१७ कार्तिक २०८२, सोमबार

समाचार

कुशे गाउँपालिका जाजरकोटका अध्यक्ष बस्नेत माथि आक्रमण,बचाउन गएका दुईजना गम्भीर घाइते

कुशे गाउँपालिका जाजरकोटका अध्यक्ष बस्नेत माथि आक्रमण,बचाउन गएका दुईजना गम्भीर घाइते

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, स्वास्थ
जाजरकोट :कुशे गाउँपालिका जाजरकोटका अध्यक्ष हरिचन्द्र बस्नेतलाई साङ्घातिक हमला गरिएको छ। आईतवार बेलुका गाउपालिकाबाट सुर्खेत जाँदै गरेका अध्यक्ष बस्नेत माथि छेडागाड नगरपालिका-५ चंखेली भन्ने स्थानमा आक्रमण भएको हो बताइएको छ। अध्यक्षलाई बचाउन गएका दुई युवा नवराज शाही र दिपेन्द्र सिंह गम्भीर घाइते  भएका छन्। उनीहरूलाई उपचारका लागि नेपालगन्ज तर्फ लगिएको छ। अध्यक्षलाई भने चोटपटक लागेको छैन। आक्रमण गर्नेको पहिचान भइसकेको भए पनि पक्राउ नपरेकाले प्रहरीले नाम खुलाउन चाहेन। आक्रमणकारीले चक्कुले प्रहार गरेको र उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी बसन्तकुमार शर्माले बताए। अध्यक्ष बस्नेत आफैंले घाइतेलाई उपचारका लागि लिएर गएका छन्।  ...
खाेलामा पाैडि खेल्न गयकि दुई बहिनी मृत अवस्थामा भेटिए

खाेलामा पाैडि खेल्न गयकि दुई बहिनी मृत अवस्थामा भेटिए

Breaking News, माैसम, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट :जाजरकोट खाेलामा पौडी खेल्न गयकि एकै घरकि दुई दिदी बहिनि मृत अवस्थामा भेटिए कि छन । कुशे गाउँपालिका-७ समाकोट खोलामा पौडी खेल्न गएका दुई जनाको मृत्यु भएको हो। स्थानीय समाकोट खोलामा शुक्रबार दिउँसो पौडी खेल्न गएका कुशे गाउँपालिका–७ समाकोट जाजरकोटका धनबहादुर सिंहका छोरी १८ वर्षीया मीनाकुमारी सिंह र १५ वर्षीया गीताकुमारी सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । पौडी खेल्ने क्रममा बगेका दुवै दिदीबहिनी सोही खोलाको करिब दुई सय मिटर तल मृतावस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए । दुवै दिदी बहिनीको शव घरमा ल्याएर राखिएको छ ।आज शनिबार शव परीक्षण गरिने उनले बताए ।...
जेनजी विद्रोह नेपालको मौलिक र जायज आन्दोलन हाे : डा. बाबुराम भट्टराई

जेनजी विद्रोह नेपालको मौलिक र जायज आन्दोलन हाे : डा. बाबुराम भट्टराई

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :पूर्वप्रधानमन्त्री तथा नेसपा ( नयाँ शक्ति )का अध्यक्ष  डा. बाबुराम भट्टराईले भट्टराईले जेनजी विद्रोह नेपालको मौलिक र जायज आन्दोलन भएको बताए । यद्यपि आन्दोलनका क्रममा परिवर्तन नचाहने र बाह्य शक्तिले चलखेल गर्न खोजेको पनि उनले बताए । नयाँ शक्तिको अभियानबाट आफू अलग नभएको  डाक्टर  बुधबार पद त्याग गरेका उनले आज पत्रकार सम्मेलन गरी यस्तो प्रष्टीकरण दिएका हुन् । विद्रोहका बेला दुलाभित्र लुकेर बसेका पुराना भ्रष्ट नेताहरू अहिले फेरि बाहिर निस्किएर सलबलाएकोप्रति सचेत रहन उनले आग्रह गरेका छन् ।आफू राजनीति बाट अलग नभयकाे र चुनाव अघि नै भ्रष्टाचारीलाई कार्वाही हुनुपर्ने र भ्रष्टीकृत भइसकेका दलहरुलाई कुनैपनि बाहनामा किन्तु परन्तु नभनीकन टाउको उठाउन दिनु हुन्न,’ भट्टराईले भने, ‘नयाँ र वैकल्पिक शक्तिहरुले देशको नेतृत्व लिनुपर्छ ।    ...
राष्ट्र,पार्टी र क्रान्तिका लागि अन्तिम सम्म लड्ने छु : प्रचण्ड

