२३ जेष्ठ २०८२, शुक्रबार

जाजरकोटमा भिरबाट लडेर १८ बर्षिया किशोरी काे ज्यान गयाे

जाजरकोट :जिल्लाको कुशे गाउँपालिकामा भिर बाट लडेर एक किशोरीको ज्यान गएको छ ।

कुशे गाउँपालिका ‒१ बस्ने रामबहादुर रावत र तुल्सी चलाउनेकी १८ बर्षिया छोरी मनिषा रावतको भिरबाट लडेर ज्यान गएको हाे ।

तमाे ध्यान माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत १८ वर्षीया मनिषा मंगलबार बाख्रा चराउन गएका बेला अचानक चिप्लिएर भिरबाट लडेकी थिइन् । उनको घटनास्थलमै ज्यान गएको बताइएको छ ।