९ मंसिर २०८२, मंगलवार

Tag: कुशे गाउँ पालिका जाजरकोट

कुशे गाउँपालिका जाजरकोटका अध्यक्ष बस्नेत माथि आक्रमण,बचाउन गएका दुईजना गम्भीर घाइते

कुशे गाउँपालिका जाजरकोटका अध्यक्ष बस्नेत माथि आक्रमण,बचाउन गएका दुईजना गम्भीर घाइते

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, स्वास्थ
जाजरकोट :कुशे गाउँपालिका जाजरकोटका अध्यक्ष हरिचन्द्र बस्नेतलाई साङ्घातिक हमला गरिएको छ। आईतवार बेलुका गाउपालिकाबाट सुर्खेत जाँदै गरेका अध्यक्ष बस्नेत माथि छेडागाड नगरपालिका-५ चंखेली भन्ने स्थानमा आक्रमण भएको हो बताइएको छ। अध्यक्षलाई बचाउन गएका दुई युवा नवराज शाही र दिपेन्द्र सिंह गम्भीर घाइते  भएका छन्। उनीहरूलाई उपचारका लागि नेपालगन्ज तर्फ लगिएको छ। अध्यक्षलाई भने चोटपटक लागेको छैन। आक्रमण गर्नेको पहिचान भइसकेको भए पनि पक्राउ नपरेकाले प्रहरीले नाम खुलाउन चाहेन। आक्रमणकारीले चक्कुले प्रहार गरेको र उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी बसन्तकुमार शर्माले बताए। अध्यक्ष बस्नेत आफैंले घाइतेलाई उपचारका लागि लिएर गएका छन्।  ...
भारतकाे उत्तराखण्ड धराली पहिराेमा बेपत्ता भयका परिवारलाई मलेसियाबाट रु ४४,१५४ नगत सहयाेग

भारतकाे उत्तराखण्ड धराली पहिराेमा बेपत्ता भयका परिवारलाई मलेसियाबाट रु ४४,१५४ नगत सहयाेग

Breaking News, अन्तर्राष्ट्रिय, अर्थवाणिज्य, माैसम, संस्कृति, स्वास्थ
जाजरकोट :भारतकाे उत्तराखण्ड धराली पहिराेमा बेपत्ता भयका परिवारलाई मलेसियाबाट रु ४४,१५४ नगत सहयाेग प्राप्त भयकाे छ । गत साउन २० गते मंगलबार अपरान्ह भारतकाे उत्तराखण्डकाे धरालिमा आयकाे पहिराेमा बेपत्ता भयका कुशे गाउपालिका - २ टालेगाउँका कर्ण बहादुर सिंह, मान बहादुर सिंह, निम बहादुर सिंह,राम बहादुर सि जनाका परिवारलाई मलेसिया स्थित "सेन्टर मेडिकियर कम्पनि"मा कार्यरत कामदारहरुकाे पहलमा सहयाेग स्वरुप रु .४४,१५४ नगत प्राप्त भयकाे हाे। नेपाल स्थित ईन्टरनेशनल मेन पावर कम्पनिकाे पहलमा  २०८० सालमा बैदेशिक राेजगारकाे शिलशिलामा मलेसिया पुगेका कामदारहरुले उक्त रकम सहयाेग स्वरुप प्रदान गरियकाे कम्पनिमा कार्यरत कुशे गाउपालिका - २ टालेगाऊका जिवन शाहीले बताय । सहयाेग गर्नेहरुमा क्रमश ; १ जीबन शाही कुशे गाउपालिका- २ तिमिल्धारा रु १६२५ २ महेन्द्र सिह कुशे- २ झारगाऊ रू १६५५ ३ सुर्य बिक्रम सिह कुशे २ड...
कुशे गाउपालिका जाजरकोटकाे ०८२/८३काे नीति तथा कार्यक्रममा संचार क्षेत्रमा प्राथमिकता

कुशे गाउपालिका जाजरकोटकाे ०८२/८३काे नीति तथा कार्यक्रममा संचार क्षेत्रमा प्राथमिकता

