जाजरकोट :अविरल बर्षासंगै पहिरोमा पुरिएर छेडागाड नगरपालिका–१ खारा र ४ जेवातरामा ४ वटा घर, ५ वटा अस्थायी आबास र २ वटा मोटर साइकल पूर्णरुपमा क्षेतिग्रष्त भएका छन् । शुक्रबार मध्यराति अबिरल बर्षासंगै माथिबाट आएको पहिरोमा पुरिएर ४ वटा घर, ५ वटा अस्थायी आबास र २ वटा मोटर साइकाल पूर्णरुपमा क्षेतिग्रष्त भएका हुन् ।१४ वटा घर र एक वटा अस्थायी आबास उक्त पहिरोको उच्च जोखिममा रहेका छन् ।छेडागाड नगरपालिका–१ ढाँडापाखाबाट आएको पहिरोले खारा बजारमा रहेको सव–डिभिजन वन कार्यालय भवन पूर्णरुपमा क्षेतिग्रष्त भएको छेडागाड नगरपालिकाका उप–प्रमुख चन्द्र बहादुर थापा “अपिल” ले जानकारी दिएका छन् । उप–प्रमुख थापाले दिएको जानकारी अनुसार छेडागाड–१ निबासी करे बस्नेतको घर पूर्णरुपमा क्षेतिग्रष्त भएको छ । त्यसैगरी जनता आबास कार्यक्रमबाट बनेका कर्ण बहादुर बादी र दीपा बादीका एक–एक वटा घर पूर्णरुपमा क्षेतिग्रष्त भएका छन् । छेडागाड नगरपालिका–१ निबासी राम बहादुर बस्नेत, दिपक बस्नेत, भरत बस्नेतका अस्थायी आबास पूर्णरुपमा क्षेतिग्रष्त भएका छन् उप–प्रमुख थापाले भने, ‘छेडागाड–४ जेवातरामा बीर बहादुर बुढा र अमर बहादुर बुढाका अस्थायी आबास पूर्णरुपमा क्षेतिग्रष्त भएका छन् ।’
खारा–ढुङ्गिल खण्डको सडक स्तरउन्नती कामको जिम्मा लिएको आशिष निर्माण सेवाका कर्मचारीहरुले प्रयोग गर्दै आएका २ वटा मोटर साइकल पहिरोमा पुरिएर पूर्णरुपमा क्षेतिग्रष्त भएको उप–प्रमुख थापाले जानकारी दिए । शोस्तिक रोजिन एण्ड टर्पेन्टाइन प्रालीको खारा स्थित भान्सा घर र गोदाम पहिरोले पुरिएको उप–प्रमुख थापाले बताए ।
गत बर्षको भुकम्पको पराकम्पनले चिरा–चिरा भएका मोतिलाल बस्नेत, नविन बस्नेत, दिपक बस्नेत, धन बहादुर बस्नेत, चन्द्र बस्न्ेत, ऐवान बस्नेत, लोक बहादुर बस्नेत, टेक बहादुर बस्नेत, मेघराज बस्नेत, बाली कामी, पृर्थी बहादुर बस्नेत, मान बहादुर बस्नेत, नर बहादुर थापाको डिलर गोदाम र जयवान बस्नेतको घर र अस्थायी आबास पहिरोको उच्च जोखिममा रहेको उप–प्रमुख थापाले डिजिटल संचारलाइ जानकारी दिए ।
मनसुन सुरु हुनु पहिलेको पहिरोले यति ठुलो संख्यमा भौतिक संरचनाको क्षेति गर्नु दुखद भएको नगर उप–प्रमुख थापाले बताए । यस घटनाले विपद जोखिम न्युनिकरण तथा व्यवस्थापनको पुर्व तयारीमा लाग्न जिल्ला विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन समितिलाइ सचेत गराएको उप–प्रमुख थापाको भनाइ रहेको छ ।