६ बैशाख २०८३, आईतवार

Tag: जाजरकोट

मौलाउँदै नकारात्मकता झाँगिदै निराशा

मौलाउँदै नकारात्मकता झाँगिदै निराशा

मनाेरन्जन, विचार, विज्ञान प्रबिधि, शिक्षा
हेर्नुस् गाइज’ भन्ने वाक्यांश सुन्नासाथ मलाई घृणा लाग्ने भएको छ । सुत्केरी छटपटाउँदै ‘पानी पानी... बचाउ–बचाउ’ भनिरहेकी हुन्छिन्, यता एउटा युवक हतार–हतार मोबाइल खोल्छ र भन्छ— हेर्नुस् गाइज, एकजना सुत्केरी बाटोमा छटपटाउँदै छन्... सरकार कहाँ छ ? मानव सभ्यताको सुरुवातदेखि एक घरकाले अर्को घरकालाई सहयोग गर्दैै आएको हो, तर अहिले त्यो सद्भाव खै ? तल घरबाट आगो सल्काएर माथिल्लो घरमा खाना पकाउने पुर्खाका सन्तति कति चाँडै मतलबी र नकारात्मकतातिर हिँड्न सकेका । केही दिनअगाडि भारतमा इन्डियन प्रिमियर लिग चलिरहेको थियो, अनलाइनमा लाइभ हेर्न पसेँ, त्यहाँ सबैभन्दा बढी नेपाली नेतालाई असभ्य र अस्वाभाविक गालीको वर्षा चलिरहेको रहेछ । लाग्दैथ्यो कि क्रिकेट भारतमा चहिरहेको छ, नेपालमा गालीको विश्वकप । नेपाली नेताको पनौती लागेर कुनै टिमले गेम हार्ने या जित्नेझैँ ! बाबु समानको राष्ट्रका अग्रजलाई गाली–बेइज्जती गरेर ...
कृषि बिकास कार्यलय जाजरकोटकाे प्रमुख विद्या गाैतम

कृषि बिकास कार्यलय जाजरकोटकाे प्रमुख विद्या गाैतम

Breaking News, कृषि, राष्ट्रिय, समाचार
जाजरकोट :कृषि विकास कार्यालय जाजरकोटको कार्यलय प्रमुख विद्या गौतमले समालेकी छन्। गौतमते गत शुक्रबारदेखि कार्यालय प्रमुखको जिम्मेवारी समालेकी हुन्। उनी कृषितर्फ कर्णाली प्रदेशमा कार्यालय प्रमुखको जिम्मेवारी पाउने पहिलो महिला कर्मचारी बनेकी छन्। यसअघि कर्णाली प्रदेशको कृषि कार्यालय प्रमुखमा महिला पुग्न सकेका थिएनन्। कृषि विकास कार्यालय जाजरकोट कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको कार्यालय हो। मन्त्रालयका सचिव परशुराम रावतले कर्णाली प्रदेशमा कृषितर्फ कार्यालय प्रमुख बन्नेमा पहिलो महिला विद्या गौतम भएको जानकारी दिए। गौतम वरिष्ठ कृषि प्रसार अधिकृत (उपसचिव) हुन्।...
जाजरकोटमा नेकपा बहुमतद्वारा भ्रष्टाचार र बेथिति विरुद्धको अभियान तिब्र

जाजरकोटमा नेकपा बहुमतद्वारा भ्रष्टाचार र बेथिति विरुद्धको अभियान तिब्र

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
जाजरकोट :नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले देशव्यापी रूपमा सञ्चालन गरिरहेको "भ्रष्ट दलाल पुँजीवादी व्यवस्था विरुद्ध जनसंघर्ष अभियान" जाजरकोटमा पनि तीव्र गतिमा अगाडि बढाइएको छ । पार्टीका इन्चार्ज महेशको नेतृत्वमा सातवटै स्थानीय तह र सबै वडामा पुगेर जनसंगठित कार्यक्रमहरू सञ्चालन भइरहेको हाे। भेरी नगरपालिकाबाट बैशाख ८ गते सुरू गरिएको अभियान नलगाड, बारेकोट, कुशे, जुनीचाँदे, छेडागाड हुँदै शिवालयसम्म विस्तार गरिएको थियाे। अभियानमा जनतासँग प्रत्यक्ष संवाद, गुनासो संकलन र समस्या पहिचानका कार्यहरू भइरहेको पार्टी का जिल्ला सेक्रेटरी हिमालले बताय। अभियानको क्रममा स्थानीय तहका कतिपय विकास योजनामा देखिएको गुणस्तरहीनता र आर्थिक चलखेलसम्बन्धी प्रमाणहरू संकलन गरिएको पार्टीको दाबी छ। सडक, ट्रस्ट पुल, विद्युत् विस्तार, विद्यालय भवन निर्माणलगायत योजनाहरूमा प्राविधिक र ठेकेदारबीच मिलेमतो भएको गुनासो...
भेरि नदिमा डुबे तीन बालक, एक जनाकाे शव भेटियाे, दुइजना बेपत्ता

