६ बैशाख २०८३, आईतवार

Tag: जाजरकोट

जाजरकोट पश्चिम, छेडागाड नगरपालिकामा आँखा उपचार केन्द्र स्थापना

जाजरकोट पश्चिम, छेडागाड नगरपालिकामा आँखा उपचार केन्द्र स्थापना

Breaking News, पुर्वाधार, राष्ट्रिय, शिक्षा, समाचार, स्वास्थ
काठमाडौं :छेडागाड नगरपालिकाले आँखा उपचार केन्द्र स्थापना गरेको छ । नेपाल रेडक्रस सोसाइटी, सुर्खेत आँखा अस्पतालको सहयोगमा नगरपालिकाले छेडागाड–५ वडावनको फुर्किचौरमा सोमबार आँखा उपचार केन्द्र स्थापना गरेको हो । छेडागाड नगरपालिकाका प्रमुख रत्न बहादुर खड्काले रिवन काटेर उद्घाटन गरेको आँखा उपचार केन्द्रले सोमबार देखिनै आँखा जाँच गर्न सुरुवात गरेको छ । सुर्खेत आँखा अस्पतालमा कार्यरत नेत्र चिकित्सक डा. मन्जु पन्तले नगरप्रमुख खड्काका दुवै आँखा परीक्षण गरेर आँखा जाँचको सुरुवात गरेकी थिइन् । डा. पन्तकानुसार प्रमुख खड्काको दाँया आँखामा मोतिविन्दु भएको र बाँया आँखामा मासु पलाएको बताएकी थिइन् । मोतिविन्दु भन्दा पहिला बाँयामा पलाएको मासुको शल्यक्रिया गर्नु पर्ने बताएकी थिइन् । धुलो, धुवा, खानपान जस्ता ग्रामिण जीवनशैलीका कारण बर्सेनी मोतिविन्दुका बिरामीहरुको संख्या बढ्दै गएको नगर प्रमुख खड्काले भनाइ...
पहिला बहिनिले मृगौला दिईन अहिले आमाले दिने तयारी छ,सहयाेगकाे अपेक्षा गरेकाे छु

पहिला बहिनिले मृगौला दिईन अहिले आमाले दिने तयारी छ,सहयाेगकाे अपेक्षा गरेकाे छु

Breaking News, राष्ट्रिय, समाचार, स्वास्थ
काठमाडौं :शहीद धर्मभक्त राष्टिय प्रत्यारोपण केन्द्र दूधपाटी भक्तपुरमा मिर्गाैलाको डायलासिस गर्दै गरेका जाजरकोट कुशे गाउपालिका ५ का केबि मल्लले आफ्नो ज्यान जोगाउनका लागि आर्थिक सहयोगको आशा राखेका छन् । अस्पतालमा उपचाररत उनले आर्थिक अभाबका कारण आफनो उपचारमा समस्या भएको बताए । उनका अनुसार अहिले उनको दुई वटै मिर्गाैला विग्रेको छ । यही कारण उनी गाउँंबाट आमालाई बोलाएर ७५ वर्षीय बृद्धा आमाको मिर्गाैला प्रत्यारोपण गर्ने तयारीमा छन् । तर आर्थिक अभाबका कारण समस्या परेको उनले सुनाए । बहिनी तुलसी मल्लले जनाए अनुसार दाजु ६ वर्ष अगाडिदेखि नै मिर्गाैलाका विरामी हुन् । ६ वर्ष अघि नै आफनो मिर्गाैला दिएर दाइलाई सहयोग गरेको तुलसीले सुनाइन् । आफू पनि विवाहित भएकाले घर र छोराछोरी गाउँमै अस्तव्यस्त रहे पनि दाजुको कोही नभएकाले सहयोगमा रहेको उनले बताइन् । उनको साथमा अहिले उनकी साइली बहिनी तुलसी मल्ल मात्रै छ...
जाजरकोटमा लडेर घाइते भयकि एक महिलाकाे मृत्युु