राष्ट्र,पार्टी र क्रान्तिका लागि अन्तिम सम्म लड्ने छु : प्रचण्ड

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र, पार्टी र क्रान्तिका लागि अन्तिमसम्म लडिरहने बताए। बिहिवार प्रज्ञाप्रतिष्ठानकाे भवनमा सुरु भयकाे केन्द्रीय समितिको बैठकमा उनले पदलोलुप नभएको तर अहिलै नै जिम्मेवारीबाट नपन्छिने समेत बताएका छन्। ‘यो जिम्मेवारीबाट पन्छिने बिल्कुल सोचेको आफ पदलोलुप नभएको तर अहिलै नै जिम्मेवारीबाट नपन्छिने बताएका छन्। , तर पदलोलुपता मेरो नेचर हैन,’ प्रचण्डले भने, ‘त्यसैलै अहिले पनि म हुनै पर्ने भन्ने छैन।राष्ट्र, क्रान्ति, र पार्टीको लागि अन्तिमसम्म लडिरहने प्रतिज्ञा गर्छु।’ उनले नेतृत्व निर्माण र हस्तान्तरणको प्रक्रियाबारे न्यूनतम  बुझाई कायम गर्न जरुरी रहेको समेत जिकिर गरे। प्रचण्डले राजीनामा दिनुपर्ने भन्दै पार्टीका महासचिव जनार्दन शर्माले पछिल्लो समय दवाव बढाउँदै लगेका थिए। त्यसलाई काउन्टर दिँदै प्रचण्डले असोज ५ गत...
टिम कालरात्रीले यो बर्षको बिएमजे दशैं कप फुटसल प्रतियोगिता २०८२ को ट्रफी हात पार्न सफल

टिम कालरात्रीले यो बर्षको बिएमजे दशैं कप फुटसल प्रतियोगिता २०८२ को ट्रफी हात पार्न सफल

समाचार
काठमाडौं । बुढानीलकण्ठ ७ कपनमा रहेको बिएमजे रिलोडेड क्लब, फ्रेण्डस् एण्ड फिटनेसले आफ्नो नियमित कार्यक्रम अन्तर्गत युरोे फुटसल मैदान बालुवाखानी कपनमा बिएमजे दशैं कप एकदिवसीय सेभेन ए साईड फुटसल प्रतियोगिता साथै दशैंको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेपालीहरुको चाडपर्वको रुपमा लिईने दशैं,तिहार र छठ नजिकिदै गर्दा यसलाई भब्यताको साथ मनाउन बिभिन्न संघ, संस्था,क्लबहरुले आफु अनुकुल कार्यक्रमहरु गर्ने परम्परा आज भोलि पनि कायमै रहेको छ । २०८२ असोज ४ गते शनिवार बिहान ६ बजे बाट ११ बजे सम्म युरो फुटसल मैदानमा भएको प्रतियोगितामा ५ टिमले भाग लिएका थिए । बु.न.पा.—८ उमंग टोल सुधार समितिका अध्यक्ष तथा खेल प्रेमि नरेशमान श्रेष्ठको प्रमुख आतिथ्यतामा प्रतियोगिताको समापन कार्यक्रम सम्पन्न भएको थियो । प्रतियोगितामा टिम कागत्यानी, टिम चन्द्रघण्टा,टिम सिद्धिदात्री,टिम कालरात्री र टिम महागौरी ब...
आज संविधान दिवस, बिशेष कार्यक्रम गरि मनाउँदै

आज संविधान दिवस, बिशेष कार्यक्रम गरि मनाउँदै

Breaking News, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं ;संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नुहुनेछ ।
जेन—जी आन्दोलन हाईज्याक भएको भन्दै घाईतेहरुको पत्रकार सम्मेलन

जेन—जी आन्दोलन हाईज्याक भएको भन्दै घाईतेहरुको पत्रकार सम्मेलन

समाचार
काठमाडौं । राष्ट्रपति कार्यालय शितल निवासमा नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम चलि रहँदा जेन जी आन्दोलनमा घाईते भएका हरुले भने आन्दोलनलाई हाईज्याक गरेर एउटा स्वार्थ समुहले आफ्नो पोल्टामा लगेको भन्दै पत्रकार सम्मेलन गरिरहेको थियो । आन्दोलनका क्रममा गोली लागेर घाइते भएका शाहिल अहमदले रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गर्दै जेनजी आन्दोलनलाई हाईज्याक गरेर सरकार बनाउने ठेक्का पट्टाको रुपमा लगिएको आरोप लगाएका हुन्. । वास्तविक जेन जी हरु अस्पतालको बेडमा छटपटाई रहेको अवस्थामा त्यो समुहलाई वेवास्ता गर्दै सरकार गठनहुनु आफैंमा हास्यासपद र नियोजित भएकोले जेनजी समुहलाई सरकारमा सामेल नगराए यो सरकार आफुहरुलाई मान्य नहुने उनले बताएका छन् । उनले जेन–जी आन्दोलनका घाइतेहरुले जेन–जी पुस्ताबाट मन्त्रिपरिषदमा ४० प्रतिशत सहभागी नगराए सरकार मान्य नहुने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार ...
स्वाधीनता सहितकाे अन्तरिम सरकार गठन गर्न दस कम्युनिस्ट पार्टीको अपिल

