१८ चैत्र २०८१, सोमबार

पुर्वाधार

जाजरकोटकाे नायकवाडा केन्द्रविन्दु भयर ४.२ म्याग्निच्युटकाे भुकम्प गयाे

जाजरकोटकाे नायकवाडा केन्द्रविन्दु भयर ४.२ म्याग्निच्युटकाे भुकम्प गयाे

Breaking News, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, समाचार
जाजरकोट : जिल्ला बारेकाेट गाउपालीकाकाे नायकवाडा केन्द्रबिन्दु भएर बिहीबार बिहान ६:३३ बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का जाजरकोटसहित आसपासका जिल्लामा पनि महसूस गरिएको थियो।यस भूकम्पको कारण कुनै ठूलो जनधनको क्षति नभएको जानकारी प्राप्त भएको छ। गत साल कार्तिक १७ गते साेहि गाउपालिकाकाे रामिडाँडा केन्द्रविन्दु भयर ६.४ रेक्टर स्केलकाे भुकम्प गयर ठुलाे जन धनकाे क्षति भयकाे थियाे ।...
बाजुरा केन्द्रबिन्दु भयर ५.३ म्याग्निच्युटकाे भुकम्प गयाे

बाजुरा केन्द्रबिन्दु भयर ५.३ म्याग्निच्युटकाे भुकम्प गयाे

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
सुर्खेत : बाजुरा केन्द्रबिन्दु भएर सनिवार बिहान भूकम्प गएको छ। जिल्लाको पाण्डवगुफा गाउँपालिका क्षेत्र केन्द्रबिन्दु भएर शनिबार बिहान ४: १४ बजे ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा महसुस भएको जानकारी प्राप्त भएको छ। यद्यपि भूकम्पबाट भएको क्षतिबारे हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन।...
जाजरकोटमा माटाेकाे ढिस्काेले पुरिएर चार जना मजदुर घाइते

जाजरकोटमा माटाेकाे ढिस्काेले पुरिएर चार जना मजदुर घाइते

पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट :जुनीचांदे  गाउँपालिका–२ देसीपाटामा सडक मर्मतका क्रममा माटोको ढिस्कोले पुरिएर चारजना घाइते भएका छन्। बिश्व खाद्य कार्यक्रमअन्तर्गत सुयडाबाट मजकोट जाने सडक निर्माण कार्यका क्रममा आज बिहान करिब १० बजे माथिबाट खसेको माटोको ढिस्कोले कामदारलाई पुरेको हो। घटनापछि स्थानीय तथा प्रहरी टोलीको सहयोगमा घाइतेलाई ढिस्कोबाट बाहिर निकालिएको छ। ढिस्कोले पुर्दा जुनीचाँदे -२ का ३२ वर्षीय रामबहादुर वड, २५ वर्षीया निर्मला शाही,२२ वर्षीया पुलमाया लुहार,३५ वर्षीय नर बहादुर वड गम्भीर घाइते भएको जिल्ला प्रहरी जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम पाण्डेले बताए । गम्भीर घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत कर्णाली अस्पताल सुर्खेत पठाएको छ ।...
काठमाडौंकाे नयाँ बसपार्क,बिष्णुमति नदिकाे छेउमा रहेका पसलहरु आज देखि हटाईएकाे छ

काठमाडौंकाे नयाँ बसपार्क,बिष्णुमति नदिकाे छेउमा रहेका पसलहरु आज देखि हटाईएकाे छ

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौं : काठमाडौं काे नयाँ बसपार्क नजिकै, बिष्णुमति नदिकाे छेउमा रहेका अस्थायी टहरामा रहेका पसलहरु आज देखि हटाईएकाे छ ।बिगत लामाे समयदेखि संचालनमा रहेका पसलहरु काठमाडौं महानगरले हटायपछि उक्त ठाउमा पसल गर्दै आयका ब्यापारी हरु निराश भयका छन्,। विभिन्न जिल्लाबाट उक्त ठाउमा बिगत लामाे समयदेखि कपडा पसल संचालनमा गर्दै आयका ब्यापारीहरु अहिले सामान आफू बस्ने काेठामा थन्क्याएर बसेकाे बताउछन, "महानगरले याे गर्नु स्वभाविक हाे तर हामीलाई कतै ब्यापार गर्ने ठाउँ दियकाे भय खुसि हुने थियौं "। महानगरले अहिले सबै ठाउमा अवैधानिक रुपमा ब्यापार गर्दै आयका र सार्वजनिक ठाउहरुलाई ब्यक्तिगत रुपमा विभिन्न प्रयाेजनका लागि भाेगचलन गरेका ठाउहरुमा तत्काल राेक्न समेत अल्टिमेटम दिएकाे छ,। उक्त ठाउहरुलाई तत्कालै ब्यवस्थापन गरेर सुन्दर र नमुना शहर बनाउने महानगरकाे उद्धेश्य रहेकाे छ । काठमाडौं मा जनघनत्व बढेपछि र सवारी...
कर्णाली प्रदेश विशेष सार्वजनिक सेवा प्रवाह सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम

कर्णाली प्रदेश विशेष सार्वजनिक सेवा प्रवाह सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम

Breaking News, पुर्वाधार, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट : कर्णाली प्रदेश सरकार मुख्य मन्त्री तथा मन्त्रि परिषदकाे कार्यलय वीरेन्द्रनगर सुर्खेतकाे आयाेजनामा जाजरकोटकाे खलंगामा "प्रदेश विशेष सार्वजनिक सेवा प्रवाह सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम"सम्पन्न भयकाे छ । आइतबार जाजरकोट जिल्लाकाे सदरमुकाम खलंगा स्थित जिल्ला समन्वय समितिको सभा हलमा भयकाे उक्त कार्यक्रममा जिल्लाका सातवटै स्थानीय तहका प्रमुख - उपप्रमुख, अध्यक्ष - उपाध्यक्ष र जिल्लामा रहेका संघ प्रदेश अन्तर्गतका सरकारी कार्यलयका प्रमुखहरुकाे सहभागीतामा उक्त कार्यक्रम सम्पन्न भयकाे हाे । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कंडेल,आर्थिक मामिला तथा याेजना मन्त्री तथा जाजरकोट क्षेत्र नम्बर "ख" संसद राजिव बिक्रम शाह र पुर्व आर्थिक मामिला तथा याेजना मन्त्री जाजरकोट क्षेत्र नम्बर "क"का संसद  बेदराज सिंहकाे विशेष उपस्थिति रहेकाे उक्त कार्यक्रममा प्रदेश अन्तरगत रहेका विभिन्न बि...
खाेटाङ केन्द्रबिन्दु भयर भूकम्प गयाे

खाेटाङ केन्द्रबिन्दु भयर भूकम्प गयाे

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
खाेटाङ:खोटाङ केन्द्रबिन्दु भएर गय राति भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार खोटाङको कुबिन्डे भन्ने स्थानलाई केन्द्र बनाएर सोमबार राति १० बजेर ३२ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो। ‘यो सानो खालको भूकम्प हो, यसले क्षति पुर्‍याउँदैन’, केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले भने। यसअघि असोज १५ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो।...
जाजरकोट दरबारमा भित्र्याइयाे दशैका फुलपाती

जाजरकोट दरबारमा भित्र्याइयाे दशैका फुलपाती

Breaking News, पर्यटन, पुर्वाधार, राष्ट्रिय, संस्कृति, समाचार
जाजरकोट :जाजरकोटको ऐतिहासिक दरबारमा दशैंका फूलपाती भित्र्याइएको छ । दशैकाे साताैंदिन सप्तमीका दिन परम्परागत राजकीय शक्तिको प्रतिक खड्गदेवी देवतासहित जाजरकोट दरबारमा फूलपाती  भित्र्याइएको हो ।बिहीबार जाजरकोटको जगतिपुरबाट ल्याएको उखु, अदुवा, बेलपत्रलगायत पूजा सामग्री र खड्ग देवतासहित फूलपाती भित्र्याइएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । २८ वर्षअघिसम्म जगतीपुर दरबारबाटै ब्राम्हण जातिका पुजारीले खड्ग देवतासहितको फूलपाती ल्याउने प्रचलन थियो । २८ वर्षपछि पहिलोपटक स्थानीयले बाजासहित जगतिपुरबाट ल्याएकाे फूलपाती र खड्ग जाजरकोट दरबारमा पूजाआजासहित भित्र्याइएको छ । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको नेतृत्वमा पुजारी सत्यदेव शर्माले ल्याएको खड्ग र फूलपातीलाई राज्यका प्रतिनिधीका रुपमा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले विधिपूर्वक भित्र्याएका हुन् । तत्कालीन गोरखा राज्यका राजा ...
जाजरकोटमा आर्साे नेपाल संस्थाद्वारा भुकम्प प्रतिरोधात्मक घर हस्तान्तरण