जाजरकोटमा लडेर घाइते भयकि एक महिलाकाे मृत्युु

Breaking News, राष्ट्रिय, समाचार
जाजरकोट : जिल्लाको  भेरी नगरपालिका–३ ठाँटिमा एक महिला लडेर घाइते भई उपचारको क्रममा ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार ठाटीस्थित बाग्लुङ होटलको हेरचाहका लागि बसेकी स्थानीय ७० वर्षीया विष्णु परियार आइतबार दिउँसो करिब १२:१० बजे बारीको छेउमा सुतिरहेको अवस्थामा एक्कासी उठ्ने क्रममा करिब ५ मिटर तल सडकमा खसेकी थिइन्। खस्दा टाउकोमा गम्भीर चोट लागेपछि उनलाई तत्कालै उपचारका लागि जिल्ला अस्पताल जाजरकोट लगिएको थियो। तर उपचारकै क्रममा सोही दिन दिउँसो १२:४० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक प्रेम हमालको कमाण्डमा ६ जना प्रहरी टोली खटिएको थियो। ...
जनक केसिद्वारा लिखित “हाम्रो जाजरकोट”नामक पुस्तक सार्वजनिक

जनक केसिद्वारा लिखित “हाम्रो जाजरकोट”नामक पुस्तक सार्वजनिक

Breaking News, राष्ट्रिय, विचार, समाचार
जाजरकोट :जाजरकोट जिल्लाको समग्र परिचयलाई समेटेर तयार पारिएको पुस्तक ‘हाम्रो जाजरकोट’ सार्वजनिक गरिएको छ। जाजरकोट सदरमुकाम खलंगामा आयोजित समारोहमा जिल्ला समन्वय समितिका प्रमुख कालिबहादुर खत्रीले पुस्तक विमोचन गर्नु भयकाे हाे। पुस्तकमा जाजरकोट जिल्लाको परिचय सहित विभिन्न जानकारीमूलक सामग्री समावेश गरिएको लेखक केसीले बताउनु भयो । "आफूले सम्वन्धित विषयका इतिहासका जानकारसँगै भेटेर सूचना सङ्कलन गरेर पुस्तक तयार पारेको जानकारी गराउनुभयो ।"‘हाम्रो जाजरकोट’ पुस्तक प्रकाशनमा महत्वपूर्ण सहयोग गर्ने कुशे गाउँपालिकालाई उहाँले धन्यवाद दिनुभयो । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठान प्रकाशन रहेको पुस्तक १ हजार प्रति प्रकाशन गरिएको छ । पुस्तकको समीक्षा भेरी ज्ञानोदय क्याम्पसका पूर्व क्याम्पस प्रमुख चन्द्र बहादुुर बुढाले गर्नुभएको थियो । पुस्तकमा प्रयोग भएका धेरै शव्दहरूमा स्थानीय भाषा शव्दका लय भए पन...
नेकपा जाजरकोटकाे पार्टी सचिवमा विराजन शाही

नेकपा जाजरकोटकाे पार्टी सचिवमा विराजन शाही

राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : नेकपा जाजरकोटकाे जिल्ला पार्टी सचिवमा विराजन शाही । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कर्णाली प्रदेशको सचिवालयको प्रथम बैठकले शाहीलाई जाजरकोट जिल्लाको सचिवमा जिम्मेवारी दिएकाे हाे । बैशाख ५ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न सचिवालयको बैठकले जिम्मेवारी हेरफेर गरेको हो । जिल्लाको जिम्मेवारी पाएसँगै शाहीले भनेका छन- "पार्टीले दिइएको जिम्मेवारीले मलाई थप उर्जा र गौरवको अनुभुती भएको छ । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमले सबैतिर बितृष्ण सिर्जना गरेको छ, त्यसलाई आशामा बदल्न युवाहरुले नेतृत्व गर्दै सबैतिरका संकटहरुलाई समाधान गर्ने प्रयत्न गर्नै पर्नेछ त्यसको कार्यभार हामी युवाहरुको काधमा आइपरेको छ । त्यसमा जिम्मेवार रहने छु साथै पार्टीले निदृष्ट गरेको निति तथा कार्यक्रमलाई आफ्नो कर्तव्य ठानेर पूरा गर्ने प्रतिवद्वता व्यक्त गर्दछु " विराज शाही...
जाजरकोटमा मुक्ति बस्नेत पेट्रोल पम्प संचालन

