६ बैशाख २०८३, आईतवार

Tag: जाजरकोट

विदुर स्मृति अन्डर‒१९ भलिवल कप सुरु

विदुर स्मृति अन्डर‒१९ भलिवल कप सुरु

Breaking News, खेल, मनाेरन्जन, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
जाजरकोट :जाजरकोट खलंगामा दोस्रो सहीद विदुर स्मृति अन्डर‒१९ भलिवल कप सुरु भएको छ । आइतबार भेरी नगरपालिका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले औपचारिक रुपमा कपको उद्दघाटन गरेका हुन् । ‘लागुऔषध दुव्र्यसन नियन्त्रण तथा रोकथामका लागि खेलकुद कार्यक्रम’ भन्ने मुल नाराका साथ सहीद स्मृति यूवा क्लवको आयोजनामा त्रिभुवन माद्यामिक विद्यालय खलंगाको फिल्डमा सुरु भएको क्लवका अध्यक्ष प्रेम बहादुर विकले जानकारी दिए ।उनका अनुसार कपमा १० टीमको सहभागिता रहेको छ । उद्घाटन कार्यक्रममा बोल्दै भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्तीले खेलकुदको माध्यमबाट यूवा पुस्तालाई लागुऔषध दुव्र्यसनी बाट मुक्त गर्न यस्ता कार्यक्रमले सहयोग गर्ने बताए । ‘यो कार्यक्रम एकदम ठीक छ, उनले भने, ‘यसले यूवालाई अनुशासनका साथै लागुऔषध दुव्र्यसनी बाट बच्न समेत सहयोग गर्छ ।’ अहिलेका यूवापुस्ताले लागुपदार्थ सेवन नगरी सिर्जनात्मक काम त...
जाजरकोट भुकम्प : भाग्ने क्रममा ३ जना घाइते

जाजरकोट भुकम्प : भाग्ने क्रममा ३ जना घाइते

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट :गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट तीन जना घाइते भएका छन्। जाजरकोटको कुशे गाउँपालिका–९, पैक केन्द्रबिन्दु भएर राति ८ बजेर १० मिनेटमा गएको भूकम्पको त्रासले घरबाट भाग्ने क्रममा उनीहरू घाइते भएका हुन्।घाइते हुनेमा भेरी नगरपालिका–२, रिसाङका ओपेन्द्र कार्कीकी ४९ वर्षीया श्रीमती कमला कार्की, भेरी नगरपालिका–४ का ३४ वर्षीय सुरेश श्रेष्ठ र नलगाड नगरपालिका–१२ का २२ वर्षीय बीरेन्द्र भण्डारी रहेका छन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार घाइतेहरूलाई जिल्ला अस्पताल जाजरकोटमा उपचार गरेर डिस्चार्ज गरिएको छ। त्यस्तै, भेरी नगरपालिका–१० की कमला गोसाईको एकतले पक्की घरको कोठाको पर्खाल भत्किएको छ। शुक्रबार राति ८ बजेपछि जाजरकोटमा तीन मिनेटको अन्तरालमा दुईवटा भूकम्प गएको थियो। राति ८:०७ बजे ५.२ म्याग्निच्युडको भूकम्प गएको तीन मिनेटमै अ...
जलवायु परिवर्तन अनुकुलन सम्बन्धि ८ वटा पालिकाकाे संयुक्त तालिम संचालन

