डि.बि.पराजुलीको रिपोर्ट
काठमाडौं । काठमाडौं जिल्लाभर रहेर ग्रील तथा स्टील व्यवसाय गर्ने व्यवसायीहरुको एकमात्र संघको रुपमा रहेको ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौंको आठौं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनको उद्घाटन समारोह यहि २०८३ असार ०९ गते सम्पन्न भए पनि बन्दसत्रमा सहमति जुट्न नसकेपछि स्थगित भएको कार्यक्रम आज सम्म पनि सुचारु हुन सकेको छैन ।
कार्यक्रम स्थगित भए पछि व्यवसायी संघका नेतृत्वहरुबाटै समाजिक संजाल मार्फत बिभिन्न किसिमका टिका टिप्पणीहरु आउान थालेका छन् । समाजिक संजालको भाव अनुसार एकले अर्कालाई आरोप प्रत्यारोप लगाउँदै बसेको पाईएको छ ।
संघको संगठनलाई राज्यको पुनर्संरचना बमोजिम लैजाने भन्दै काठमाडौं जिल्ला समितिले काठमाडौं जिल्लामा १२ वटा नगर समितिहरु बनाउनको लागि त्यो भन्दा अगाडी अस्तित्वमा रहेका १४ वटा इकाई र २ वटा क्षेत्रलाई विगठन गरे पछि पलाएको असन्तुष्ठी २०८२ चैत्र ३० गते जिल्ला प्रशासन कार्यालय काठमाडौं सम्म पुगेको थियो ।
जिल्ला प्रशासन कार्यालय पुगेको निवेदन उपर कार्बाहि प्रकृया अगाडी बढाउँदै २०८३ जेठ ४ गते जिल्ला प्रशासन कार्यालयले निवेदक तथा कार्यसमितिका दुवै पक्षलाई उपस्थित गराई ४ बुँदे सहमति गराएको थियो । सोहि निर्णय अनुसार सौर्य दैनिक पत्रिकामा सार्वजानिक सुचना समेत प्रकाशन गरि असार ९ गते अधिवेशन गर्ने र बाँकी सबै बिषय मिलाएर जाने प्रकृया समेत अगाडी बढेको थियो ।
निवेदक समुहलाई स्पष्टीकरण सोध्ने तथा निलम्बन गर्ने जस्ता बिधान विपरित कार्य भएको भन्दै निवेदक पक्ष यो बिचमा पुन जिल्ला प्रशासन कार्यालयमा अर्को निवेदन लिएर गएको थियो । त्यहि निवेदनको आधारमा जिल्ला प्रशासन कार्यालयले २०८३ असार २ गते ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं लाई बिधान विपरित कार्य नगर्न र जेठ ४ को सहमति कार्यन्वयन गर्न पत्राचार समेत गरेको थियो ।
यसरि क्षेत्र र इकाई विगठन गरेको बिषयबाट असन्तुष्ट बनेको समुह र तत्कालिन जिल्ला कार्य समितिबिच पटक पटक बैठक र सहमतिको प्रयास भई रहेपनि आज सम्म त्यसले निकास भने दिन सकेको छैन ।
उद्घाटन कार्यक्रममै स्वागत मनतव्य दिने क्रममा जिल्ला अध्यक्ष सुनिल कुमार आमात्यले माथिल्लो समितिको केहि जिम्मेवार व्यक्तिले उचालेर काठमाडौं जिल्लालाई तहस नहस बनाउन खोजेको आरोप लगाएका थिए भने प्रमुख अतिथिको रुपमा बोल्दै ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलो बाबु श्रेष्ठले सहमतिमा जिल्ला संघ अगाडी बढ्न नसके महासंघले हस्तक्षेप गरेर भए पनि मिलाउने भाषण गरेका थिए । तर आज सम्म संघलाई कसले तहस नहस बनाउन खोजेको भन्ने प्रमाण बाहिरिएको छैन भने महासंघले आँट गरेर हस्तक्षेप गर्दै मिलाउने कोशिस गरेको पाईएको छैन ।
असन्तुष्ट पक्ष आफु प्रचलित ऐन, कानुन र बिधानका परिधि भित्र हरि व्यवहारिक बिषयमा अधिकतम् लचकता अपनाएर अगाडी बढ्न चाहेको बताई रहेको छ भने तत्कालिन कार्यसमितिले हलो अड्काएर गोरु चुट्ने काम गरिरहेको आरोप समेत लगाउँदै आई रहेको छ ।
तत्कालिक कार्यसमितका केहि जिम्मेवार व्यक्तिहरुले भने साथिहरुले संघ भित्रको आन्तरिक कुरालाई जिल्ला प्रशासनमा मुद्धाको रुपमा पुर्याएर संघको गरिमामाथि आँच आउने कार्य गरेकोले उनिहरुलाई सम्पुर्ण रुपमा विस्वास गरेर संघ जिम्मा लगाउन नसकिने अडान राख्दै आएका छन् ।
२०८३ असार ८ गते बसेको बैठकले अध्यक्षमा तत्कालिन कार्यसमितिका उपाध्यक्ष रोहित श्रेष्ठको अध्यक्षतामा समिति बनाएर अगाडी बढ्ने भद्र सहमति भएको तर ९ गतेको बन्दसत्र सम्म आईपुग्दा परिस्थिति परिवर्तन हुँदा बिचमा कसले ,किन र के खेल खेल्यो भन्ने प्रश्नको उत्तर आजसम्म पनि नपाईएको केहि नेतृत्वहरु बताउँछन् ।
बिधानको परिधि भित्र रहि व्यवहारिक बिषयमा गहन छलफल र सहमति गरेर अगाडी बढ्ने बिषयमा केहि मध्य मार्गी नेतृत्वहरुले भुमिका खेल्न सके यो बिषय चाँडै टुङ्गिनेमा व्यवसायीहरु आसावादी छन् ।
संघका बिषयमा पटक पटक यस्ता समस्या र मुद्धाका निवेदनहरु परिरहे जिल्ला प्रशासन कार्यालयले कठोर निर्णय लिन सक्ने चेतावनी समेत दिएको छ ।
लामो समय देखि यो संघमा आबद्ध रहेर कृयाशिल भुमिका खेलिरहेका व्यवसायीहरुले यस्तै गरि वादविवाद भई रहे संघको अस्तित्वनै धरापमा पर्ने होकी भन्ने चिन्ता व्यक्त गरेका छन् ।
