३० पुष २०८२, बुधबार

Tag: जाजरकोट

भेरि नदिमा डुबे तीन बालक, एक जनाकाे शव भेटियाे, दुइजना बेपत्ता

भेरि नदिमा डुबे तीन बालक, एक जनाकाे शव भेटियाे, दुइजना बेपत्ता

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट : जाजरकोटकाे नलगाड नगरपालिका–८ स्थित भेरी नदीमा डुबेर बेपत्ता भएका तीन जना बालबालिकामध्ये एकको शव फेला परेको छ । भेरी नदीले बगाएर बेपत्ता भएकी अन्दाजी १२ बर्षिय भगवती नेपालीको शव फेला परेको हो । उक्त घटना नलगाड नगरपालिका–८ मनमै र आठबिसकोट नगरपालिका (रुकुम पश्चिम) जोड्ने भेरी पुल नजिकैबाट दुई बालिका र एक बालक नदीमा बेपत्ता भएका थिए । रेडियो नयाँ नेपाल रुकुम पश्चिमका पत्रकार प्रेम कुसारीका अनुसार, तीनै जना बालबालिकाहरु पौडी खेल्ने क्रममा भेरी नदीमा बगेर वेपत्ता भएका थिए । बेपत्तामध्ये सुरेन्द्र कुसारीका  छाेरा महेश कुसारी र छोरी आशा कुसारी वेपत्ता रहेका छन् । स्थानीयबासी, प्रहरी, नगरप्रहरीले खोजी कार्य तिब्र बनाएका छन् । उनीहरू नलगाड नगरपालिका ८ का स्थानीय हुन् ।...
जाजरकोटमा भिरबाट लडेर १८ बर्षिया किशोरी काे ज्यान गयाे

जाजरकोटमा भिरबाट लडेर १८ बर्षिया किशोरी काे ज्यान गयाे

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट :जिल्लाको कुशे गाउँपालिकामा भिर बाट लडेर एक किशोरीको ज्यान गएको छ । कुशे गाउँपालिका ‒१ बस्ने रामबहादुर रावत र तुल्सी चलाउनेकी १८ बर्षिया छोरी मनिषा रावतको भिरबाट लडेर ज्यान गएको हाे । तमाे ध्यान माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत १८ वर्षीया मनिषा मंगलबार बाख्रा चराउन गएका बेला अचानक चिप्लिएर भिरबाट लडेकी थिइन् । उनको घटनास्थलमै ज्यान गएको बताइएको छ ।...
कुशे गाउँपालिका–२ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

कुशे गाउँपालिका–२ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

Breaking News, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट :कुशे गाउँपालिका–२ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ। स्वास्थ्य चौकी टालेगाउँको आयोजनामा आयोजित औपचारिक कार्यक्रममा वडाका कार्यवाहक वडाध्यक्ष तप्त बहादुर सिंहको उपस्थितिमा उक्त घोषणा गरिएको हो। स्वास्थ्य चौकी टालेगाउँका प्रमुख शेरबहादुर बस्नेतका अनुसार आर्थिक वर्ष ०८१/८२ मा वडाका ० देखि १६ महिनासम्मका ४५ जना र १६ देखि २३ महिनासम्मका ५२ जना बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन्। उनका अनुसार वडामा कुनै पनि बालबालिका खोप सेवाबाट छुट्न नदिइएको छ। प्रमुख बस्नेतले बाल्य अवस्थाबाटै प्रदान गरिने आधारभूत स्वास्थ्य सेवाको नियमितता कायम गर्न स्वास्थ्य चौकीले निरन्तर पहल गर्दै आएको जानकारी दिए। उनले खोप अभियानलाई अझ प्रभावकारी बनाउने प्रयास निरन्तर जारी रहेको बताए। कार्यक्रममा कार्यवाहक वडाध्यक्ष सिंहले खोप अभियानले वडामा बालबालिकाको सुरक्षा तथा स्वास्थ्यमा महत्वपूर...
जाजरकोट केन्द्रविन्दु भयर फेरि गयाे भुकम्प

जाजरकोट केन्द्रविन्दु भयर फेरि गयाे भुकम्प

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौं ;सोमबार दिउँसो जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर २४ मिनेट जाँदा भूकम्प गएको हो । जिल्लाको रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड रहेको थियो । यसअघि, जेठ २ गते बैतडीको खलंगा केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।...
पहिराेमा पुरिय ९ वटा घर, २ वटा माेटरसाईकल