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
जाजरकोट :कुशे गाउँपालिका जाजरकोटले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममार्फत सञ्चार क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ।स्थानीय एफएम रेडियो, पत्रपत्रिका तथा अनलाइन माध्यमसँग सहकार्य गर्दै नागरिक हितका कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने उल्लेख पालिकाको नीति कार्यक्रममा गरिएको छ। गाउँपालिकाले सञ्चार नीति २०८२ तयार पारी स्थानीय सरकार र सञ्चार क्षेत्रबीचको सहकार्यलाई अझ सशक्त र परिणाममुखी बनाउने योजना सार्वजनिक गरेको हो। कार्यक्रम अन्तर्गत सूचना सम्प्रेषण, जनचेतना अभिवृद्धि तथा समावेशी सूचनाको पहुँच विस्तार गर्न सञ्चार माध्यमहरूसँग साझेदारी गरिने जनाइएको छ। यस्तै, पालिकाले सूचना प्रवाहमा संलग्न माध्यमहरूलाई लोककल्याणकारी विज्ञापन वितरणका लागि स्पष्ट मापदण्ड बनाउने र विज्ञापन प्रणालीलाई व्यवस्थित र बाध्यकारी बनाउने नीति लिएको छ। यसले सञ्चारमाध्यमको दिगो सञ...
जाजरकोटमा भिरबाट लडेर १८ बर्षिया किशोरी काे ज्यान गयाे

जाजरकोटमा भिरबाट लडेर १८ बर्षिया किशोरी काे ज्यान गयाे

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट :जिल्लाको कुशे गाउँपालिकामा भिर बाट लडेर एक किशोरीको ज्यान गएको छ । कुशे गाउँपालिका ‒१ बस्ने रामबहादुर रावत र तुल्सी चलाउनेकी १८ बर्षिया छोरी मनिषा रावतको भिरबाट लडेर ज्यान गएको हाे । तमाे ध्यान माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत १८ वर्षीया मनिषा मंगलबार बाख्रा चराउन गएका बेला अचानक चिप्लिएर भिरबाट लडेकी थिइन् । उनको घटनास्थलमै ज्यान गएको बताइएको छ ।...
माओवादी केन्द्र कुशे गाउँपालिकाकाे अध्यक्षमा हरिचन्द्र जैशी

माओवादी केन्द्र कुशे गाउँपालिकाकाे अध्यक्षमा हरिचन्द्र जैशी

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
जाजरकोट : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)कुशे गाउँपालिका जाजरकोटकाे अध्यक्षमा हरिचन्द्र जैशी सर्बसम्मत चयन भएका छन् । बिहीबार देखि शुक्रबार सम्म कुशे गाउँपालिकाकाे वडा नम्बर २ टालेगाउँमा भएको पालिका अधिवेशनले हरिचन्द्र जैशीलाई चयन गरेको हो । अधिवेशनले जैशीको अध्यक्षतामा ३५ सदस्यीय गाउँ कमिटी गठन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा विकास रोकाया,उपाध्यक्षमा प्रेमजंग शाही र गोरख बहादुर नेपाली रहेका छन । त्यस्तै सचिवमा चण्डिका आर.सी, सह सचिवमा धन बहादुर सिंह, कोषाध्यक्षमा गोरख बहादुर सिंह रहेको नेकपा माओवादी केन्द्रका कुशे इन्चार्ज जनकराज गौतमले जनाएका छन् । गौतमका अनुसार दुई दिनसम्मा चलेको अधिबेशनले सर्वसहमत पालिका नेतृत्व चयन गरेको हो । पालिका अधिवेशनका लागि अतिथिका रुपमा टेक बहादुर रावल, गणेश प्रसाद सिंह, ढकविर राना, ईमाश्वर देवकाेटा, पार्वती थापा लगायत पार्टीका केन्द्रीय,प्रद...
टालेगाउँकाे प्रभु शिवालय,मान्ने ढुङ्गा,मन्दिर बारे : अशाेक बहादुर सिंह

