२ चैत्र २०८२, सोमबार

Tag: जाजरकोट

जाजरकोट कल्ले खाेलामा एम्बुलेन्स दुर्घटना, चालक चनाराकाे मृत्यु

जाजरकोट कल्ले खाेलामा एम्बुलेन्स दुर्घटना, चालक चनाराकाे मृत्यु

Breaking News, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट : जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुदा चालककाे मृत्यु । जिल्लाको भेरि नगरपालिका - १ कल्ले खाेलामा गय राति १२ बजे एम्बुलेन्स दुर्घटना हुदा चालक २७ बर्षिय शुनिल चनाराकाे   घटनास्थलमै मृत्यु भयकाे हाे।खलंगा बाट डाैँरीकाँडा बिरामी लिन  जाँदै गरेकाे  भे १ च २२४७ नम्बरको  एम्बुलेन्स गय राति उकालाे जाने क्रममा भित्तामा ठाेक्कियर करिव  दुईसय मिटर तल खसेकाे , जाजरकोटबाट प्रेम रानाले बताय । घटना बारे बुझ्न बिहानै प्रहरीकाे टाेलि घटनास्थलमा पुगेकाे छ ।  ...
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजना अब “राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम”बाट सेवा प्रवाह हुने

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजना अब “राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम”बाट सेवा प्रवाह हुने

Breaking News, कृषि, राष्ट्रिय, समाचार
काठमाडौं :प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयको नाम परिर्वतन भयकाे छ ।सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयको नाम परिर्वतन गरेको छ । अव कार्यालयको नाम "राष्टिय कृषि आधुनिकीकरण कार्यक्रम" कार्यक्रम कार्यान्वयण एकाईको नामाकरण गरेको हो ।अव सुन्ताल मौरी ओखर दलहन बाली जोनका रुपमा भएको कार्यलयको नाम परिर्वतन भएको हो ।कार्यालयको नाम परिर्वतन भएको जाजरकोट कार्यालयले सवै जिल्लाका सरकारी कार्यालयहरुलाई जानकारी समेत गराएको छ ।सरकारले कार्यालयको नाम चालु आर्थिक वर्षमा परिर्वतन गरेको हो । अन्य सरकारी कार्यालयहरुको पनि नाम परिर्वतनको चर्चा चलेको छ । ...
जाजरकोटका हेमराज उपाध्याय दाहालले अनुशासित बाल नेतृत्वकर्ता र अन्तर्राष्ट्रिय विजेता हासिल गरेका छन

जाजरकोटका हेमराज उपाध्याय दाहालले अनुशासित बाल नेतृत्वकर्ता र अन्तर्राष्ट्रिय विजेता हासिल गरेका छन

Breaking News, खेल, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :हेमराज उपाध्याय दाहाल: जाजरकोटको अनुशासित बाल नेतृत्वकर्ता र अन्तर्राष्ट्रिय विजेता भयका छन ।जाजरकोट जिल्ला, छेडागाड नगरपालिका वडा नम्बर ३ मा बसोबास गर्ने हेमराज उपाध्याय दाहाल एक अनुशासित, प्रतिबद्ध र निडर युवा नेतृत्वकर्ता हुन्। उनी हाल जनप्रिय माध्यमिक विद्यालय, दशेरा, जाजरकोटमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी मात्र होइन, छेडागाड नगरपालिका नगर बाल सञ्जालका अध्यक्ष समेत हुन्। हेमराजले अन्तर्राष्ट्रिय स्तरको नेतृत्व विकास प्रतियोगितामा भाग लिएर पाँचवटा देशका करिब १,१४५ भन्दा बढी बालबालिकालाई पछि पार्दै विजयी हुने गौरव हासिल गरेका छन्। यस सफलताले मात्र होइन, उनको नेतृत्वशैली, प्रतिबद्धता र आत्मविश्वासले नेपाल र विशेषगरी जाजरकोट जिल्लाको नाम विश्वभरि उजागर गरेको छ। उनी आफ्नो गाउँ, विद्यालय र देशका लागि गर्वको विषय हुन्। हेमराजका पिता लक्ष्मीराम उपाध्याय दाहाल र माता जयनता दे...
काेल्चाैर गाउमा निशुल्क वितरण गरियाे ईट्टा बनाउने इन्टरलग मेसिन

