ध्रुवबहादुर गौतम सर्वसम्मत ”नेपाल बोतल वाटर उद्योग संघ”को अध्यक्षमा चयन
            काठमाडौं । नेपाल बोटल वाटर उद्योग संघको १४औं वार्षिक साधारण सभा तथा राष्ट्रिय भेलाले काठमाडौंका ध्रुवबहादुर गौतमलाई सर्वसम्मत रुपमा संघको अध्यक्षमा चयन गरेको छ।
गौतम अध्यक्षमा सर्वसम्मत चयन भएपछि महासंघमा नयाँ नेतृत्व टिम गठन भएको छ।  संघका संरक्षक धर्मनन्द श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सोमप्रसाद काप्री सहित सबै प्रदेश र क्षेत्रलाई प्रतिनिधित्व गर्नेगरी नयाँ कार्यसमिति बनेको छ।
अध्यक्ष गौतमले जिम्मेवारी सम्हालेपछि मुलुकको पानी उद्योगलाई अझै व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन प्रतिवद्धता जनाउनुभयो। उहाँले भन्नुभयो – “पानी जीवनसँग जोडिएको सबैभन्दा संवेदनशील विषय हो। उपभोक्ताले पाउने पानी गुणस्तरीय, सफा र स्वास्थ्यकर बनाउन महासंघ निरन्तर सचेत रहनेछ। यो उद्योगलाई व्यवसायी मात्र होइन, जनताको सेवासँग जोडेर अघि बढाइन्छ।”
गौतमले व्यवसायीको हकहित सुरक्षित गर्दै उपभोक्ताको जीवनस्तर सुधा...        
        
    








