१८ जेष्ठ २०८३, सोमबार

समाचार

आजदेखि एसइई परीक्षा सुरु,५ लाख १२ हजार ४ सय ७१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्

आजदेखि एसइई परीक्षा सुरु,५ लाख १२ हजार ४ सय ७१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ । यस वर्ष ५ लाख १२ हजार ४ सय ७१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्। एसईई परीक्षाका लागि देशभरका १ हजार ९ सय ६५ वटा र जापानमा एउटा गरी कुल १ हजार ९ सय ६६ परीक्षा केन्द्र तोकिएको छ। जम्मा ११ हजार ३ सय ७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी भएको उप–नियन्त्रक ज्ञवालीले बताए। सबैभन्दा बढी परीक्षार्थी काठमाडौंमा रहेका छन् भने सबैभन्दा कम मनाङमा छन्। काठमाडौंका १ सय ३५ वटा परीक्षा केन्द्रबाट ४१ हजार १ सय ५५ जना विद्यार्थीले परीक्षा दिँदैछन्। सबैभन्दा कम मनाङमा एउटा मात्र परीक्षा केन्द्र रहेको छ जहाँबाट ३७ जना विद्यार्थीले परीक्षा दिनेछन्। जापानमा रहेको केन्द्रबाट भने २३ जना विद्यार्थी सहभागी हुनेछन्। यस वर्ष ग्रेड वृद्धिका लागि ६५ हजार ८ सय ९५ जना विद्यार्थी पनि परीक्षामा सहभागी हुँदैछन्। एकपटक परीक्षामा असफल भएका विद्य...
अर्थमन्त्री र चेम्बर प्रतिनिधि मण्डल बीच भेट : निजी क्षेत्रको समस्या समाधान र आर्थिक सहकार्यमा जोड

अर्थमन्त्री र चेम्बर प्रतिनिधि मण्डल बीच भेट : निजी क्षेत्रको समस्या समाधान र आर्थिक सहकार्यमा जोड

समाचार
काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी वर्तमान आर्थिक अवस्था, नीतिगत सुधार तथा निजी क्षेत्रका समस्याबारे विस्तृत छलफल गरेको छ । चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल नेतृत्वको टोलीले सरकारसँग समन्वय र सहकार्य मार्फत आर्थिक पुनरुत्थानको आवश्यकता औंल्याएको थियो । अध्यक्ष अग्रवालले सरकारद्वारा सार्वजनिक गरिएको १०० दिने कार्यसूचीको स्वागत गर्दै भदौ २३ र २४ गतेको आन्दोलनपछि देश संवेदनशील राजनीतिक मोडमा पुगेको स्मरण गराउनुभयो । “हालको अवस्थामा राजनीतिक स्थायित्व स्थापित भएको छ, जसले आर्थिक विकासप्रतिको आशा जगाएको छ,” उहाँले भन्नुभयो, “अब आर्थिक नीति, औद्योगिक तथा व्यवसायिक रणनीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन हुनेमा हाम्रो विश्वास छ ।” उहाँले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै निजी क्षेत्रलाई उत्स...
बालेन शाह प्रधानमन्त्रीमा नियुक्त, १५ सदस्यीय मन्त्रिपरिषद् गठन हुदैछ

