार्यले स्थानीय त्रसित ,कानुनमाथि भइरहेको छ खुला चुनौती

समाचार, स्वास्थ
काठमाडौं । राजधानीको मुटु मानिने काठमाडौं महानगरपालिका वडा नं. ४, चाबहिल धोविखोला पुलछेउ क्षेत्रमा सञ्चालन भइरहेको फोहोर छान्ने (Segregation) कार्यले स्थानीय बासिन्दाको जनजीवन कष्टकर बनेको भन्दै गम्भीर प्रश्न उठ्न थालेको छ। स्थानीयवासीका अनुसार उक्त क्षेत्रमा फोहोर व्यवस्थापनको जिम्मेवारी लिएको फुलबारी सेवा प्रा.लि. को लापरवाहीका कारण दुर्गन्ध, फोहोरको रस (Leachate),, झिंगा, लामखुट्टे तथा अन्य रोगवाहक जीवहरूको अत्यधिक वृद्धि भएको छ। स्थानीयले दैनिक रूपमा नाक थुनेर आवतजावत गर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन्। गर्मी र वर्षायामको समयमा फोहोरबाट निस्किने दुर्गन्ध र जैविक प्रदूषणले हैजा, झाडापखाला, टाइफाइड, डेंगु, स्क्रब टाइफस तथा अन्य संक्रामक रोग फैलिने जोखिम बढेको भन्दै नागरिकले तत्काल सरकारी हस्तक्षेपको माग गरेका छन्। स्थानीय बासिन्दाहरूका अनुसार फोहोर छान्ने कार्य वैज्ञानिक माप...
बसन्त लम्साल र चर्चित गायिका शान्तिश्री परियारको स्वरमा नयाँ तीज गीत ‘नोट हजारको’ सार्वजनिक

बसन्त लम्साल र चर्चित गायिका शान्तिश्री परियारको स्वरमा नयाँ तीज गीत ‘नोट हजारको’ सार्वजनिक

संस्कृति, समाचार
काठमाडौं । चर्चित तथा लोकप्रिय गायक तथा सर्जक बसन्त लम्साल र चर्चित गायिका शान्तिश्री परियारको स्वरमा नयाँ तीज गीत ‘नोट हजारको’ सार्वजनिक भएको छ। बसन्त लम्सालको आधिकारिक YouTube च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा प्रेम गौतमको शब्द तथा बसन्त लम्सालकै संगीत रहेको छ। गीतको संगीत संयोजन विश्वास नेपाल “प्रकाश”ले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ कुमार राणाले गरेका छन्। रेकर्डिङ मारुनी डिजिटल स्टुडियोमा सम्पन्न भएको हो। गीतको भिडियो नारायण बी.पी.को निर्देशनमा तयार भएको छ। भिडियोमा सागर लिल परियार, कोशिस, निर्मल र प्रियंकाको अभिनय देख्न सकिन्छ। कोरियोग्राफी साहिर केसी,छायांकन आशिष भट्टराई तथा सम्पादन,रङ संयोजन र पोस्टर डिजाइन पदम सुवेदीले गरेका छन्। तीज–२०२६ लाई लक्षित गरी तयार गरिएको ‘नोट हजारको’ले तीज पर्वको उल्लास र समसामयिक विषयवस्तुलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्ने प्रया...
प्रभातको बधाई तथा बिदाइ समारोह सम्पन्न

प्रभातको बधाई तथा बिदाइ समारोह सम्पन्न

समाचार
-माधव घिमिरे 'अटल' राजधानीको मुटु क्षेत्रपाटी, न:घलमा अवस्थित प्रभात माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा समुत्तीर्ण भएका विद्यार्थीहरूको बिदाइ सुसम्पन्न गरे सँगै विभिन्न दाताहरूद्वारा प्रायोजित छात्रवृत्ति पनि वितरण गरेको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लायन्स क्लब अफ इन्टरनेसनलका 'इन्डोर्सी अफ इन्टरनेसनल डिरेक्टर' कयाम उद्दिनले यही विद्यालयबाट आफूले शिक्षा हासिल गरेको भन्दै विद्यार्थीहरूलाई मेहनतले मात्र सफलता हासिल गर्न सम्भव हुने तर्क गर्नुभयो । मेहनतको कुनै विकल्प नरहेको कयाम उद्दिनको कथन थियो । अत्यन्त ऊर्जाशील इतिहास बोकेको विद्यालयले आफ्नो गुणस्तरीयतामा ह्रास ल्याउने छुट नभएको भन्दै त्यसका निम्ति आफूहरूले विद्यालयबाहिर रहेर गर्न सक्ने र मिल्ने जुनसुकै त्याग गर्न तयार रहेको उद्दिनले अवगत गराउनुभयो । त्यसरी नै व्यवस्थापन समितिका सल्ला...
‘सोफा हब काठमाडौं’को कन्टेन्ट क्रिएटर अवार्ड–२०८३ मा चम्किए अनिश चापागाईँ , नेपाली प्रतिभालाई सम्मान गर्दै अन्तर्राष्ट्रिय यात्राको घोषणा