जलवायु परिवर्तन अनुकुलन सम्बन्धि ८ वटा पालिकाकाे संयुक्त तालिम संचालन

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार, स्वास्थ
जाजरकोट :नलगाड नगरपालिकाको दल्ली जाजरकोटमा जलवायु परिवर्तन अनुकुलन सम्बन्धी आठ वटा पालिकाकाे संयुक्त ६ दिने तालिमको संचालन भयकाे छ।शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरेर उक्त तालिमको शुभारम्भ गरिएको हो ।नलगाड र भेरी नगरपालिका जाजरकोट  सहित रुकुमपश्चिम, डोल्पा जिल्ला ८ वटा स्थानीय तहहरुको आयोजनामा उक्त तालिमको सुरुवात गरिएको हो । सबैको लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना  ले उक्त तालिमको सहजीकरण गरेको छ ।जलवायु परिवर्तन अनुकुलन, विपद जोखिम न्युनिकरण, बायो–ईन्जिनियरिङ र मुलाधार÷जलाधार व्यवस्थापनका बिषयमा ६ दिनसम्म तालिम संचालन गरिने सबैको लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना नलगाड संयोजक चन्द्र बहादुर पुनले जानकारी दिएका छन् । तालिममा नगर तथा गाउँपालिकामा कार्यरत प्राविधिक, सबैको लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना मा कार्यरत कर्मचारीहरु सहभागी रहेका छन् ...
शुक्रबार साँझ गएको भुकम्पले चर्कियका घर भत्किए, मानवीय क्षति भने भएन

शुक्रबार साँझ गएको भुकम्पले चर्कियका घर भत्किए, मानवीय क्षति भने भएन

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकाेट :जाजरकोटमा शुक्रबार साँझ गएको भूकम्पले पहिले नै चर्किएका घरहरू भत्किएका छन् । तर कुनै पनि मानवीय क्षति भने नभएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिए । उनका अनुसार जिल्लाको कुशे, जुनिचाँदे गाउँपालिका र नलगाड नगरपालिकामा केही घरहरू भत्किएका छन् । ‘अहिलेसम्म कुनै पनि मानवीय क्षति भएको विवरण आएको छैन,’ उनले भने, ‘तीन वटा पालिकामा गत वर्षको भूकम्पले चर्किएका घरहरू नै भत्किएको पाइएको छ । केही अन्य घरहरू पनि चर्किएका छन् ।’ प्रहरीको टोलीले अन्य क्षतिको विवरण सङ्कलन गरिरहेको प्रमुख जिल्ला अधिकारी मंग्रातीले बताए । शुक्रबार राति ८ बजेर ७ मिनेट जाँदा ५.२ म्याग्निच्युड र ८ बजेर १० मिनेटमा ५.५ म्यानिच्यूडको भूकम्प गएको थियो । जाजरकोटको कुसे गाउँपालिका–९ पैक केन्द्रबिन्दु भएर छुट्टाछुट्टै धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । ‘गा...
जाजरकोट केन्द्र विन्दु भयर फेरि गयाे५.५म्याग्निच्युडको भूकम्प

जाजरकोट केन्द्र विन्दु भयर फेरि गयाे५.५म्याग्निच्युडको भूकम्प

Breaking News, माैसम, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट :राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति ८ बजेर सात मिनेट जाँदा ५.५म्याग्निच्युडको भूकम्प गएको हो । जाजरकोट केन्द्र बिन्दु भएर शुक्रबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति ८ बजेर सात मिनेट जाँदा ५.५ म्याग्निच्युडको भूकम्प गएको हो । गत साल कार्तिक १७ गते राति जाजरकोटकाे बारेकाेट गाउपालिका अन्तर्गत रामिडाँँडा केन्द्र विन्दु भयर गयकाे भुकम्पले ठुलाे धन जनकाे क्षति पुर्‍याएकाे थियाे। भूकम्पबाट क्षति भए नभएको बारे थप जानकारी आउन बाँकी रहेको केन्द्रले जनाएको छ ।...
भेरी नगरपालिका जाजरकोटद्वारा लागुऔषध दुव्र्यसनी रोकथाम तथा नियन्त्रण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