स्वाधीनता सहितकाे अन्तरिम सरकार गठन गर्न दस कम्युनिस्ट पार्टीको अपिल

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :  जेन-जी समूहको नाममा भएको आन्दोलन प्रतिक्रान्ति र षड्यन्त्रबाट अपहरण भएको भन्दै देशभक्त, जनवादी, क्रान्तिकारी र प्रगतिशील शक्तिहरूलाई ‘स्वाधीन अन्तरिम संयुक्त सरकार’ गठन गर्न आह्वान सहित दस वटा कम्युनिस्ट पार्टीले सयुक्त अपिल गरेका छन । कन्चन, आहुति, वसन्त,समरजंग लगायत १० नेताहरूले शुक्रबार जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा भनियकाे छ  "भदौ २३ गते सुरु भएको जेन-जी आन्दोलनलाई ‘दलाल–नोकरशाही पूँजीवादी व्यवस्थाको अन्त्य गर्ने ऐतिहासिक कदम’ हाे। तर भदौ २४ गते सिंहदरबार, सर्वोच्च अदालतलगायत संरचना र राष्ट्रिय सम्पत्तिमा भएको आगजनीलाई ‘अग्रगामी आन्दोलनमाथि पश्चगामी षड्यन्त्र’ ठहर गर्दै यसले देशलाई प्रतिगमन र प्रतिक्रान्तितर्फ धकेलेको उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ: ‘दलाल पूँजीवादी व्यवस्थाको शोषण र उत्पीडनले प्रताडित नेपाली समाजलाई यथास्थिति वा पश्चगमन होइन, व्यापक राजन...
जेन-जि आन्दोलन पछि नेपालीको पहिलाे महिला प्रधानमन्त्री सुशीला कार्कि

जेन-जि आन्दोलन पछि नेपालीको पहिलाे महिला प्रधानमन्त्री सुशीला कार्कि

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार
काठमाडौं : जेन- जि आन्दोलन पछि पुर्व पुर्व प्रधानन्याधीश  सुशिला कार्कि प्रधानमन्त्रीमा नियुक्त । शुक्रबार राति राष्टृपति रामचन्द्र पाैडेलले कार्कीलाई मुलुकको प्रधानमन्त्रीमा नियुक्त गरेका हुन । शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट ४२ ओैँ तथा नेपालीको पहिलाे महिला प्रधानमन्त्रीका रुपमा कार्किले शपथ लिएकी छिन्। (जेन–जी) को आन्दोलनको बलमा नियुक्त भएकी उनले साढे दुई अर्थात् आधा पदावधि बाँकी रहेको आगामी फागुन २१ गते निर्वाचन हुने गरि प्रतिनिधि सभा विघटनकाे सिफारिस गरेकि छिन्। जेन-जी पुस्ताको आह्वानमा चलेको दुई दिने आन्दोलनबाट केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि राष्ट्रपतिले संविधानको धारा ६१ लाई टेकेर कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका हुन्। नवगठित सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट जननिर्वाचित संसद् भंग गरेको मुलुकको इतिहासमा यो दुर्लभ ...
जेन- जि आन्दोलनमा ३० जनाकाे मृत्युु र एक हजार ६१ जना घाइते

जेन- जि आन्दोलनमा ३० जनाकाे मृत्युु र एक हजार ६१ जना घाइते

Breaking News, राजनीति, राष्ट्रिय, समाचार, स्वास्थ
काठमाडौं :जेन-जी प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजार  ६१ जना घाइते । देशभरिका २९ अस्पतालमा ३० जनाको मृत्यु र एक हजार ६१ जना  घाइते भयकाे चिकित्सकहरु बताउछन। घाइतेहरुमा निजामती कर्मचारी अस्पतालमा ६ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ८ जना, एभरेष्ट अस्पतालमा तीन जना, काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा दुई जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक जना, फ्रन्टलाइन अस्पतालमा तीन जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दुई जना र भेरी अस्पताल नेपालगन्जमा पाँच गरी ३० जनाको निधन भएको छ । यस्तै अहिले २७४ जना घाइतेको भर्ना भएर उपचार भइरहेको छ। यस्तै ५६ जना ५६ जनालाई एक अस्पतालबाट अर्को अस्पतालमा रिफर र ७१९ जना उपचारपश्चात् घर फर्किसकेका बताएको छ। अहिले पनि निजामती कर्मचारी अस्पतालमा ४८ जना, ट्रमासेन्टरमा ५८ जना र वीर अस्पतालमा २० जना, त्रिवि शिक्षण अस्पतालमा २५ र काठम...