पहिराेमा पुरिय ९ वटा घर, २ वटा माेटरसाईकल

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट :अविरल बर्षासंगै पहिरोमा पुरिएर छेडागाड  नगरपालिका–१ खारा र ४ जेवातरामा ४ वटा घर, ५ वटा अस्थायी आबास र २ वटा मोटर साइकल पूर्णरुपमा क्षेतिग्रष्त भएका छन् । शुक्रबार मध्यराति अबिरल बर्षासंगै माथिबाट आएको पहिरोमा पुरिएर ४ वटा घर, ५ वटा अस्थायी आबास र २ वटा मोटर साइकाल पूर्णरुपमा क्षेतिग्रष्त भएका हुन् ।१४ वटा घर र एक वटा अस्थायी आबास उक्त पहिरोको उच्च जोखिममा रहेका छन् ।छेडागाड नगरपालिका–१ ढाँडापाखाबाट आएको पहिरोले खारा बजारमा रहेको सव–डिभिजन वन कार्यालय भवन पूर्णरुपमा क्षेतिग्रष्त भएको छेडागाड नगरपालिकाका उप–प्रमुख चन्द्र बहादुर थापा “अपिल” ले जानकारी दिएका छन् । उप–प्रमुख थापाले दिएको जानकारी अनुसार छेडागाड–१ निबासी करे बस्नेतको घर पूर्णरुपमा क्षेतिग्रष्त भएको छ । त्यसैगरी जनता आबास कार्यक्रमबाट बनेका कर्ण बहादुर बादी र दीपा बादीका एक–एक वटा घर पूर्णरुपमा क्षेतिग्रष्त भएका छन् । छेड...
जाजरकोट, कारागारमा एक कैदिले गरे आत्महत्या

जाजरकोट, कारागारमा एक कैदिले गरे आत्महत्या

Breaking News, राष्ट्रिय, समाचार
जाजरकोट :जाजरकोट कारागारमा एक थुनुवा कैदीले आत्महत्या गरेका छन्। भेरी नगरपालिका–१० का २५ वर्षीय दीपक बुढाले आइतबार कारागारकाे शाैचालयमा झुन्डिएर आत्महत्या गरेकाे जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक वसन्त शर्माले  जानकारी दिएका छन्। बुढा जबर्जस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए। उनीमाथि चलिरहेको मुद्दाको फैसलाअघि नै कारागारमा आत्महत्या गरेपछि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। डीएसपी शर्माका अनुसार घटनाको विस्तृत विवरण संकलन गर्ने कार्य भइरहेको छ । अदालतबाट उनीविरुद्धको मुद्दामा फैसला हुन बाँकी छ ।...
जाजरकोटमा साढे ८ किलो अबैध लागुऔषध (अफिम) प्रहरीले नष्ट गरेको छ

जाजरकोटमा साढे ८ किलो अबैध लागुऔषध (अफिम) प्रहरीले नष्ट गरेको छ

Breaking News, राष्ट्रिय, समाचार
जाजरकोट : जाजरकोटमा साढे ८ किलो अबैध लागुऔषध (अफिम) प्रहरीले नष्ट गरेको छ । लुकाइ छिपाइ गाडीमा नेपालगञ्ज तर्फ लिदै गरेको अबस्थामा बरामद गरिएको साढे ८ किलो अबैध लागुऔषध (अफिम) बिहिबार प्रहरीले नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटको परिसर भित्र खाल्डो खनेर आगोमा जलाएर उक्त लागुऔषध (अफिम) नष्ट गरिएको थियो । जाजरकोट जिल्ला अदालतमा कार्यरत नासु छवि गिरी, जिल्ला प्रशासन कार्यालयमा कार्यरत खरिदार नविन कुमार सिंह, भेरी नगरपालिकामा कार्यरत जनस्वास्थ्य निरिक्षक तथा नगर स्वास्थ्य शाखा प्रमुख दिप बहादुर वलीको रोहवरमा उक्त अफिम नष्ट गरिएको थियो । अफिम नष्ट गर्दा रोहवरमा थुनुवा नलगाड नगरपालिका–३ का ५३ बर्षिय बिष्णु बहादर घर्ती, नलगाड नगरपालिका–९ का ३० बर्षिय दिपक सिंह, २३ बर्षिय सुरेश सिंह र नलगाड नगरपालिका–१० का २३ बर्षिय हरि बाँनियालाइ पनि राखिएको प्रहरी निरिक्षक सन्तोष चन्दले जानकारी दिए...
जाजरकोट पश्चिम, छेडागाड नगरपालिकामा आँखा उपचार केन्द्र स्थापना