जाजरकोटमा मुक्ति बस्नेत पेट्रोल पम्प संचालन

Breaking News, यातायात, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं :जाजरकोटमा पहिलो पटक पेट्रोल पम्प सञ्चालनमा आएको छ ।भेरी नगरपालिका–४, बोहोरा गाउँमा मुक्ति बस्नेत सप्लायर्सले मङ्गलबारदेखि पेट्रोल पम्प सञ्चालनमा ल्याएको हो । यसअघि पेट्रोल पम्प नहुँदा उपभोक्ताहरू ड्रम तथा जर्कीनबाट तेल किन्न बाध्य थिए । आज बिहान आयोजित एक विशेष कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कालीबहादुर खत्रीले पम्प उद्घाटन गर्नुभयो । प्रमुख खत्रीका अनुसार अब उपभोक्ताहरूलाई शुद्ध इन्धन सहजै प्राप्त हुने र महँगोपनाबाट समेत राहत मिल्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मेखबहादुर मग्रातीले जिल्लामै पहिलो पटक नेपाल आयल निगम अन्तर्गतको पम्प सञ्चालनमा आएकोमा मुक्ति बस्नेत सप्लायर्सलाई धन्यवाद दिनुभयो । अब सरकारी तथा गैरसरकारी कार्यालयका सवारी साधनलाई तेल आपूर्तिमा सहजता हुने बताउनुभयो । यातायात व्यवसायी भीमबहादुर बुढाले पनि पम्प सञ्च...
६५ बिगाहा जमिनमा लगाईएकाे अवैध अफिम प्रहरी द्वारा नस्ट

६५ बिगाहा जमिनमा लगाईएकाे अवैध अफिम प्रहरी द्वारा नस्ट

Breaking News, कृषि, राष्ट्रिय, समाचार
जाजरकोट : करिब ६५ बिगाहा जमिनमा अवैधानिक रुपमा लगाइएको अफिम प्रहरीद्वारा नस्ट ।जाजरकोटको जिल्लाको नलगाड नगरपालिका-१ पर्ने खौलागाउँ र काँडा गाउ लगानीका ठाउमा अवैध रूपमा लगाइएको अफिम प्रहरीले नष्ट गरेको हाे । इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको २० जनाको प्रहरी टोलीले ६५ रोपनी क्षेत्रफलमा अवैध रूपमा खेती गरिएको अफिम फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी पुरूषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार, जिल्लामा लागूऔषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन अवैध अफिम खेतीमा निगरानी बढाइएको छ । स्थानीय प्रशासन र सुरक्षा निकायले यस्ता गतिविधि रोक्न आवश्यक कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ । यसअघि पनि जाजरकोटका विभिन्न ठाउँमा अवैध लागूऔषध खेतीविरुद्ध अभियान सञ्चालन गरिएको थियो । प्रहरीले अवैध रूपमा अफिम खेती नगर्न स्थानीयहरूलाई सचेत गराउँदै आएका छ ।...
शैक्षिक सामाग्री सहित बुढानिलकण्ठ नगर काठमाडौं टिम जाजरकोटमा

शैक्षिक सामाग्री सहित बुढानिलकण्ठ नगर काठमाडौं टिम जाजरकोटमा

Breaking News, खेल, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
जाजरकोट :बुढानीलकण्ठ नगरपालिका हात्तिगौडा काठमाडौंका प्रमुख मिठाराम अधिकारी, उप–प्रमुख अनिता लामा र नगर शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख ललित विक्रम सिंह जाजरकोट आइपुगेका छन् । अन्तरपालिका शैक्षिक साँझेदारीमा कार्यक्रम संचालन गर्न बुढानीकण्ठ नगरपालिकाका प्रमुख, उप–प्रमुख सहित नगर शिक्षा महाशाखा प्रमुख जाजरकोट पुगेका हुन् ।भेरी नगरपालिकाको सभाहलमा बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर अन्तरपालिका शैक्षिक अनुभव आदान प्रदान गरिएको थियो । “अन्तरपालिका सहकार्य, शैक्षिक सुधारका लागि अपरिहार्य” को मान्यतामा रहेर आयोजना गरिएको शैक्षिक अनुभव आदान प्रदान कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारी र भेरी नगरपालिकाका उप–प्रमुख सिता जैसी, छेडागाड नगरपालिकाका उप–प्रमुख चन्द्र बहादुर थापा, कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंह, बारेकोट गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा...
जाजरकोटमा विदुर स्मृति यू–१९ भलिबल कप सम्पन्न

