२०८३ श्रावण २२, शुक्रवार

विगन्यूज

डिभिजन वन कार्यालय जाजरकोटले ३७ हजार बिरुवा रोप्ने

डिभिजन वन कार्यालय जाजरकोटले ३७ हजार बिरुवा रोप्ने

Breaking News, कृषि, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, समाचार
जाजरकोट: डिभिजन वन कार्यालय जाजरकोटले आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत "वार्षिक वृक्षारोपण कार्यक्रम"मार्फत जिल्लाभर करिब ३७ हजार बिरुवा रोप्ने भएको छ।वन क्षेत्रको संरक्षण, हरियाली प्रवर्द्धन तथा वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यले सञ्चालन गरिने उक्त कार्यक्रमअन्तर्गत जिल्लाका खाली तथा उजाड जमिन, वन क्षेत्रको छेउछाउ तथा स्थानीय तह र समुदायबाट माग भएका अन्य उपयुक्त स्थानमा वृक्षारोपण गरिने कार्यालयले जनाएको छ। डिभिजन वन कार्यालयका प्रमुख दिपेश केसीका अनुसार वृक्षारोपण कार्यक्रम उपभोक्ता समूहमार्फत सञ्चालन गरिनेछ। कार्यालयअन्तर्गत कुशे गाउँपालिकामा १३, जुनिचाँदे गाउँपालिकामा १०, भेरी नगरपालिकामा ६ तथा नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र छेडागाड नगरपालिकामा ३,३ गरी जम्मा ३९ वटा वन उपभोक्ता समूह परिचालन गरिनेछ। प्रमुख केसीका अनुसार कार्यालयको नर्सरीमा हाल करिब ५० हजार बिरुवा उत्पादन ग...
यि हुन बैतडी बस दुर्घटनामा १९ जना घाइतेहरू

यि हुन बैतडी बस दुर्घटनामा १९ जना घाइतेहरू

Breaking News, यातायात, राष्ट्रिय, विगन्यूज, समाचार
काठमाडौं : धनगढीबाट बैतडी जादै गरेको यात्रुवाहक बस पाटन नगरपालिका–८ गैराखानमा दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। उनीहरुमध्ये अधिकांशको अवस्थ सामान्य छ भने गम्भिर चोटपटक लागेकाहरुलाइ डडेल्धुरा अस्पताल भर्ना गरिएको छ। प्रहरीका अनुसार घाइते हुनेहरुमा पाटन नगरपालिका–६ का जनक प्रसाद पन्त (४३), सिद्धार्थ भण्डारी (११) र मोहन पन्त (३१), पाटन–३ का चालक दिनेश भाट (२५) र दुरा बोहरा (२५), पुरचौंडी नगरपालिका–८ की स्वास्थ्यकर्मी रत्ना कुमारी भण्डारी (३५), पुरचौंडी–१ की स्वास्थ्यकर्मी अनुगरा ठगुन्ना (३५) रहेका छन्। त्यस्तै दशरथचन्द नगरपालिका–९ का जनकराज जोशी (२६), दशरथचन्द–६ बस्ने धना पहरी, रमेश महर (४०) र अरुण महर (१४), दशरथचन्द–२ का नरेश लाबड, दशरथचन्द–४ का सागर ठगुन्ना र निर्मला कार्की (५४) रहेको छन्। डडेल्धुरा बस्ने दिपा महरा, सुर्नया गाउँपालिका–२ बस्ने पुष्कर बिष्ट (४०), माया बिष्ट (२०) ...
कर्णाली नदिमा खसेको फोर्स जीप अझै फेला परेन गोताखोर टिम परिचालन

कर्णाली नदिमा खसेको फोर्स जीप अझै फेला परेन गोताखोर टिम परिचालन

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, विगन्यूज, समाचार
सुर्खेत : दैलेखको सांङ्गेतडामा कर्णाली नदीमा खसेको यात्रुवाहक फोर्स गाडी र त्यसमा सवार यात्रुको खोजी शुक्रबार बिहानदेखि पुनः सुरु गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका छ जना गोताखोर बिहान ८ बजेदेखि खोजीमा परिचालन भएका छन्। बिहीबार पाँच घण्टासम्म खोजी गर्दा गाडी र यात्रु फेला नपरेपछि आज पुनः खोजी कार्य थालिएको हो।खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन गरिएको छ। प्रहरीका अनुसार सुर्खेतबाट छुट्दा तीन, दैलेखको डुङ्गेश्वरबाट दुई यात्रु तथा चालक र सहचालक गरी हालसम्म सात जना गाडीमा सवार रहेको पुष्टि भएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाका अनुसार नदीको जलसतह बढ्नुका साथै बहाव तीव्र, पानी धमिलो र घटनास्थलसम्म पुग्न कठिन भएकाले उद्धार तथा खोजी कार्य चुनौतीपूर्ण बनेको छ। अछामतर्फबाट खोजी...
यात्रुबहाक जिप कर्णाली नदिमा खस्यो, खोजिकार्य जारी