बालेन शाह प्रधानमन्त्रीमा नियुक्त, १५ सदस्यीय मन्त्रिपरिषद् गठन हुदैछ

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, समाचार
काठमाडौं :राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहकाे नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । प्रधानमन्त्री बालेनसहित सबै मन्त्रीहरूले आजै शपथ ग्रहण गर्ने तयारी भएको छ । बालेन प्रधानमन्त्री संगै रक्षा र उद्योग मन्त्रालय पनि उनकै नेतृत्वमा रहनेछ ।मन्त्रिपरिषदमा स्वर्णिम वाग्लेले अर्थमन्त्री, सोविता गौतम कानुन,शिशिर खनाल परराष्ट्र,सुधन गुरुङ गृह, विराजभक्त श्रेष्ठ ऊर्जा,सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल,सामान्य प्रशासन, विक्रम तिमिल्सिना सञ्चार, दीपक साह (महोत्तरी) श्रम मन्त्री,सस्मित पोखरेल शिक्षा, खड्क (गणेश) पौडेलले पर्यटनमन्त्री,सीता वादी महिला, बालबालिका र  निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् ।  ...
चक्रपथ महाअभियानले फेरि लेख्यो मानवताको सुनौलो इतिहास :११० पिन्ट रगत संकलन

चक्रपथ महाअभियानले फेरि लेख्यो मानवताको सुनौलो इतिहास :११० पिन्ट रगत संकलन

समाचार
काठमाडौं । राजधानीको मुटुमा सञ्चालन हुँदै आएको चक्रपथ सरसफाई महाअभियानले फेरि एकपटक समाजलाई झकझक्याउने काम गरेको छ। ४६८ औं हप्तामा पुगेको यस अभियान अन्तर्गत आयोजित ११ औं बृहत रक्तदान कार्यक्रममा एकैदिन ११० पिन्ट रगत संकलन भएसँगै “मानवता जिउँदो छ” भन्ने सन्देश प्रस्टिएको छ। रगत अभावका कारण अस्पतालका बेडमा छट्पटाइरहेका बिरामीहरूका लागि यो कार्यक्रम जीवनदायी सावित भएको छ। “रगत नपाएर कसैले ज्यान गुमाउनु नपरोस्” भन्ने मूल नारालाई आत्मसात गर्दै सयौं युवादेखि ज्येष्ठ नागरिकसम्म रक्तदानमा ओइरिँदा कार्यक्रम स्थल नै मानवीय भावनाले भरिएको दृश्य बनेको थियो। यस ऐतिहासिक अभियानको अगुवाइ गर्दै संयोजक लोक बहादुर टण्डन फेरि एकपटक चर्चाको केन्द्रमा उभिनुभएको छ। उहाँको निरन्तर सक्रियता र दृढ इच्छाशक्तिले सामान्य सरसफाई अभियानलाई आज राष्ट्रकै प्रेरणादायी सामाजिक आन्दोलनमा रूपान्तरण गरिदिएको छ। कार्यक्रमलाई...
कांग्रेस सभापति गगन थापाले दिए राजिनामा

कांग्रेस सभापति गगन थापाले दिए राजिनामा

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन् । केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । तर, उनको राजीनामा पार्टीले सार्वजनिक गरेको छैन । "चैत ६ मा बस्ने गरी बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा सभापतिको राजीनामाबारे औपचारिक रूपमा छलफल हुनेछ । राजीनामा दिने अधिकार र निर्णय सभापतिको हो, उहाँले दिनुभएको छ,’ पार्टीका एक पदाधिकारीले थापाको राजीनामा पुष्टि गर्दै भने, ‘तर स्वीकृत गर्ने वा नगर्ने भन्ने विषय केन्द्रीय कार्यसमिति बैठकको अधिकार हो ।’ २७ देखि ३० पुससम्म भृकुटीमण्डपमा भएको कांग्रेस विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो । त्यसको वैधानिकतालाई लिएर तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभाप...
काठमाडौकाे तार्केश्वरमा पहिलाे पटक घाेडेजात्रा महाेत्सव सम्पन्न