‘सोफा हब काठमाडौं’को कन्टेन्ट क्रिएटर अवार्ड–२०८३ मा चम्किए अनिश चापागाईँ , नेपाली प्रतिभालाई सम्मान गर्दै अन्तर्राष्ट्रिय यात्राको घोषणा

समाचार
काठमाडौं । नेपाली युवाको सिर्जनशीलता, डिजिटल प्रतिभा र अथक परिश्रमलाई एउटै मञ्चमा उभ्याउँदै चर्चित स्वदेशी फर्निचर ब्रान्ड सोफा हब काठमाडौं ले आयोजना गरेको ‘कन्टेन्ट क्रिएटर अवार्ड–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ। केवल एउटा अवार्ड वितरण कार्यक्रम मात्र नभई, नेपाली युवाको क्षमता, सीप र सिर्जनशीलताको उत्सव बनेको उक्त समारोहले सहभागीहरूको मन जित्नुका साथै स्वदेशी उद्योगप्रति नयाँ विश्वास पनि जगाएको छ। शुक्रबार साँझ भक्तपुरमा आयोजित विशेष समारोहमा देशभरका सयौँ प्रतिस्पर्धीमध्ये उत्कृष्ट प्रदर्शन गर्दै अनिश चापागाईँ ले ‘कन्टेन्ट क्रिएटर अवार्ड–२०८३’ को प्रतिष्ठित उपाधि जित्न सफल भए। विजेताका रूपमा उनले एक लाख रुपैयाँ नगद पुरस्कार, सम्मानपत्र तथा ट्रफी प्राप्त गरे। उनको सफलता केवल व्यक्तिगत उपलब्धि नभई नेपाली डिजिटल कन्टेन्ट सिर्जनाको नयाँ इतिहासका रूपमा समेत हेरिएको छ। प्रतिस्पर्धामा छनोट भएक...
बर्दियामा भूमि प्रशासनको कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा सरकारी कर्मचारीसहित ५ जना पक्राउ

बर्दियामा भूमि प्रशासनको कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा सरकारी कर्मचारीसहित ५ जना पक्राउ

समाचार
बर्दियामा भूमि प्रशासनको कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा सरकारी कर्मचारीसहित ५ जना पक्राउ गरेका छन् । काठमाडौं । बर्दियामा भूमि प्रशासनको कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा सरकारी कर्मचारीसहित ५ जना पक्राउ गरेका छन् । जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले केही कर्मचारी पक्राउ परेको र अहिले उनीहरूको स्वास्थ्य परीक्षणको काम भइरहेको जानकारी दिए । ‘कार्यालयको सेक्युरिटी बस्ने कोठाबाट केहीलाई नियन्त्रणमा लिइएको हो,’ प्रजिअ हमालले भने, ‘उनीहरूले मादक पदार्थ सेवन गरेको हो/होइन भन्ने पुष्टि गर्न स्वास्थ्य परीक्षणका लागि लगिएको छ।’ गोप्य सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोलीले मादक पदार्थ सेवन गरीरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही कार्यालयमा खरिदार ...
कर्णालीमा काँग्रेसका चारजना मन्त्रीद्वारा राजीनामा

कर्णालीमा काँग्रेसका चारजना मन्त्रीद्वारा राजीनामा

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, समाचार
सुर्खेत : कर्णालीमा मुख्यमन्त्री यामलाल कडेल समक्ष काँग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले सामुहिक राजिनामा बुझाएका छन् ।एमाले र काँग्रेसको गठबन्धनमा बनेको सरकारमा काँग्रेसबाट चार जना मन्त्री सरकारमा सहभागी थिए । बुधबार उनीहरूले मुख्यमन्त्री यामलाल कँडेल समक्ष एकसाथ राजीनामा बुझाएका हुन्। सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले आफुहरुले मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामा बुझाएको जानकारी दिए । उनले मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाइएको पुष्टि गर्दै भने, “हामीले राजीनामा बुझाउने भनेकै मुख्यमन्त्रीसमक्ष हो। त्यही अनुसार राजीनामा बुझाएका छौँ। बाँकी विषय सरकारका प्रवक्तासँग बुझ्नुहोला।,” राजीनामा बुझाउने मन्त्रीहरूमा आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढा र उद्योग पर्यटन  वन तथा वातावरण मन्त्री ...
तिलक बस्नेत र सारिका घिमिरेको मार्मिक प्रस्तुति, ‘बचनको घाउ निको भएन’ ले जित्दैछ दर्शकको मन

तिलक बस्नेत र सारिका घिमिरेको मार्मिक प्रस्तुति, ‘बचनको घाउ निको भएन’ ले जित्दैछ दर्शकको मन