यात्रुबहाक जिप कर्णाली नदिमा खस्यो, खोजिकार्य जारी

Breaking News, यातायात, राष्ट्रिय, विगन्यूज, समाचार
सुर्खेत: दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ स्थित साङ्गेतरा क्षेत्रमा कर्णाली राजमार्गमा यात्रुबाहक माइक्रो गाडी दुर्घटनामा परेको छ। बिहीबार सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स माइक्रो गाडी सडकबाट करिब चार सय मिटर तल खसेर कर्णाली नदीमा डुबेको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त गाडीका चालक सुर्खेतको पञ्चपुरी नगरपालिका–८ निवासी अन्दाजी २८ वर्षीय तुलाराम सुवेदी रहेको प्रारम्भिक जानकारी रहेकाे  प्रहरीकाे भनाइ छ । गाडीमा चालकसहित पाँच जना सवार रहेको बताइएको छ। घटनास्थलबाट एक जना पुरुषलाई फेला पारेर सडकतर्फ ल्याउने कार्य भइरहेको छ। अन्य सवारको खोजी तथा उद्धार कार्य  जारी  छ । घटनाबारे थप विवरण आउन बाँकी छ।...
समाजवादी कम्युनिस्ट पार्टी नेपालको ‘नेपाली जनक्रान्तीको अवधारणा’ कम्युनिस्ट एकताको सकारात्मक कदम

समाजवादी कम्युनिस्ट पार्टी नेपालको ‘नेपाली जनक्रान्तीको अवधारणा’ कम्युनिस्ट एकताको सकारात्मक कदम

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार
काठमाडौं : समाजवादी कम्युनिस्ट पार्टी नेपालले प्रस्तुत गरेको "नेपाली जनक्रान्तीको अवधारणा" कम्युनिस्ट एकताको सकारात्मक कदम रहेको  कम्युनिस्ट नेताहरूको जोड।समाजवादी कम्युनिष्ट पार्टी नेपाल आइतबार राजधानीमा  आयोजना गरेको "नेपाली जनक्रान्तीको अवधारणा" बिषयीक अन्तरक्रियामा टिप्पणी गर्दै नेपालका क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेताहरूले पार्टीहरू एकताबद्ध हुनुपर्नेमा जोड दिय। वर्तमान बालेन सरकारको विकल्पका लागि सबै कम्युनिस्टहरु एक भएर संघर्षको तयारीमा लाग्नुपर्नेमा वक्ताहरुले जोड दिएका छन्। वक्ताहरुले बालेन सरकार अमेरिकी कठपुतली रहेकोसमेत आरोप लगाए । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता हेमन्त प्रकाश ओली‘सुदर्शन’ले विशिष्ट भूराजनीतिक अवस्थाको कारण अहिले नेपालको सत्ता र शक्तिको चाबि प्रत्यक्षरुपमा अमेरिकी हातमा पुगेको दबी गरे । “धेरै पहिलेबाटै रवि– बालेनहरु अमेरिकी योजनामा सिं...
ओली,प्रचण्ड र माधव आज एउटै मञ्चमा देखिने

ओली,प्रचण्ड र माधव आज एउटै मञ्चमा देखिने

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार
काठमाडौं : एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु आज एक सार्वजनिक कार्यक्रममा सँगै देखिने भएका छन् । सो कार्यक्रममको प्रमुख आतिथ्यता भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् ।मदन भण्डारी फाउण्डेसनले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आज असार १४ गते राष्ट्रिय सभागृहमा आयोजना गर्ने कार्यक्रममा ओली, प्रचण्डसहितका नेताहरु सहभागी हुन लागेका हुन् । नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीमा ओली र प्रचण्डसँगै नेताहरु– माधव कुमार नेपाल, झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको  एक नेताले जानकारी दिए । यस राष्ट्रिय गोष्ठीलाई पछिल्लो समय फरक–फरक राजनीतिक धारमा रहेका प्रमुख कम्युनिस्ट नेताहरूको सा...
एसईई परीक्षा- २०८२काे नतिजा सार्वजनिक ६६% विद्यार्थी उतिर्ण