काठमाडौकाे तार्केश्वरमा पहिलाे पटक घाेडेजात्रा महाेत्सव सम्पन्न

Breaking News, खेल, मनाेरन्जन, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
काठमाण्डौं । तारकेश्वर नगरपालिका काठमाडौंको आयोजनामा वडा नं ८ डाँडागाँउ स्थीत पिपलडाँडा खेलमैदानमा "प्रथम तारकेश्वर घोडेजात्रा महोत्सव २०८२" सम्पन्न भएको छ । घोडेजात्रा पर्व परम्परागत रूपमा नेपाली सेनाले मात्र टुडीखेलमा आयोजना गदै आएपनि यसपटक तारकेश्वर नगरपालिकाले त्यो परम्परालाई तोड्दै ७५३ पालिकामानै आयोजना हुन नसकेको घोडेजात्रा कार्यक्रम आयोजना गरेर नयाँ इतिहाँस रचेको छ । महोत्सवमा घोडा दौड, रिले दौड, सो जम्प, सिक्स बार, वोल्डिङ, हैंगिङ, र म्यूजिकल राइड्स जस्ता विविध घोडाचढी सम्बन्धी खेलहरू प्रदर्शन गरिएको थियो । स्थानीय सरकारले पहिलो पटक आयोजना गरेको उक्त कार्यक्रमले सबैलाई सांस्कृतिक पहिचानको गर्व दिलाउनुका साथै तारकेश्वरको सांस्कृतिक धरोहरलाई एक नयाँ उचाइमा पुर्याएको छ । घोडेजात्राको अवसरमा एभरेष्ट हर्स राईडिङ एण्ड बग्गी सभिर्सेजको सह–आयोजनामा सम्पन्न प्रतियोगितामा सो जम्प तर्फ संय...
लोकप्रिय गायक तथा सर्जक बसन्त लम्सालको नयाँ गीत सार्वजनिक

लोकप्रिय गायक तथा सर्जक बसन्त लम्सालको नयाँ गीत सार्वजनिक

मनाेरन्जन, समाचार
काठमाडौं । चर्चित तथा लोकप्रिय गायक तथा सर्जक बसन्त लम्सालको नयाँ गीत सार्वजनिक भएको छ । उनले आफ्नै शब्द तथा संगीतमा मगर्नीको तीनपाने भाग २ सार्वजनिक गरेका हुन् । रमाइलो भाव र सामाजिक सन्देशलाई समेटिएको उक्त गीतमा विश्वास नेपालको संगीत संयोजनमा गायक लम्साल संगै गायिका सपना गाहा र सम्झना रणपालको स्वरमा सजिएको छ। वसन्त लम्साल युटुव च्यानलबाट रिलिज गरिएको उक्त गीतको म्युजिक भिडियोमा श्याम राना मगर,कला थापा,रञ्जित श्रेष्ठ र सुमन परियारको दमदार अभिनय रहेको छ। गीतलाई निशान एसकेले निर्देशन गरेका छन् भने दिनेश पराजुलीले छायांकन र सुशील डाँगीको सम्पादन रहेको छ । हेर्नुहोस उक्त गितको पुरा भिडियो : https://youtu.be/gCtryAIXI5o?t=20...
अन्तर्राष्ट्रिय सहकार्यले विद्यालयमा नयाँ ऊर्जा: पुस्तकालय व्यवस्थापनमा सहयोग गर्ने विदेशी विद्यार्थीहरू सम्मानित

अन्तर्राष्ट्रिय सहकार्यले विद्यालयमा नयाँ ऊर्जा: पुस्तकालय व्यवस्थापनमा सहयोग गर्ने विदेशी विद्यार्थीहरू सम्मानित