जाजरकोटमा विदुर स्मृति यू–१९ भलिबल कप सम्पन्न

Breaking News, खेल, मनाेरन्जन, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
जाजरकोट :लागुऔषध दुव्र्यसन नियन्त्रण तथा रोकथामका लागि खेलकुद कार्यक्रम अन्तरगत जाजरकोट जिल्लामा सुरु भएको सहिद विदुर स्मृति यू–१९ भलिबल कप सम्पन्न भएको छ । यही चैत्र २४ गते देखि जिल्लाको त्रिभुवन माध्यामिक विद्यालयको प्राङ्गण थाप्लेमा सुरु भएको भलिबल खेल चार दिन सञ्चालन भएको थियो । जनयुद्धका सहिद कर्ण बहादुर विक (विदुर) को स्मृतिमा सञ्चालन भयकाे उक्त प्रतियोगिता यस वर्ष पनि सञ्चालन गरिएको हो । खेलमा १९ वर्ष मुनिका खेलाडीहरुले मात्र सहभागिता हुन पाउने व्यवस्था गरिएको थियो । उक्त प्रतियोगिताको आयोजना सहिद स्मृति युवा क्लवले गरेको थियो भने, भेरी नगरपालिका प्रतियोगिताको मुख्य प्रायोजक थियो । ज्योति विकास बैंकको सह प्रायोजन र अन्य विभिन्न निकाय र व्यक्तिहरुको सहयोगमा प्रतियोगिता सञ्चालन भएको थियो । भेरी नगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालन भएको कार्यक्रमले खेलाडी उत्पादन गर्नुका साथै लाग...
नेपाल लोकतान्त्रिक खेलकुद संघ जाजरकोटको अध्यक्षमा विमल रोकाय सर्वसम्मत चयन

नेपाल लोकतान्त्रिक खेलकुद संघ जाजरकोटको अध्यक्षमा विमल रोकाय सर्वसम्मत चयन

Breaking News, राजनीति, राष्ट्रिय, विचार
जाजरकोट :नेपाल लोकतान्त्रिक खेलकुद संघ जाजरकोटको अध्यक्षमा विमल रोकाय सर्वसम्मत चयन भएका छन् । काँग्रेस पार्टी कार्यालयमा भएको अधिवेशनबाट अध्यक्ष सहित १९ सदस्सीय कार्यसमिति निर्माण भएको छ ।जस अन्तर्गत उपाध्यक्षमा अमृत मल्ल, महिला उपाध्यक्षमा गीता बुढा, सचिव कृष्ण विक्रम शाह, सह सचिव वीरेन्द्र शाही, कोषाध्यक्ष, मोहनराज गिरी रहेका छन् । यस्तै, अधिवेशनले केन्द्रीय महाधिवेशनका लागि ५ जना प्रतिनिधि छनौट गरेको छ । जसमा यज्ञ बहादुर बटाला, गणेश बहादुर विष्ट, लोकेन्द्र चन्द, इन्द्रा चन्द सिंह र निशानी बुढालाई छनौट गरेको छ । प्रदेश सभा क्षेत्र (ख) मा शीतल जङ्ग शाही को अध्यक्षतामा १९ सदस्सीय नयाँ समिति सर्वसम्मत गठन भएको छ । जसको उपाध्यक्षमा लक्ष्मी खत्री, महिला उपाध्यक्षमा सीता सिंह, सचिवमा योगेश वि.सी सह सचिवमा सगोल वि.सी कोषाध्यक्षमा दुर्गा शाही सदस्य धर्मराज चनारा लगायतका रहेका छन् । अधि...