मनाेरन्जन, समाचार
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा फेरि एकपटक गहिरो भावना, प्रेम, पीडा र बिछोडको कथा बोकेको नयाँ गीत ‘बचनको घाउ निकै भएन’ सार्वजनिक भएको छ । गीत सार्वजनिक भएसँगै यसको भावुक कथा, हृदयस्पर्शी शब्द, मिठासपूर्ण स्वर तथा उत्कृष्ट दृश्य प्रस्तुतिले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ । मानिसको जीवनमा कहिलेकाहीँ शरीरमा लागेको घाउभन्दा मनमा परेको घाउ धेरै गहिरो हुन्छ । समय बित्दै जाँदा शारीरिक चोट निको हुन सक्छ, तर विश्वास, प्रेम र वचनमा लागेको चोट जीवनभर बिर्सन सकिँदैन,यही यथार्थलाई अत्यन्त मार्मिक ढंगले प्रस्तुत गरिएको गीत ‘बचनको घाउ निकै भएन’ ले प्रेम, विश्वासघात, पीडा र सम्झनाको गहिरो अनुभूति गराएको दर्शक श्रोताको प्रतिकृया रहेको छ । गीतमा चर्चित गायक तिलक बस्नेत र लोकप्रिय गायिका सारिका घिमिरेले आफ्नो सुमधुर तथा भावनाले भरिएको स्वर दिएका छन् । दुवै गायक–गा...
दिपेश एसकेको नृत्य निर्देशन तथा अभिनय रहेको “मैच्याङले छोड्दियो” गीत सार्वजानिक हुँदै

दिपेश एसकेको नृत्य निर्देशन तथा अभिनय रहेको “मैच्याङले छोड्दियो” गीत सार्वजानिक हुँदै

संस्कृति, समाचार
काठमाडौं । नेपाली मौलिक लोक–आधुनिक संगीतप्रेमीका लागि अर्को नयाँ कोसेली चाँडै सार्वजनिक हुने भएको छ । दिपेश एसकेको नृत्य निर्देशन तथा अभिनय रहेको “ मैच्याङले छोड्दियो” गीत सार्वजानिक हुने तयारीमा रहेको मोडल तथा नृत्य निर्देशक दिपेश एसकेले जानकारी दिएका छन् । चर्चित सर्जक सुरेश लामाको शब्द तथा संगीतमा तयार गरिएको नयाँ गीत “मैच्याङले छोड्दियो” सार्वजनिक हुने घोषणा भएसँगै सामाजिक सञ्जालदेखि संगीतप्रेमीमाझ यसको चर्चा तीव्र बन्दै गएको छ । सार्वजनिक गरिएको आकर्षक पोस्टरले नै गीतप्रति दर्शक–श्रोताको उत्सुकता निकै बढाएको छ । हिमालको काखमा अवस्थित रमणीय गाउँ, प्रकृतिको अनुपम सौन्दर्य, मौलिक पहिरनमा सजिएकी युवती र आत्मविश्वासले भरिएका पात्रहरूको उपस्थितिले यो गीत केवल मनोरञ्जनमा सीमित नरही नेपाली गाउँ, संस्कृति, प्रेम र पहिचानको भावनात्मक कथा बन्ने संकेत दिएको छ । गीतको भिडियोमा गाउँघरको सरल जीवन...
ॐ समाज डेण्टल अस्पताल र मुटु फाउन्डेसन नेपालले ल्यायो बारपाक सुलिकोटमा ३७७ जना बिरामीको मुहारमा हाँसो

ॐ समाज डेण्टल अस्पताल र मुटु फाउन्डेसन नेपालले ल्यायो बारपाक सुलिकोटमा ३७७ जना बिरामीको मुहारमा हाँसो

समाचार, स्वास्थ
राजन थापा- गोरखा   /   बारपाक सुलिकोट गाउँपालिकाको बारपाक स्वास्थ्य चौकीमा आयोजित दुई दिने निःशुल्क दन्त स्वास्थ्य शिविरले ३७७ स्थानीय बासिन्दाहरूलाई विशेष दन्त सेवा सेवा प्रदान गरेको छ, जसले नेपालको दुर्गम पहाडी समुदायहरू मध्ये एकमा मौखिक स्वास्थ्य सेवामा पहुँचमा उल्लेखनीय सुधार ल्याएको छ। MUTU फाउन्डेसन नेपालको आर्थिक सहयोग र ओम समाज डेन्टल अस्पतालको प्राविधिक सहयोगमा बारपाक सुलिकोट गाउँपालिकाले शिविर आयोजना गरेको थियो। यस पहलको उद्देश्य दुर्गम क्षेत्रहरूमा बस्ने मानिसहरूलाई सिधै गुणस्तरीय दन्त सेवाहरू पुर्‍याउनु थियो जहाँ विशेष मौखिक स्वास्थ्य सेवाको पहुँच सीमित छ। पहिलो दिन कुल १७७ जनाले उपचार प्राप्त गरे भने दोस्रो दिन पनि स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता देखियो। सेवाहरूमा नि:शुल्क दन्त परीक्षण, परामर्श, व्यावसायिक दाँत सफाई (स्केलिंग), दाँत भर्ने, दाँत निकाल्ने, ...