समाचार
सिन्धुपाल्चोक — स्थानीय शिक्षा क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्यको प्रभावकारी उदाहरण प्रस्तुत गर्दै, Project Nepal मार्फत जापानस्थित UWC ISAK Japan मा अध्ययनरत विभिन्न देशका विद्यार्थीहरूले श्री शारदा माध्यमिक विद्यालयको पुस्तकालय व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुर्‍याएका छन्। उक्त सहयोग कार्यक्रम अन्तर्गत Lola Ruth Dunton, Wong Chi Ching Janice, Juana Vizcaino Martin, Giosue Calocero तथा Ngimasangmo Sherpa ले विद्यालयको पुस्तकालयलाई व्यवस्थित, आकर्षक र अध्ययनमैत्री बनाउन उल्लेखनीय योगदान दिएका छन्। उनीहरूले पुस्तकहरूको वर्गीकरण, अभिलेखीकरण, व्यवस्थापन प्रणाली सुधार तथा विद्यार्थीमैत्री अध्ययन वातावरण निर्माणमा सक्रिय भूमिका खेलेका थिए। यस कार्यक्रमलाई Project Nepal को समन्वय तथा Sowers Action Nepal का कोअर्डिनेटर Karma Sherpa को नेतृत्वमा सफलतापूर्वक सञ्चालन गरिएको हो। उक्त सहयोग...
तारकेश्वरमा पहिलोपटक ‘घोडेजात्रा महोत्सव’ हुदैछ

तारकेश्वरमा पहिलोपटक ‘घोडेजात्रा महोत्सव’ हुदैछ

Breaking News, पुर्वाधार, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं : काठमाडौँको तार्केश्वर नगरपालिकामा पहिलोपटक ऐतिहासिक घोडेजात्रा महोत्सव हुने भएको छ ।तारकेश्वर नगरपालिकाको आयोजना तथा एभरेष्ट हर्स राइडिङ एण्ड बग्गि प्रालिको सहकार्यमा घोडेजात्रा पर्वको अवसर पारेर चैत ४ गते आज दिउसाे १ बजे देखि तारकेश्वर नगरपालिका–८ पिपलडाँडा टुसालचौरमा पहिलोपटक घोडेजात्रा महोत्सव हुन लागेको हो । नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले धर्म, संस्कृति, परम्परा र स्थानीय इतिहासको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका स्थानीय तहले पहिलोपटक घोडेजात्रा महोत्सव आयोजना गर्न लागेको जानकारी दिनुभयो । देशभरका ७५३ वटा स्थानीय तहमध्ये तारकेश्वर घोडेजात्रा महोत्सव गर्ने पहिलो स्थानीय तहसमेत बनेको छ । ‘पहिचान, अपनत्व र अधिकारः दिगो विकासको आधार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त महोत्सवलाई सफल बनाउन उपत्यकाभरका स्थानीय तहका प्रमुख र उपप्रमुख, राजनीतिक दलका प्रतिनिध...
डाेल्पाकाे जगदुल्लामा जिप दुर्घटना चालककाे मृत्यु

डाेल्पाकाे जगदुल्लामा जिप दुर्घटना चालककाे मृत्यु

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
दुनै डाेल्पा : डाेल्पा जिल्लामा जिप दुर्घटना एक युवकको मृत्यु भयकाे छ ।जिल्लाको मुड्केचुला गाँउपालिका -१ भोटगाऊ घर भयका हाल रुकुम पश्चिम त्रिवेणी बस्ने बर्ष २३ का सल्मान रोकायाको मृत्यु भएको हो । मुड्केचुला गाउँपालिका वडा नम्बर -१ काङ्ग्रे खोला स्थित भित्रि कच्ची सडक खण्डमा बोलेरो जिप दुर्घटना हुदा चालक राेकायकाे मृत्यु  भएको हाे। ईल (खर्क) देखि त्रिवेणी (रुकुम पश्चिम) तर्फ जादै गरेको बा.१७ च. ३९७० नम्बरको बोलेरो जिप एक्कासी अनियन्त्रित भई सडकबाट अन्दाजी ३०/४० मिटर तल खस्दा उक्त गाडी चलाकको घटनास्थलमै मृत्यु भएको र  अन्य यात्रु सवार नभएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । जिप साहु र चालक आफै रहेका राेकायले डाेल्पामा पहिलाेपटक चार पाङ्ग्रे सवारी साधन डाेल्पामा पुर्‍याएका थिय। बेलुका ५:१८ बजे तिर जिप दुर्घटना भएर जिप जगदुल्ला नदिमा खसेको छ मृतकको लास घटनास्थलम...