टालेगाउँकाे प्रभु शिवालय,मान्ने ढुङ्गा,मन्दिर बारे : अशाेक बहादुर सिंह

पर्यटन, मनाेरन्जन, विचार, संस्कृति
जाजरकोट :करिब तीन शताब्दी अगाडि पुर्खा प्रदिप सिहं साइला र काईला कालु सिहं दुई भाइकाे युगवाट जाजरकोट जिल्लाको कुशे गाउपालिका -२काे प्रभु शिवालय मान्नुे ढुङ्गा देवता मन्दिरकाे उत्पति भएको थियोे ।त्यतिबेला एक अर्का पुर्खा अदली करू सिहं पनि समावेश थिए । उनी संग भएको विध्या मन्तर हनुमान उत्पति गर्ने र जाेगाउने उनी नै हुन । काईला बाजेका छाेरा एक शक्तिशाली ब्यक्ति, हनुमानकाे जन्म भएको थियोे । त्यस पछि कालु सिहंकाे छाेरा एउटा अनाैठा व्यत्तिकाे जन्म पछि तीन महिना पछि कसैकाे दुध नखाएर मृत्युु भयो । त्यस पछि अरू भाईहरू पनि हैजा महामारीमा परि मृत्युु भयो त्यसलाई हेराउदा काेराउदा मृत्युु भई गाडेकाे खडार उधिन्दा खेरी त्यहाँ खडारमा काँसाकाे खपण्ड भेटियो । त्यहाँ वाट हाम्रा सन्तान राम जुगाैँ राम भन्दै आउँदा याे देवता प्रख्यात भएको हाे । त्यस पछि खड्का देवता उहाँकै युग वाट उत्पति हनुमान जाेदा खड्का देवता...
भुकम्पकाे असरले जमिन भाँसियाे, बस्तिहरु जाेखिममा

भुकम्पकाे असरले जमिन भाँसियाे, बस्तिहरु जाेखिममा

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट : कर्णाली प्रदेश, जाजरकोट जिल्ला अन्तर्गत कुशे गाउपालिका वडा -२ भेराकाे जमिन,भासिए पछि त्यस क्षेत्रमा पर्ने  बस्तीहरु जाेखिममा रहेका छन ।२०८०/ कार्तिक १७ गते गएकाे भुकम्पकाे असरले जमिनमा हलचल आएपछि यश बर्षकाे लगातार आयकाे बर्षाका कारण उक्त ठाउँको जमिन चिरा-चिरा परेकाे छ । करिब २०० मिटर लम्बाइ र ६०० मिटर चाैडाई क्षेत्रफलको जमीन भासिएकाे र उक्त ठाउँका रुखहरु ढलेका छन्, किसानले लगायका बालिपनि मासिएकाेले करिव ५५ घरदुरी अति जाेखिममा रहेकाे वडा अध्यक्ष मान बहादुर सिंहले बताउनु भयाे। वडा अध्यक्ष सिंहका अनुसार,साे ठाउँका बस्तिहरु - चाेचेओडार, ,डाँडागाउँ,बाह्रसाङले,तिमिल्धारा,खरिक,बिगेतरा,झारगाउँ, बडिखाेला र गासेरा सम्माका बस्तिहरुमा पनि असर पर्ने भयकाले साे क्षेत्रमा पनि सबै जनालाई सचेत हुन जानकारी दिएकाे अध्यक्ष सिंहले बताउनु भयाे ।बर्षा सुरु हुनसाथ घर बाहिर आउनु पर्ने र माथितिर हेर्नु...
जाजरकोटमा बाढीले बगाउँदा एक जना शिक्षकको मृत्यु , छ जना सकुशल उद्दार

