जाजरकोट ; बुढानिलकण्ठ नगरपालिका काठमाडौंकाे टिम यतिवेला दुर्गममाका असल ज्ञान बटुल्न र ज्ञान साटासाट गर्न कर्णाली प्रदेशका बिकट जिल्लामा पुगेकाे छ ।असल अभ्यासहरुबाट सिक्दै र आफूले अबलम्बन गरेका असल अभ्यासहरुबाट अन्य पालिकाले पनि सिक्न सकून भन्ने पवित्र भावना बोकेकाे बुढानीलकण्ठ नगरपालिका काठमाडौंका नगर प्रमुख,उप-प्रमुख र शिक्षा शाखा प्रमुख यतिखेर कर्णाली प्रदेशका रुकुम पश्चिम,जाजरकोट र डोल्पाका असल अभ्यासहरुको अवलोकनमा कर्णाली प्रदेशका जिल्लामा पुगेका हुन।
जनताको सेवामा रातदिन तल्लिन हुने नगर प्रमुख मिठाराम अधिकारी र नगर उपप्रमुख अनिता लामा र शिक्षा शाखाका प्रमुख ललित बिक्रम सिंह लगायतको टिम थोरै दिनको फुर्सद निकालेर मध्यपहाडी मार्गले कोरेको विकासको रेखा पहिल्याउँदै बाग्लुङको बुर्तिबाङ हुँदै रुकुमको राडीजिउला हुँदै डोल्पाको दुनै पुगे।
कच्चीबाटोबाट निक्कै दु:ख र सास्ती खेप्दै धुलाम्य भएर दुनै पुगेका नगर प्रमुख र उपप्रमुखले कर्णाली प्रदेशको दुर्गम जिल्ला डोल्पाबाट कर्णाली प्रदेशमा प्रतिनिधित्व गर्ने माननीय बिर बहादुर शाही लगायत त्रिपुरासुन्दरी नगरपालिकाका नगर प्रमुख जनचन्द्र रोकाया, उपप्रमुख देवी घर्ती, ठुलीभेरी नगरपालिकाका प्रमुख स्वबर्ण कुमार बुढा, शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्दुक गुरुंग, छार्का तांगसोंग गाउँपालिकाका अध्यक्ष सेनांग गुरुंग, मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीसँग भेटघाट गर्दै बुढानीलकण्ठ नगरपालिकाले शिक्षामा गरेका उत्कृष्ठ व्यवस्थापन, अनिवार्य तथा आधारभुुत शिक्षाको कार्यान्वयन, विद्यार्थीको सिकाई उपलब्धी अभिवृद्धि, शिक्षक पेसागत विकास र विद्यार्थी मूल्यांकनमा सुधार जस्ता शैक्षिक क्रियाकलापहरुका बारेमा अनुभव आदान प्रदान गरिएको थियो ।
नगर प्रमुख र उपप्रमुख सहितको टोली डोल्पा पुग्नुमा बुढानीलकण्ठ नगरपालिकाले शिक्षामा गरेका उत्कृष्ठ व्यवस्थापन, अनिवार्य तथा आधारभुुत शिक्षाको कार्यान्वयन, विद्यार्थीको सिकाई उपलब्धी अभिवृद्धि, शिक्षक पेसागत विकास र विद्यार्थी मूल्यांकनमा सुधार जस्ता शैक्षिक क्रियाकलापहरुमा अन्तरपालिका साझेदारी र सहकार्य गर्न डोल्पामा त्रिपुरासुन्दरी नगरपालिका र शे फोक्सुण्डो गाउँपालिकासँग समझदारी पत्रमा हस्ताक्षर गरिने उद्देश्य रहेको बुढानीलकण्ठ नगरपालिकाको शिक्षा महाशाखा प्रमुख ललित विक्रम सिंहले जानकारी दिनु भयो । डोल्पाका विभिन्न स्थानीय तहका पालिका प्रमुखसँग आफ्ना अनुभवहरु आदान -प्रदान गर्दै दुर्गमका र सुगमका पिडा साटासाट गरियाे ।
विद्यालय तहको शिक्षाको उत्कृष्ट व्यवस्थापन गरी अपेक्षित सफलता हासिल गरेको बुढानीलकण्ठ नगरपालिकाले यस कार्यक्रम मार्फत आफ्ना असल शैक्षिक अभ्यासहरु आदान प्रदान गर्ने मुख्य अभिष्ट राखेको र यस कार्यक्रम अनुसार बुढानीलकण्ठ नगरपालिकाले अनिवार्य तथा आधारभूत शिक्षाको कार्यान्वयन, विद्यार्थीको सिकाइ उपलव्धि अभिवृद्धि, शिक्षक पेसागत विकास र विद्यार्थी मूल्यांकनमा सुधार जस्ता शैक्षिक क्रियाकलापहरुमा अन्तरपालिका साझेदारी र सहकार्य गर्ने लक्ष्य राखेकाे छ ।
