१४ माघ २०८२, बुधबार

भक्तपुरकाे बाल गृहमा झडप, अवस्था तनावग्रस्त

काठमाडौं :भक्तपुरको मध्यपुरथिमि–२ सानोठिमीस्थित बाल सुधार गृहमा दुई पक्षबीच झडप र आगजनी भएको छ ।

गएराति बाल सुधार गृहमा राखिएका दुई समूहबीच झडप, आगजनी र तोडफोड समेत भएको प्रहरीले जनाएको छ ।

प्रहरीले झडप नियन्त्रणमा लिन नसकेपछि सशस्त्र प्रहरीको टोली परिचालन गर्नुपरेको छ ।झडपको जानकारी पाएपछि थिमि प्रहरी वृत्तका प्रमुख नवराज ढुङ्गाना नेतृत्वको टोली सुधारगृह पुगेर स्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो । झडपमा संलग्न दुवै समूहले प्रहरीमाथि नै ढुङ्गामुढा गरेपछि स्थिति झन् तनावपूर्ण बनेको थियो ।

स्थिति नियन्त्रण बाहिर गएपछि सशस्त्र प्रहरी बलबाट ५० जनाको टोली परिचालन गरिएको हो ।

सानोठिमीस्थित बाल सुधारगृहमा१४५ पुरुष र २४ महिला गरी १६९ जना छन् ।