जाजरकोट पश्चिम, छेडागाड नगरपालिकामा आँखा उपचार केन्द्र स्थापना

Breaking News, पुर्वाधार, राष्ट्रिय, शिक्षा, समाचार, स्वास्थ
काठमाडौं :छेडागाड नगरपालिकाले आँखा उपचार केन्द्र स्थापना गरेको छ । नेपाल रेडक्रस सोसाइटी, सुर्खेत आँखा अस्पतालको सहयोगमा नगरपालिकाले छेडागाड–५ वडावनको फुर्किचौरमा सोमबार आँखा उपचार केन्द्र स्थापना गरेको हो । छेडागाड नगरपालिकाका प्रमुख रत्न बहादुर खड्काले रिवन काटेर उद्घाटन गरेको आँखा उपचार केन्द्रले सोमबार देखिनै आँखा जाँच गर्न सुरुवात गरेको छ । सुर्खेत आँखा अस्पतालमा कार्यरत नेत्र चिकित्सक डा. मन्जु पन्तले नगरप्रमुख खड्काका दुवै आँखा परीक्षण गरेर आँखा जाँचको सुरुवात गरेकी थिइन् । डा. पन्तकानुसार प्रमुख खड्काको दाँया आँखामा मोतिविन्दु भएको र बाँया आँखामा मासु पलाएको बताएकी थिइन् । मोतिविन्दु भन्दा पहिला बाँयामा पलाएको मासुको शल्यक्रिया गर्नु पर्ने बताएकी थिइन् । धुलो, धुवा, खानपान जस्ता ग्रामिण जीवनशैलीका कारण बर्सेनी मोतिविन्दुका बिरामीहरुको संख्या बढ्दै गएको नगर प्रमुख खड्काले भनाइ...
पहिला बहिनिले मृगौला दिईन अहिले आमाले दिने तयारी छ,सहयाेगकाे अपेक्षा गरेकाे छु

पहिला बहिनिले मृगौला दिईन अहिले आमाले दिने तयारी छ,सहयाेगकाे अपेक्षा गरेकाे छु

Breaking News, राष्ट्रिय, समाचार, स्वास्थ
काठमाडौं :शहीद धर्मभक्त राष्टिय प्रत्यारोपण केन्द्र दूधपाटी भक्तपुरमा मिर्गाैलाको डायलासिस गर्दै गरेका जाजरकोट कुशे गाउपालिका ५ का केबि मल्लले आफ्नो ज्यान जोगाउनका लागि आर्थिक सहयोगको आशा राखेका छन् । अस्पतालमा उपचाररत उनले आर्थिक अभाबका कारण आफनो उपचारमा समस्या भएको बताए । उनका अनुसार अहिले उनको दुई वटै मिर्गाैला विग्रेको छ । यही कारण उनी गाउँंबाट आमालाई बोलाएर ७५ वर्षीय बृद्धा आमाको मिर्गाैला प्रत्यारोपण गर्ने तयारीमा छन् । तर आर्थिक अभाबका कारण समस्या परेको उनले सुनाए । बहिनी तुलसी मल्लले जनाए अनुसार दाजु ६ वर्ष अगाडिदेखि नै मिर्गाैलाका विरामी हुन् । ६ वर्ष अघि नै आफनो मिर्गाैला दिएर दाइलाई सहयोग गरेको तुलसीले सुनाइन् । आफू पनि विवाहित भएकाले घर र छोराछोरी गाउँमै अस्तव्यस्त रहे पनि दाजुको कोही नभएकाले सहयोगमा रहेको उनले बताइन् । उनको साथमा अहिले उनकी साइली बहिनी तुलसी मल्ल मात्रै छ...
जाजरकोटमा लडेर घाइते भयकि एक महिलाकाे मृत्युु

जाजरकोटमा लडेर घाइते भयकि एक महिलाकाे मृत्युु

Breaking News, राष्ट्रिय, समाचार
जाजरकोट : जिल्लाको  भेरी नगरपालिका–३ ठाँटिमा एक महिला लडेर घाइते भई उपचारको क्रममा ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार ठाटीस्थित बाग्लुङ होटलको हेरचाहका लागि बसेकी स्थानीय ७० वर्षीया विष्णु परियार आइतबार दिउँसो करिब १२:१० बजे बारीको छेउमा सुतिरहेको अवस्थामा एक्कासी उठ्ने क्रममा करिब ५ मिटर तल सडकमा खसेकी थिइन्। खस्दा टाउकोमा गम्भीर चोट लागेपछि उनलाई तत्कालै उपचारका लागि जिल्ला अस्पताल जाजरकोट लगिएको थियो। तर उपचारकै क्रममा सोही दिन दिउँसो १२:४० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक प्रेम हमालको कमाण्डमा ६ जना प्रहरी टोली खटिएको थियो। ...