जाजरकोटमा आर्साे नेपाल संस्थाद्वारा भुकम्प प्रतिरोधात्मक घर हस्तान्तरण

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट :भूकम्प पुनर्निर्माण तथा पुनर्लाभ परियोजना अन्तर्गत जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं ३ र ४ मा स्थायी नीजि आवास बलियो सुरक्षित घर प्रवलिकरण (Retrofitting) प्रविधि अनुसार निर्माण भएको सुरक्षित घर हस्तान्तरण तथाअभिमुखिकरण कार्यक्रम सम्पन्न भयकाे छ।जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी उमानाथ अधिकारी को प्रमुख आतिथ्यतामा उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, विकास साझेदारहरु, सामाजिक संघ संस्था र नागरिक समाजका अगुवाहरुको उपस्थितिमा थियाे। प्रवलिकरण कार्यक्रम "Fondation De France(FDF)/TGH" को आर्थिक सहयोग र "Build Change" को प्राविधिक सहयोगमा आर्सो नेपाल (ARSOW Nepal) द्वारा जाजरकोट जिल्लाको भेरी नगरपालिकामा संचालन भईरहेको छ।...
लगातार वर्षा संगै आयकाे बाढि र पहिराेमा परी देशै भरी सयाैंकाे ज्यान गयाै हजाराै बिस्तापित

लगातार वर्षा संगै आयकाे बाढि र पहिराेमा परी देशै भरी सयाैंकाे ज्यान गयाै हजाराै बिस्तापित

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
बुटवल :देशै भरी लगातार आएकाे वर्षा संगै बाढी पहिरो र डुबानमा परी हालसम्म १०० जनाको मृत्यु भएको छ भने, ६७ जना बेपत्ता भएका छन् र १०१ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ललितपुरमा १८, धादिङमा १५, काठमाडौंमा २५, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु ५ ,पाँचथर ५ ,र भक्तपुरमा ५,दोलखामा ३, सिन्धुलीमा २, धनकुटा २, महोत्तरी २, रामेछाप १, झापा १, उदयपुर १, इलाम १, सप्तरीमा १ र नुवाकोटमा एक जनाको मृत्यु भएको उनले जानकारी दिए । बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि ९,९८३ सुरक्षाकर्मी परिचालन गरिएको छ । गृहमन्त्रालयका अनुसार हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको छ । लगातार वर्षा संगै खाेला , नदिहरुकाे पानीको बहाव बढेकाे छ । त्यस आसपास ठाउँहरुका सडकहरुमा यातायात अवरुद्ध भयका छन । हजाराै यात्रुहरु अल्पत्र परेका छन ।काठमाडौं - मुग्लि...
जाजरकोटमा चट्याङ् लागेर एक महिलाको ज्यान गयाे

जाजरकोटमा चट्याङ् लागेर एक महिलाको ज्यान गयाे

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट :चट्याङ् लागेर भेरी नगरपालिका–२ पोखराकी एक महिलाको मृत्यु भएको छ । चट्याङले घाइते महिलालाई उपचारका लागि जिल्ला अस्पतालमा पुर्‍याई सकेपछि मृत्यु भएको हो । सनिबार बेलुका ५:४५ बजेतिर घर नजिकै परेको चट्याङले भेरी नगरपालिका–२ पोखराका मोहनलाल कामीकी ५५ बर्षीय श्रीमति कौशिला कामी गम्भीर घाइते भएकी थिइन् । चट्याङ लागेर कौशिला घाइते भएको खबर पाएपछि पाँचकाटिया प्रहरी चौकीमा कार्यरत वरिष्ठ प्रहरी हलदार गेद बहादुर चन्दको कमाण्डमा ४ जनाको प्रहरी टोली घटना स्थलमा पुगेको थियो । कामीको घर छेउमा बाँधेको एक भेडा चट्याङ्ग लागेर मरेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार चट्याङ लागेर गम्भीर घाइते कौशिलालाइ जिल्ला अस्पताल, जाजरकोटमा बेलुका ८ बजे पुर्‍याइयकाे थियो । जिल्ला अस्पतालमा कार्यरत चिकित्सकले कौशिलाको चेकजाँच गर्दा बेल...