ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको ३०औं साधारणसभा सम्पन्न
काठमाडौं । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको ३०औं साधारणसभा काठमाडौंको नक्शाल,सानो गौचरण स्थित रानी महलमा भव्यताको साथ सम्पन्न भयो । कार्यक्रममा स्वागत मनतव्य राख्दै अध्यक्ष ठुलोबाबु श्रेष्ठ द्वारा ग्रील तथा स्टील व्यवसायी महासंघ लाई देशैभरीका व्यवसायीहरुको साझा चौतारी बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । अध्यक्ष श्रेष्ठले बिगतमा भए गरिएका कमजोरीहरु सुधार गर्दै अग्रजहरुको अनुभव र नयाँपुस्ताको प्रबिधिलाई संयोजन गरेर महासंघलाई अब्बल संगठनको रुममा अगाडी बढाउन आफ्नो शरिरमा एकथोपा रगत भए सम्म लागि रहने समेत बताउनु भयो ।
देशभरका ग्रील तथा स्टील व्यवसायीहरूको उत्साहजनक उपस्थितिमा सम्पन्न कार्यक्रममा अध्यक्ष श्रेष्ठले स्वागत मन्तव्य दिदैँ हाल ग्रील तथा स्टील व्यवसाय सञ्चालनमा देखिएका ब्याजदरको अस्थिरता, सरकारी नीतिगत अनिश्चितता, गुणस्तरका चुनौती, करको दवाव तथा प्रतिस्पर्धात्मक बजारको अ...