काेल्चाैर गाउमा निशुल्क वितरण गरियाे ईट्टा बनाउने इन्टरलग मेसिन

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट :भेरी नगरपालिका -१ कोल्चौर टाेललाई निशुल्क रुपमा  इन्टरलक इट्टा बनाउने मेसिन वितरण गरिएको छ । विल्ड अप नेपालको सहयोग तथा वडा कार्यालयले समन्वयमा  उक्त मेसिन गाउँवासीहरुलाई वितरण गरिएको हो । बुधबार एक कार्यक्रमको आयोजना गरेर उक्त मेसिन वडा अध्यक्ष दिपक रानाबाट हस्तान्तरण गरिएको हो । २०८० साल कात्तिक १७ गते राति जाजरकोटको बारेकोटलाई केन्द्र विन्दु बनाएर गएको भुकम्पले उक्त वडामा धेरै क्षति पुर्‍याएकाे  थियो । भुकम्पका कारण कोल्चौर गाउँका एउटै घरका ६ जनाको ज्यान गएको थियो । माटो र ढुङ्गा बनेका घरहरु भयकाे कारण गाउका प्राय घरहरु भत्केका थिए। भुकम्प पिडित गाउलेहरुलाई राहत होस भनेर इन्टरलक इट्टा बनाउने मेसिन निःशुल्क उपलब्ध गराएको विल्ड अप नेपालका कर्मचारी राजकपुर लिम्बुले बताए । इन्टरलक इट्टाले संरचनालाई भुकम्प प्रतिरोधि बनाउन सहयोग पुग्ने र अरु इट्टा भन्दा सस्तोमा उपलब्ध हु...
जाजरकोट विद्युत तारमा करेन्ट लागेर एक युवककाे मृत्यु

जाजरकोट विद्युत तारमा करेन्ट लागेर एक युवककाे मृत्यु

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट :नलगाड नगरपालिकामा विद्युतको तार मर्मत गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा नलगाड नगरपालिका वडा नम्बर ७ चामाखेतका २२ वर्षीय शिशिर चन्द रहेको जाजरकोट प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी हरिराम डाँगीका अनुसार सोमबार बिहान करिब १०ः३० बजे नलगाड नगरपालिका वडा नम्बर ४ गाडेखोलामा चन्द पोलमा चढेर विद्युतको तार मर्मत गरिरहेका थिए । सोही क्रममा अचानक करेन्ट प्रवाह हुँदा उनको पोलमै झुन्डिएर घटनास्थलमै मृत्यु भएको हो । मृतक चन्द ज्यालादारीमा काम गर्ने मजदुर भएको बुझिएको छ । उनको शव पोष्टमार्टमका लागि दल्लीस्थित नगर अस्पतालमा राखिएको छ ।...
डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख शाहमाथि कार्यकक्षमै हातपात

डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख शाहमाथि कार्यकक्षमै हातपात

Breaking News, राष्ट्रिय, समाचार
जाजरकोट : डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख अमर प्रसाद शाहमाथि कार्यकक्षमै हातपात भयकाे छ। आइतबार कार्यालय समयमै कार्यालयभित्र पसी अज्ञात समूहले शाहलाई हातपात गरेको हो। कार्यालय समयमै कार्यकक्षभित्र काम गरिरहेका बेला केही व्यक्तिहरूले अचानक प्रवेश गरेर दुर्व्यवहार गर्दै हातपात गरेको शाहले बताए। ‘म सामान्य फाइल हेर्दै थिएँ, एक्कासी ३–४ जना मानिसहरू पसेर आक्रोशित ढंगले कराउन थाले, अनि मलाई थिचथाच पार्दै कुटे,’ प्रमुख शाहले भने। घटनापछि शाहले सामान्य चोटपटक लागेको बताए। केही दिनअघि डिभिजन वन कार्यालयको तालिम हलमा मदिरा सेवन गरेको भन्दै सार्वजनिक भिडियोका कारण चर्को आलोचना खेपिरहेका प्रमुख शाहमाथि आज कार्यकक्षमै कुटपिट भएको हो। उनले उक्त भिडियो आफ्नो चरित्र हत्या गर्न नियोजित रुपमा फैलाइएको दाबी गर्दै आएका छन्। ‘मैले कुनै गल्ती गरेको छैन, त्यो भिडियो कार्यालय समयभन्दा बाहिरको थियो, ...
जाजरकोटका तीन जना शिक्षकले उत्कृष्टता उपाधी प्राप्त गरेका छन

जाजरकोटका तीन जना शिक्षकले उत्कृष्टता उपाधी प्राप्त गरेका छन

Breaking News
काठमाडौं  :  जाजरकोटका तीन जना शिक्षकले उत्कृष्टता उपाधि प्राप्त गरेका छन् । माध्यमिक तह तृतिय लक्ष्मी खत्री,निम्न माध्यमिक तह द्धितीय जय बहादुर थापा र प्राथमिक तह प्रथम अच्युत प्रसाद शर्मा रहेका छन् । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालय, वीरेन्द्रनगर सुर्खेतले जाजरकोट जिल्लाका तीन जनालाई उत्कृष्ट शिक्षकको रुपमा छनोट गरी सम्मान गरेको हो । उत्कृष्ट शिक्षकमा छनोट हुने लक्ष्मीले हाल बारेकाेट गाउपालिका लिम्सामा रहेको श्री विरेन्द्र एश्वर्य माध्यमिक विद्यालयमा अध्यापन गराउदै आइरहेकी छिन् । त्यस्तै उत्कृष्ट शिक्षकमा छनोट भएका अर्का शिक्षक थापा हाल छेडागाड नगरपालिका १३ दशेरामा रहेको श्री जनप्रिय माध्यमिक विद्यालयमा अध्यापन गराउदै आइरहेका छन् भने शर्माले भेरी नगरपालिका वडा नं ४ मा रहेको श्री रामजानकी प्राथमिक विद्यालयमा अध्यापन गराउदै आएका छन् । ...
छेडागाड नगरपालिका जाजरकोटकाे १८औं नगर सभा तथा ९ औं बजेट सुरु