साझेदारीमा अन्तरपालिका स्तरका कार्यक्रम भौतिक रुपमा सञ्चालन गर्ने र नभए सूचना प्रविधिको प्रयोग गरेर भए पनि भर्च्युअल कार्यक्रम आयोजना गरेर दुर्गमको शैक्षिक विकासमा योगदान पुर्याउने सोच यस कार्यक्रम मार्फत राखिएको साथै यस कार्यक्रमका लागि बुढानीलकण्ठ नगरपालिकाले साझेदारी गर्न लागिएका जाजरकोट र डोल्पाका पालिकाहरुमा विद्यार्थी झोला र स्टेशनरी लगायतका सामग्रीहरु पालिका पालिकासम्म पुर्याइसकेकाे छ ।
कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न अनुभव आदान प्रदान गर्ने, संयुक्त रुपमा साझा गन्तव्य निर्धारण गर्ने, शैक्षिक रणनीति र कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने लगायका कार्यक्रम कार्यान्वयनमा जोड दिइने बताएको छ । यसको सफल कार्यान्वयन हुन सकेमा दुर्गम क्षेत्रका पालिकाहरुको शिक्षाको सुधार, विकास र उल्लेखनिय टेवा पुग्न जाने कुरामा नेपाल सरकारका उपसचिव तथा बुढानिलकण्ठ नगरका शिक्षा महाशाखा प्रमुख ललित विक्रम सिंहले कुनै द्धिविधा नरहेको बताएका छन् ।
थप आफ्नाे फेसबुक स्टाससमा सिंहले भनेका छन “२० वर्ष पछि दुनै पुगियो । २० वर्ष अघिको दुनै र २० वर्ष पछिको दुनैमा आकाश पातलकै फरक देखिन्छ । सशस्त्र जनसंघर्ष मच्चिरहेको त्यो समय दुनै कुनै कैदी बन्दी झै लाग्थ्यो । आन्तरिक नाकाबन्दी भइरहने त्यो समयमा चारैतिर संबाद र सञ्चार संभव नै थिएन । अहिले दुनै उन्मुक्त वातावरणमा विचरण गरिरहेछ । यो राजनैतिक धरातलबाट देखिने फरक भयो ।”
-“दुनैले अहिले समृद्धिका थुप्रै धरातल खडा गरेछ । यहाँको संरचना वारी पारी दुबैतिर विस्तार भएछन् । बडेमानका निजी र सरकारी घरहरु बनाएछ दुनैले । भेरी नदीले नियन्त्रणमा राखे जस्तो अनुभूति हुने उतिखेरको दुनै अहिले भेरी नदीलाई नियन्त्रणमा राख्न सक्ने सामार्थ्यमा विस्तार भएछ, खुशी लाग्यो । नदिनालाहरुलाई मानवीय विकासले नियन्त्रण गर्न सक्नु समृद्धिको एउटा मानक मान्न सकिन्छ, यो अहिले दुनैमा देख्न सकिने भएछ ।
२०६१/६२ तिर जन्मेको डोल्पो क्याम्पस अहिले लक्का जवान भएछ । यो बिचमा एक हजार जनालाई स्नातक गराउन सफल भएछ । हाल यहि २५७ जनाले नियमित रुपमा स्नातक अध्ययन गरिरहेछन् । आफ्नै पूर्वाधारमा उभिन सकेछ । यदि त्यतिखेर डोल्पो क्याम्पस खुल्दैन्थ्यो भने यी एकहजार स्नातकहरुको योग्यता अभिवृद्धिको अभिलासामा कति ठेस लाग्थ्यो होला ? अनुमानै गर्न सकिएन ।
यी केही प्रतिनिधि लाइनबाट दुनै बदलिएको संकेत गरे । दुनै यी लाइन भन्दा धेरै बदलिएको छ । दुनैबासी निक्कै समृद्ध भएका छन् । विकास र समृद्धिको रफ्तारमा दुनै लामो रेस दौडिरहेको छ । यसरी नै दौडिरहनू दुनै प्रगतिको हिमशिखरतर्फ सदैब ।”
डाेल्पा दुनै बजार :