भेरि नदिमा डुबे तीन बालक, एक जनाकाे शव भेटियाे, दुइजना बेपत्ता

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट : जाजरकोटकाे नलगाड नगरपालिका–८ स्थित भेरी नदीमा डुबेर बेपत्ता भएका तीन जना बालबालिकामध्ये एकको शव फेला परेको छ । भेरी नदीले बगाएर बेपत्ता भएकी अन्दाजी १२ बर्षिय भगवती नेपालीको शव फेला परेको हो । उक्त घटना नलगाड नगरपालिका–८ मनमै र आठबिसकोट नगरपालिका (रुकुम पश्चिम) जोड्ने भेरी पुल नजिकैबाट दुई बालिका र एक बालक नदीमा बेपत्ता भएका थिए । रेडियो नयाँ नेपाल रुकुम पश्चिमका पत्रकार प्रेम कुसारीका अनुसार, तीनै जना बालबालिकाहरु पौडी खेल्ने क्रममा भेरी नदीमा बगेर वेपत्ता भएका थिए । बेपत्तामध्ये सुरेन्द्र कुसारीका  छाेरा महेश कुसारी र छोरी आशा कुसारी वेपत्ता रहेका छन् । स्थानीयबासी, प्रहरी, नगरप्रहरीले खोजी कार्य तिब्र बनाएका छन् । उनीहरू नलगाड नगरपालिका ८ का स्थानीय हुन् ।...
जाजरकोटमा भिरबाट लडेर १८ बर्षिया किशोरी काे ज्यान गयाे

जाजरकोटमा भिरबाट लडेर १८ बर्षिया किशोरी काे ज्यान गयाे

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट :जिल्लाको कुशे गाउँपालिकामा भिर बाट लडेर एक किशोरीको ज्यान गएको छ । कुशे गाउँपालिका ‒१ बस्ने रामबहादुर रावत र तुल्सी चलाउनेकी १८ बर्षिया छोरी मनिषा रावतको भिरबाट लडेर ज्यान गएको हाे । तमाे ध्यान माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत १८ वर्षीया मनिषा मंगलबार बाख्रा चराउन गएका बेला अचानक चिप्लिएर भिरबाट लडेकी थिइन् । उनको घटनास्थलमै ज्यान गएको बताइएको छ ।...
कुशे गाउँपालिका–२ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

कुशे गाउँपालिका–२ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

Breaking News, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट :कुशे गाउँपालिका–२ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ। स्वास्थ्य चौकी टालेगाउँको आयोजनामा आयोजित औपचारिक कार्यक्रममा वडाका कार्यवाहक वडाध्यक्ष तप्त बहादुर सिंहको उपस्थितिमा उक्त घोषणा गरिएको हो। स्वास्थ्य चौकी टालेगाउँका प्रमुख शेरबहादुर बस्नेतका अनुसार आर्थिक वर्ष ०८१/८२ मा वडाका ० देखि १६ महिनासम्मका ४५ जना र १६ देखि २३ महिनासम्मका ५२ जना बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन्। उनका अनुसार वडामा कुनै पनि बालबालिका खोप सेवाबाट छुट्न नदिइएको छ। प्रमुख बस्नेतले बाल्य अवस्थाबाटै प्रदान गरिने आधारभूत स्वास्थ्य सेवाको नियमितता कायम गर्न स्वास्थ्य चौकीले निरन्तर पहल गर्दै आएको जानकारी दिए। उनले खोप अभियानलाई अझ प्रभावकारी बनाउने प्रयास निरन्तर जारी रहेको बताए। कार्यक्रममा कार्यवाहक वडाध्यक्ष सिंहले खोप अभियानले वडामा बालबालिकाको सुरक्षा तथा स्वास्थ्यमा महत्वपूर...
जाजरकोट केन्द्रविन्दु भयर फेरि गयाे भुकम्प

जाजरकोट केन्द्रविन्दु भयर फेरि गयाे भुकम्प

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौं ;सोमबार दिउँसो जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर २४ मिनेट जाँदा भूकम्प गएको हो । जिल्लाको रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड रहेको थियो । यसअघि, जेठ २ गते बैतडीको खलंगा केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।...
पहिराेमा पुरिय ९ वटा घर, २ वटा माेटरसाईकल

