६ बैशाख २०८२, शनिबार

नवऔपनिवेशिक पुँजीवादी शिक्षा प्रणालीले सामाजिक सेवा गर्न असम्भव छ : मुक्ति गैरे

काठमाडौं : समाजवादी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय अध्यक्ष मुक्ति गैरेले एक विज्ञप्ति जारी गर्दै नवऔपनिवेशिक पुँजीवादी शिक्षा प्रणालीले सामाजिक सेवा गर्न असम्भव रहेको जिकिर गरेका छन् ।

आज शिक्षकहरुकाे जारी आन्दाेलन प्रति ऐक्यबद्धता जनाउदै यस्तो जिकिर गरेका हुन् । उनलेे भनेका छन् : “समाज रूपान्तरणको संवाहक हो – शिक्षक, आज मुलुकको नवऔपनिवेशिक पुँजीवादी दलाल संसदीय व्यवस्थाद्वारा निर्देशिक नवऔपनिवेशिक पुँजीवादी शिक्षा प्रणालीले समाज रूपान्तरण एवम् राष्ट्र निर्माणको आधारशिला तथा सामाजिक सेवा गर्न असम्भव छ। यसले शिक्षकहरुका हक-हित, अधिकारको ग्यारेन्टी गर्न र आन्दोलनको माग सम्बोधन गर्न पनि सम्भव छैन्।”

जारी गरिएको विज्ञप्ति :”प्रेस वक्तव्य :
समाज रूपान्तरणको संवाहक हो – शिक्षक। आज मुलुकको नवऔपनिवेशिक पुँजीवादी दलाल संसदीय व्यवस्थाद्वारा निर्देशिक नवऔपनिवेशिक पुँजीवादी शिक्षा प्रणालीले समाज रूपान्तरण एवम् राष्ट्र निर्माणको आधारशिला तथा सामाजिक सेवा गर्न असम्भव छ। यसले शिक्षकहरुका हक-हित, अधिकारको ग्यारेन्टी गर्न र आन्दोलनको माग सम्बोधन गर्न पनि सम्भव छैन्। विद्यालय शिक्षा विधेयक संशोधन एवम् शिक्षकहरुका मागहरु पूरा गर्न गौरवशाली संगठन अखिल(क्रान्तिकारी) जोडदार माग गर्दै जारी आन्दोलनप्रति हार्दिक ऐक्यबद्धता व्यक्त गर्दछ ।क्रान्तिकारी अभिवादन सहित !

मुक्ति गैरे
                       अध्यक्ष
                     २३/१२/०८१”

प्रेस वक्तव्य