एसईई परीक्षा- २०८२काे नतिजा सार्वजनिक ६६% विद्यार्थी उतिर्ण

Breaking News, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, शिक्षा, समाचार
काठमाडौ :राष्ट्रिय परिक्षा वाेर्डले  माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरिएको छ ।सार्वजनिक गरेको परीक्षाफलअनुसार परीक्षामा नियमिततर्फ कुल ४ लाख ३० हजार ६६७ विद्यार्थी सहभागी भएका थिए । जसमध्ये २ लाख ८४ हजार १६० विद्यार्थी उत्तीर्ण ग्रेडेड भएका छन् भने १ लाख ४६ हजार ५०७ विद्यार्थीले ननग्रेडेड भएका छन। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन गरेर परीक्षा बोर्डले आज परीक्षा सकिएको २९औं दिनमा साँझ नतिजा सार्वजनिक गरेको हाे। नतिजा अनुसार झण्डै ६६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था मिलाइएको थियो । यस वर्ष नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षाका लागि फारम भरेका थिए । नतिजाअनुसार जीपीए १.६० देखि २.०० ल्याउने विद्यार्थी संख्या ७ रहेको छ भने २.०० देखि २.४० ...
राष्ट्रपति बाेल्दै थिय, प्रधानमन्त्री बाहिर निस्किए

राष्ट्रपति बाेल्दै थिय, प्रधानमन्त्री बाहिर निस्किए

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, समाचार
काठमाडौं :प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपतिले सम्बोधन गरिरहेकै बखत संसद बैठक हलबाट बाहिरिएका छन् ।राष्ट्रपति रामचन्द्र पौडेलले बालेन सरकारकै बार्षिक योजना संघीय संसदमा प्रस्तुत गरिरहेका बेला उनी एक्कासी उठेर बाहिरिएका हुन् ।रास्ट्रपति सरकारको कामका निम्ति,सरकारकै निम्तोमा सँसद पुगेका हुन् । बिशिष्ट अतिथिको स्वागत र बिदाइ निम्त्याउने ले गर्ने चलन हो । प्रधानमन्त्री यति महत्वपूर्ण अवसर वीचैमा छोडेर किन जुरुक्क उठे र खुरुक्क बाहिरिए भन्ने कारण कसैले खुलाएको छैन । संसदीय मूल्य मान्यताभित्र यस्तो दृश्य बिरलै मात्र देखा पर्छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेको बेला राष्ट्रपति र पूरै संसदको अपमान हुनेगरी प्रधानमन्त्री बाहिरिनुलाई धेरैले राम्रो मानेका छैनन् । ...
सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा‍. मनोज शर्मा सिफारिस

सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा‍. मनोज शर्मा सिफारिस

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, विगन्यूज, विचार, समाचार
काठमाडौं :न्याय परिषद्ले सर्वाेच्च अदालतकाे सम्मानित पद प्रधान न्यायाधीशमा डा. मनाेज शर्मालाई सिफारिस गरेकाे छ ।यश अघि नै परिषद्ले प्रधान न्यायाधीश पदका लागि सर्वाेच्च अदालतका ६ जना न्यायाधीशकाे नाम सिफारिस गरेकाेमा संवैधानिक परिषद्ले बिहिवार शर्मा लाई न्यायाधीशमा सिफारिस गरेकाे हाे । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत ६५ बर्षे उमेर हदका कारण गत चैत १८ गते देखि अवकाशमा गए पछि उक्त पदका लागी सर्वाेच्चकि वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल सहित कुमार रेग्मी,हरिप्रसाद फुयाल, डा.मनाेज शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठ काे नाम न्याय परिषद्ले संवैधानिक परिषदकाे सचिवालयमा पठाएको थियाे । नेपालीको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीश काे राेल अनुसार चाैथाे क्रमशमा रहेका शर्माकाे नाम सिफारिस भयकाे पहिलो घटना हाे ।संसदीय सुनुवाइ समितिले नाम अनुमाेदन गरे पछि शर्मा नेपालीको ३३ ओै प्रध...
अब हप्ताको दुईदिन आईतवार र सनिवार सरकारी बिदा हुने

अब हप्ताको दुईदिन आईतवार र सनिवार सरकारी बिदा हुने

Breaking News, मनाेरन्जन, राष्ट्रिय, विगन्यूज, शिक्षा, संस्कृति, समाचार
काठमाडौं :सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो ।सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार, भोलि (चैत २३ गते) देखि यो समयावधि लागू हुनेछ । सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय भएको प्रवक्ता पोखरेलले जानकारी दिए । पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको उनले बताए ।     ...