पहिराेमा पुरिय ९ वटा घर, २ वटा माेटरसाईकल

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट :अविरल बर्षासंगै पहिरोमा पुरिएर छेडागाड  नगरपालिका–१ खारा र ४ जेवातरामा ४ वटा घर, ५ वटा अस्थायी आबास र २ वटा मोटर साइकल पूर्णरुपमा क्षेतिग्रष्त भएका छन् । शुक्रबार मध्यराति अबिरल बर्षासंगै माथिबाट आएको पहिरोमा पुरिएर ४ वटा घर, ५ वटा अस्थायी आबास र २ वटा मोटर साइकाल पूर्णरुपमा क्षेतिग्रष्त भएका हुन् ।१४ वटा घर र एक वटा अस्थायी आबास उक्त पहिरोको उच्च जोखिममा रहेका छन् ।छेडागाड नगरपालिका–१ ढाँडापाखाबाट आएको पहिरोले खारा बजारमा रहेको सव–डिभिजन वन कार्यालय भवन पूर्णरुपमा क्षेतिग्रष्त भएको छेडागाड नगरपालिकाका उप–प्रमुख चन्द्र बहादुर थापा “अपिल” ले जानकारी दिएका छन् । उप–प्रमुख थापाले दिएको जानकारी अनुसार छेडागाड–१ निबासी करे बस्नेतको घर पूर्णरुपमा क्षेतिग्रष्त भएको छ । त्यसैगरी जनता आबास कार्यक्रमबाट बनेका कर्ण बहादुर बादी र दीपा बादीका एक–एक वटा घर पूर्णरुपमा क्षेतिग्रष्त भएका छन् । छेड...
जाजरकोट, कारागारमा एक कैदिले गरे आत्महत्या

जाजरकोट, कारागारमा एक कैदिले गरे आत्महत्या

Breaking News, राष्ट्रिय, समाचार
जाजरकोट :जाजरकोट कारागारमा एक थुनुवा कैदीले आत्महत्या गरेका छन्। भेरी नगरपालिका–१० का २५ वर्षीय दीपक बुढाले आइतबार कारागारकाे शाैचालयमा झुन्डिएर आत्महत्या गरेकाे जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक वसन्त शर्माले  जानकारी दिएका छन्। बुढा जबर्जस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए। उनीमाथि चलिरहेको मुद्दाको फैसलाअघि नै कारागारमा आत्महत्या गरेपछि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। डीएसपी शर्माका अनुसार घटनाको विस्तृत विवरण संकलन गर्ने कार्य भइरहेको छ । अदालतबाट उनीविरुद्धको मुद्दामा फैसला हुन बाँकी छ ।...
जाजरकोटमा साढे ८ किलो अबैध लागुऔषध (अफिम) प्रहरीले नष्ट गरेको छ

जाजरकोटमा साढे ८ किलो अबैध लागुऔषध (अफिम) प्रहरीले नष्ट गरेको छ

Breaking News, राष्ट्रिय, समाचार
जाजरकोट : जाजरकोटमा साढे ८ किलो अबैध लागुऔषध (अफिम) प्रहरीले नष्ट गरेको छ । लुकाइ छिपाइ गाडीमा नेपालगञ्ज तर्फ लिदै गरेको अबस्थामा बरामद गरिएको साढे ८ किलो अबैध लागुऔषध (अफिम) बिहिबार प्रहरीले नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटको परिसर भित्र खाल्डो खनेर आगोमा जलाएर उक्त लागुऔषध (अफिम) नष्ट गरिएको थियो । जाजरकोट जिल्ला अदालतमा कार्यरत नासु छवि गिरी, जिल्ला प्रशासन कार्यालयमा कार्यरत खरिदार नविन कुमार सिंह, भेरी नगरपालिकामा कार्यरत जनस्वास्थ्य निरिक्षक तथा नगर स्वास्थ्य शाखा प्रमुख दिप बहादुर वलीको रोहवरमा उक्त अफिम नष्ट गरिएको थियो । अफिम नष्ट गर्दा रोहवरमा थुनुवा नलगाड नगरपालिका–३ का ५३ बर्षिय बिष्णु बहादर घर्ती, नलगाड नगरपालिका–९ का ३० बर्षिय दिपक सिंह, २३ बर्षिय सुरेश सिंह र नलगाड नगरपालिका–१० का २३ बर्षिय हरि बाँनियालाइ पनि राखिएको प्रहरी निरिक्षक सन्तोष चन्दले जानकारी दिए...