जाजरकोट : करिब ६५ बिगाहा जमिनमा अवैधानिक रुपमा लगाइएको अफिम प्रहरीद्वारा नस्ट ।जाजरकोटको जिल्लाको नलगाड नगरपालिका-१ पर्ने खौलागाउँ र काँडा गाउ लगानीका ठाउमा अवैध रूपमा लगाइएको अफिम प्रहरीले नष्ट गरेको हाे ।
इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको २० जनाको प्रहरी टोलीले ६५ रोपनी क्षेत्रफलमा अवैध रूपमा खेती गरिएको अफिम फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी पुरूषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयो ।
पाण्डेका अनुसार, जिल्लामा लागूऔषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन अवैध अफिम खेतीमा निगरानी बढाइएको छ । स्थानीय प्रशासन र सुरक्षा निकायले यस्ता गतिविधि रोक्न आवश्यक कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ ।
यसअघि पनि जाजरकोटका विभिन्न ठाउँमा अवैध लागूऔषध खेतीविरुद्ध अभियान सञ्चालन गरिएको थियो । प्रहरीले अवैध रूपमा अफिम खेती नगर्न स्थानीयहरूलाई सचेत गराउँदै आएका छ ।
नगरपालिकाकाे १ नम्बर वडामा मात्र करिव ६५ बिगाहा जमिनमा लगाईयकाे उक्त अफिम एक हप्ता सम्म जिल्ला प्रहरी कार्यलय जाजरकोट , कुदु प्रहरी चाैकि र दल्लीकाे प्रहरी चाैकिकाे करिव ३ दर्जन टिम खटेर अफिम नस्ट गरियकाे डिएसपी पाण्डेले जानकारी दिनु भयाे ।