जाजरकोटमा बाढीले बगाउँदा एक जना शिक्षकको मृत्यु , छ जना सकुशल उद्दार

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट : खाेलाले बगाएपछि एक जना शिक्षकको मृत्यु छ   जनाकाे सकुशल उद्दार । अविरल वर्षाका कारण कुशे गा.पा. १ तारेचौर नजिकै खोलाले बगाउँदा साेहि गाउँपालिका वडा न ९ निवासी , श्री मालटाकुरा मा.वि.कुशे ४ मा कार्यरत शिक्षक ईन्द्र राेकायकाे मृत्यु भयकाे छ भने  ६ जनाको सकुशल उद्धार भयकाे छ । सनिवारकाे दिउसो  खाेलामा माछा मार्न गयकाे बेला साेहि ठाउँमा बास बसिरहेको अवस्थामा राति ८ बजे  एक्कासि खाेला बढेर आयपछि उनिहरुलाई बगायकाे थियाे । राजेन्द्र बहादुर शाही कुशे ४ तम्ती,खिम बहादुर शाही ,कुशे ४ तम्ती,पृथ्वी  बहादुर शाही कुशे ४ तम्ती,जीवन जैसी कुशे ४ अर्छानि,गोविन्द रावत ,कुशे १ तारेचौर र दिपक चलाउने कुशे १ तारेचौर, सकुशल उद्वार, गरियकाे थियाे । जाजरकोट आसपासका ठाउमा सनिवार निकै ठुलाे पानी परेपछि खाेला र नदिहरुकाे बहाव बढेकाे छ ।...
सहिद मण्डलकाे स्मृतिमा श्रद्धाञ्जली  सभा सम्पन्न

सहिद मण्डलकाे स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न

Breaking News, शिक्षा, संस्कृति
जाजरकोट : जनयुद्धका सहिद ललित बहादुर सिंह ( मण्डल)काे स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न भयकाे छ ।तत्कालीन जनयुद्धको क्रममा आजकै दिन २०६२/ साल फाल्गुन १६ गते पाल्पा जिल्लाको तीन गिरे भन्ने ठाउँमा जनमुक्ति सेना र तत्कालीन शाहि नेपाली सेना बिच दाेहाेराे भिडन्त भयकाे थियाे । साेहि भिडन्तमा कम्पनी कमाण्डर ललित बहादुर सिंह ( मण्डल ) काे सहादत भयकाे थियाे । प्रत्येक बर्ष फाल्गुन १६ गते सहिद मण्डलकाे स्मृतिमा श्रद्धाञ्जली सभा हुँदै आयकाेमा आज पनि विभिन्न कार्यक्रम गरि सहिद मण्डलको १८ ओै स्मृति दिवस सम्पन्न भयकाे हाे। ...
कुशे ८ मस्टा प्रा.वि मा भयकाे आर्थिक अनियमितता बारे आरसिपि जाजरकोटकाे ध्यानाकर्षण पत्र

कुशे ८ मस्टा प्रा.वि मा भयकाे आर्थिक अनियमितता बारे आरसिपि जाजरकोटकाे ध्यानाकर्षण पत्र

Breaking News, अर्थवाणिज्य, शिक्षा, समाचार
जाजरकोट :जाजरकोट जिल्लाको कुशे गाउपालिका - ८ कफल्लाकाे मस्टा प्राथमिक विद्यालयमा भयकाे आर्थिक अनियमितता बारे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जाजरकोटले गम्भीर ध्यानाकर्षण भयकाे जनायकाे छ । बिहिवार जिल्ला ईन्चार्ज प्रेम बहादुर चलाउने "अनन्त" र संयाेजक ठगेन्द्र बहादुर सिंह हिमालद्वारा हस्ताक्षरित एक विज्ञप्तिमा मार्फत बिद्यालयकाे प्रअ द्वारा भयकाे आर्थिक अनियमितता बारे पार्टीको ध्यानाकर्षण भयकाे जनायकाे छ । बिद्यालयका शिक्षक,बुद्धिजीवी र अबिभावककाे राेहबरमा २०८० असाेज ५ गते बसेकाे बैंठकले साेहि बिद्यालय का प्रअले रु ५,७८,१८८ रुपैया अनियमितता गरेकाे प्रमाणित गरेकाे थियाे । उक्त बिषयलाई स्थानीय सरकार र शिक्षा इकाईले समेत संरक्षण गरेकाे विज्ञप्तिमा उल्लेख गरियकाे छ । विज्ञप्तिमा भनियकाे छ "आर्थिक सामाजिक शैक्षिक क्षेत्रमा गरिएको अनियमितता र भ्रष्टाचार प्रति पार्टीको गम्भीर ध्यानाकर्षण...