भेरी नगरपालिका जाजरकोटद्वारा लागुऔषध दुव्र्यसनी रोकथाम तथा नियन्त्रण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार, स्वास्थ
जाजरकोट :भेरी नगरपालिका जाजरकोटले लागुऔषध दुव्र्यसनी रोकथाम तथा नियन्त्रण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ । भेरी नगरपालिका ३ खलंगामा रहेको रिद्धि होटेलमा पालिकाले अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा नगरपालिकाका कर्मचारी,शिक्षक,पत्रकार,यूवा र बालबालिका लगायत प्रहरीको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख काली बहादुर खत्री रहनुभएको थियो । त्यस्तै कार्यक्रममा अन्तराष्ट्रिय नार्काेनन् अमेरिका दक्षिण पूर्वी एसियाका प्रमुख बसन्त राज कुवँरले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण कार्यक्रममा कुवँरले लागुऔषधको नकारात्मक प्रभावका बारेमा प्रशिक्षणनात्मक जानकारी गराएका थिए । "यसको प्रयोगले समाजलाई पार्ने नकारात्मक प्रभावका बारेमा जानकारी गराएका थिए । त्यस्तै नगरपालिकाले लागुऔषध रोकथाम तथा नियन्त्रणका लागि कस...
जाजरकोट खलंगामा ५० हजार प्रथम पुरस्कार रासी रहेकाे अन्डर-१९ भलिबल प्रतियोगिता हुदैछ

जाजरकोट खलंगामा ५० हजार प्रथम पुरस्कार रासी रहेकाे अन्डर-१९ भलिबल प्रतियोगिता हुदैछ

Breaking News, खेल, राष्ट्रिय, समाचार
जाजरकोट :खलंगामा अन्डर-१९ भलिवल प्रतियोगिता सञ्चालन हुने भएको छ । सहिद स्मृति यूवा क्लव भेरि १ जाजरकोटकाे आयोजनामा सहिद "विदुर स्मृति दोस्रो अन्डर—१९ भलिवल कप" सञ्चालन हुने भएको हो । चैत्र २४ देखि २७ गते सम्म सञ्चालन हुने कपमा प्रथम पुरस्कार ५० हजार, दोस्रो पुरस्कार ३५ हजार र तेस्रो पुरस्कार २५ हजार रहेको आयोजक सहिद स्मृति यूवा क्लवका अध्यक्ष प्रेम बहादुर विकले जानकारी दिए । ‘लागुऔषध दुव्र्यसन नियन्त्रण तथा रोकथामका लागि खेलकुद कार्यक्रम’ भन्ने मुल नाराका साथ सञ्चालन हुने कपमा जिल्ला भित्रका १९ बर्षमुनिका खेलाडी सहभागी हुन पाउनेछन् । दर्ताशुल्क ४ हजार रहेको छ । यस्तै, खेलमा सर्वाेकृष्ट खेलाडी, वेष्ट स्पाईकर, वेष्ट सेटर, वेष्ट ब्लकर, वेष्ट डिफेन्डर, इर्मिजिङ प्लेयर, वेष्ट प्रशिक्षक समेत छनौट गरिने अध्यक्ष विकले बताए । क्रमश, ३ हजार, २ हजार, २ हजार, २ हजार, २ हजार,२ हजार र १५ सय पुरस्कार...
उत्कृष्ट पत्रकारिता पुरस्कार जाजरकोटका दिप घर्तीलाई