छेडागाड नगरपालिका जाजरकोटकाे १८औं नगर सभा तथा ९ औं बजेट सुरु

Breaking News, कृषि, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, संस्कृति, समाचार, स्वास्थ
जाजरकोट : छेडागाड नगरपालिकाको १८ औं नगर सभा तथा ९ औं बजेट अधिबेशन सुरु भएको छ।सभाले ६५ बर्ष भन्दा माथिका बिदुर नागरिकलाई मासिक एक हजारका दरले सामाजिक सुरक्षा भत्ताको ब्यबस्था गरिने बताइएको छ । साथै सभाले आर्थिक बर्ष २०८२/०८३काे बजेटमा शिक्षा ,स्वास्थ्य, खानेपानी र कृषिमा प्राथमिकता दिने बताएको छ । "समृद्ध छेडागाड हाम्रो भबिष्य" भन्ने मुल नाराका साथ छेडागाड नगरपालिका जाजरकोटकाे १८औं नगर सभा तथा ९ औं बजेट अधिबेशन जिल्ला समन्वय समितिका प्रमुख काली बहादुर खत्रीले पानसमा बत्ती बालेर उदघाटन गरेका थिय । नगर पालिकाको कृषि सभाहलमा उदघाटन भएको कार्यक्रमको संचालन प्रमुख प्रशासकीय अधिकृत हेम कुमार ढकालले गरेका छन  । कार्यक्रमका अतिथिहरुलाई स्वागत मन्तव्य द्वारा स्वागत नगर उपप्रमुख चन्द्र बहादुर थापाले गर्नुका साथै आर्थिक बर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिय।अन्य अतिथिहरुमा नेकप...
मौलाउँदै नकारात्मकता झाँगिदै निराशा

मौलाउँदै नकारात्मकता झाँगिदै निराशा

मनाेरन्जन, विचार, विज्ञान प्रबिधि, शिक्षा
हेर्नुस् गाइज’ भन्ने वाक्यांश सुन्नासाथ मलाई घृणा लाग्ने भएको छ । सुत्केरी छटपटाउँदै ‘पानी पानी... बचाउ–बचाउ’ भनिरहेकी हुन्छिन्, यता एउटा युवक हतार–हतार मोबाइल खोल्छ र भन्छ— हेर्नुस् गाइज, एकजना सुत्केरी बाटोमा छटपटाउँदै छन्... सरकार कहाँ छ ? मानव सभ्यताको सुरुवातदेखि एक घरकाले अर्को घरकालाई सहयोग गर्दैै आएको हो, तर अहिले त्यो सद्भाव खै ? तल घरबाट आगो सल्काएर माथिल्लो घरमा खाना पकाउने पुर्खाका सन्तति कति चाँडै मतलबी र नकारात्मकतातिर हिँड्न सकेका । केही दिनअगाडि भारतमा इन्डियन प्रिमियर लिग चलिरहेको थियो, अनलाइनमा लाइभ हेर्न पसेँ, त्यहाँ सबैभन्दा बढी नेपाली नेतालाई असभ्य र अस्वाभाविक गालीको वर्षा चलिरहेको रहेछ । लाग्दैथ्यो कि क्रिकेट भारतमा चहिरहेको छ, नेपालमा गालीको विश्वकप । नेपाली नेताको पनौती लागेर कुनै टिमले गेम हार्ने या जित्नेझैँ ! बाबु समानको राष्ट्रका अग्रजलाई गाली–बेइज्जती गरेर ...
कृषि बिकास कार्यलय जाजरकोटकाे प्रमुख विद्या गाैतम

कृषि बिकास कार्यलय जाजरकोटकाे प्रमुख विद्या गाैतम

Breaking News, कृषि, राष्ट्रिय, समाचार
जाजरकोट :कृषि विकास कार्यालय जाजरकोटको कार्यलय प्रमुख विद्या गौतमले समालेकी छन्। गौतमते गत शुक्रबारदेखि कार्यालय प्रमुखको जिम्मेवारी समालेकी हुन्। उनी कृषितर्फ कर्णाली प्रदेशमा कार्यालय प्रमुखको जिम्मेवारी पाउने पहिलो महिला कर्मचारी बनेकी छन्। यसअघि कर्णाली प्रदेशको कृषि कार्यालय प्रमुखमा महिला पुग्न सकेका थिएनन्। कृषि विकास कार्यालय जाजरकोट कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको कार्यालय हो। मन्त्रालयका सचिव परशुराम रावतले कर्णाली प्रदेशमा कृषितर्फ कार्यालय प्रमुख बन्नेमा पहिलो महिला विद्या गौतम भएको जानकारी दिए। गौतम वरिष्ठ कृषि प्रसार अधिकृत (उपसचिव) हुन्।...