आँखा अस्पताललाई दक्षिण एशियाकै नमुना अस्पतालका रूपमा विकास गर्न आफ्नो तर्फबाट रचनात्मक सहयोगमा कमि हुन नदिने काठमाडौँ महानगरका पूर्वप्रमुख राजाराम श्रेष्ठको प्रतिबद्धता
काठमाडौँ । काठमाडौँ महानगरका पूर्वप्रमुख तथा कार्यसमिति सदस्य राजाराम श्रेष्ठले नेपालको आँखा उपचारका क्षेत्रमा गौरवमय इतिहास रहेको विशिष्टीकृत सेवा प्रदान गरिरहेको आँखा अस्पताललाई दक्षिण एशियाकै नमुना अस्पतालका रूपमा विकास गर्न आफ्नो तर्फबाट रचनात्मक सहयोगमा कमि हुन नदिने प्रतिबद्धता जाहेर गर्नु भयो ।
पुर्व प्रमुख श्रेष्ठले त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले सेवालाई थप गुणस्तरीय बनाउँदै दूरदराजसम्म र्पुयाउने कुरामा सदैव आफ्नो साथ र समर्थन रहने समेत बताउनु भयो ।
अस्पतालको २१औँ वार्षिक साधारणसभामा आफ्नो मनतव्य राख्दै श्रेष्ठले सो प्रतिबद्धता जाहेर गर्नु भएको हो ।
कार्यक्रममा अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोखरेलले आँखा उपचारमा नयाँ प्रविधि भित्राउँदै गुणस्तरीय सेवा र भौतिक पूर्वाधार विकासमा उत्तिकै ध्यान दिइएको बताउनु भयो । अस्पतालले नियमित सेवाबाहेक शल्यक्रिया शिविर र विद्यालय आँख...