उत्कृष्ट पत्रकारिता पुरस्कार जाजरकोटका दिप घर्तीलाई

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार, सुचना संचार
जाजरकोट :पत्रकार दीपबहादुर घर्तीलाई उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको पाँचौं महाधिवेशनको अवसरमा पत्रकार घर्तीलाई कर्णाली प्रदेश बाट उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । शनिवार नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घर्तीलाई सम्मानपत्र सहित पुरस्कार प्रदान गरेका थिए । घर्ती लामो समयदेखि पत्रकारितामा क्रियाशिल रहेका छन् । जाजरकोटमा बसेर पत्रकारिता गरिरहेका उनी डिजिटल सञ्चार अनलाइनका सञ्चालक हुन् । यस्तै, प्रेस सेन्टरले पाँचौँ महाधिवेशनको अवसरमा आज १४ जना पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो । प्रेस सेन्टरले स्थापना गरेको शहीद कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार यो वर्ष पत्रकार कोमल बरालले पाएका छन् । यसैगरी, शक्ति तारा स्मृति पत्रकारिता पुरस...
नेकपा (एस) जाजरकोटले छैटौं जिल्ला अबिधेशनका लागी रेडपाण्डा अंकित लोगो सार्वजनिक गरेकाे छ

नेकपा (एस) जाजरकोटले छैटौं जिल्ला अबिधेशनका लागी रेडपाण्डा अंकित लोगो सार्वजनिक गरेकाे छ

Breaking News, राजनीति, राष्ट्रिय, विचार, संस्कृति, समाचार
जाजरकोट :नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) जाजरकोटले छैटौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरेको छ । जिल्ला सदरमुकाम खलंगामा बुधबार पत्रकार सम्मेलन गरेर नेकपा (एस), जाजरकोटले छैटौं जिल्ला अबिधेशनको लोगो सार्वजनिक गरेको हो । यही चैत्र २५—२६ गते छैटौं जिल्ला अधिवेशनको आयोजना गरिएको नेकपा (एस) का केन्द्रीय सदस्य तथा जाजरकोट ईन्चार्ज कृष्ण विसीले जानकारी दिए । छैटौ जिल्ला अबिधेशनको मुल नारा ‘सुशासन र रोजगारी, समाजवादको तयारी ।’ रहेको बिसीले बताए । छैटौं जिल्ला अधिवेशनको लोगोमा विश्वमै दुर्लभ मानिएको रेडपाण्डा, खलंगा बजार, नेपालको झण्डा, पार्टीको चुनाव चिन्ह, कम्युनिष्ट पार्टीको झण्डा समावेश गरिएको छ ।महासचिव घनश्याम भुसालको प्रमुख आथित्यतामा छैटौं जिल्ला अबिधेशनको उद्घाटन गरिने जिल्ला इन्चार्ज विसीले जानकारी दिए । अहिले मुलक संकटमा रहेको विसीले बताए । उनले भने, ‘अहिले मुलक निकै स...
ट्याक्टरले ठक्कर दिए पछि जाजरकोटकाे पाँचकटियामा एक युवकको मृत्युु

ट्याक्टरले ठक्कर दिए पछि जाजरकोटकाे पाँचकटियामा एक युवकको मृत्युु

Breaking News, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट : ट्याक्टरको ठक्करबाट जाजरकोटमा एक युवाको मृत्यु भएको छ । कुशे गाउँपालिका–५ दम्दालाबाट पाँचकाटिया तर्फ आउदै गरेको एसके निर्माण सेवाको रा. १ त. ४४७१ नम्बरको ट्याक्टरले ठक्कर दिदा युवाको मृत्यु भएको हो । सरिया लोड गरेर पाँचकाटिया आउदै गरेको ट्याक्टरले ठक्कर दिएपछि भेरी नगरपालिका–२ तिमिले निबासी अन्दाजी १५/१६ बर्षिय सन्तोष सिंहको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय, जाजरकोटले दिएको जानकारी अनुसार मृतक सन्तोष तिमिले निबासी लक्ष्मण सिंहका छोरा हुन् । शुक्रबार बेलुका ६ बजेतिर उक्त घटना घटेको जिप्रका जाजरकोटले बताएको छ । घटना घट्ने वित्तिकै पाँचकाटिया प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरिक्षक यम बहादुर गुरुङको नेतृत्वमा ५ जना प्रहरी टोली घटना स्थलमा पुगेको जिप्रका जाजरकोटले जानकारी दिएको छ । पाँचकाटियाबाट १ घण्टा पश...