जाजरकोट : जिल्लाको कुशे गाउँपालिका वडा न- ९ घर्तिगाउमा सुत्केरी युवतिको मृत्यु भयकाे छ ।
मंगलबार गाेठमा सुतिरहेकाे अवस्थामा राति चिसोको कारण ज्यान गयकाे बुझियकाे छ ।
जाजरकोट : क्रान्तिकारी युवा संगठन नेपाल जाजरकोटले भुकम्प पिडित बालबालिकाहरूलाई न्यानाे कपडा बितरण गरेकाे छ ।
जिल्लाको कुशे गाउपालिकाकाे वडा न - २ मान्ने ढुङ्गा मा.बि.टालेगाउँका बालबालिकाहरुलाई न्यानाे हुने कपडा ट्र्याकसुट बितरण गरेकाे हाे ।बुधबार संगठनका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक पदम हमालकाे नेतृत्वमा गयकाे टाेलिले उक्त न्यानाे कपडा बितरण गरेकाे थियाे । भुकम्प गयकाे एक महिना नाघिसक्दा पनि बिकट र दुर्गम ठाउका बालबालिकाहरुले अहिले सम्मा आफुले कुनै पनि निकायबाट राहत सामाग्री नपायकाे गुनासो गर्दै आयका छन । क्रान्तिकारी युवा संगठनले न्यानाे हुने कपडा उपलब्ध गरेकाेमा बालबालिकाहरु निकै खुसि भयकाे कुरा ब्यक्त गर्दछन । गत कार्तिक १७ गते राति गयकाे भुकम्प ले जाजरकोट , रुकुम, सल्यान लगायतका हजाराै बिद्यालयहरुमा क्षति पुर्याएकाे छ भने हजारौं बालबालिका हरुकाे पढाइमा बाधा पुर्...
जाजरकोट : कुशे गाउपालिका वडा न.- २ निवासी (हाल अमेरिका बस्ने) सुरेन्द्र बहादुर सिंहले आफ्नाे वडाका भुकम्प पिडितहरुलाई नगत ८० हजार रुपैया सहयाेग गरेका छन ।
आईतवार उक्त रकम साेहि वडाका हरिचन्द्र जैसि र दिनेश सिंहले वडाकाे बर्खाले टाेलका पिडितलाई प्रति ब्यक्ति २/२ हजारकाे बितरण गरेका हुन ।गत कार्तिक १७ गते जाजरकाेट जिल्लाको बारेकाेट गाउपालिकाकाे रामीडाँडामा केन्द्र बिन्दु भयर गएको बिनाशकारी भुकम्पले कुशे गाउपालिकामा पनि पनि त ठुलो धन जनकाे क्षति भयकाे थियाे ।उक्त वडाका सबै घरहरु चर्कियर हाल सबै वडा बासिहरु परम्परागत गाेठ र पाल मुनि बसिरहेकाे अवस्था छ । वडाकाे (साविक) टालेगाउँ- ५ नम्बर वडा बर्खाले टाेलमा जनजाति हरुकाे बसाेबास रहेकाे छ । साेहि वडालाई लक्षित गरि मनकारी सिंहले सहयाेग गरेका हुन् ।
याे विपत्तकाे घडिमा सहयाेग गर्ने सिंह लाई सबैले हृदयदेखि धन्यवाद र आभार प्रकट गरेका छन्...
जाजरकोट :जिल्ला बिपत्त ब्यवस्थापन समिति जाजरकोटले कुशे गाउँपालिकामा सिफारिस गरि पठायकाे भुकम्प पिडितकाे राहत सामाग्रि छेडागाड नगरपालिकामा बितरण गरियकाे छ ।
ललितपुरको “संरक्षण तथा बिकाश नामक संस्था”ले पठायकाे सामान- (एक सय वाट बत्ति बाल्न मिल्ने सोलार -एक सय सेट, स्वच्छ खानेपानीका लागि फिल्टर- एक सय थान ,फाईबर सिरक -पचास थान,जकेट -एक सय थान ,सल- एक सय थान कुशे गाउपालिका जाजरकोटका जेष्ठ नागरिक , सुत्केरी र गर्भवती महिला ,अपांगता भयका ब्यक्ति र बालबालिका लाई लक्ष्यित गरि पठायकाे थियाे । उक्त राहात सामाग्री कुशे गाउपालिका मा पठायकाे रेकर्डिङ जिल्ला प्रशासन कार्यलयमा रहेता पनि उक्त सामाग्रीहरु छेडागाड नगरमामै बितरण गरे पछि कुशे गाउपालिकाका समुदाय हरुले आपत्ति गरेका छन्।
भुकम्प पिडितकाे नाममा पठायकाे राहत माथि नेताहरुले राजनीति गरेकाे र कुशेमा गाडी जादैन भनेर संस्थाका मान्छेलाई भ्रम सृ...
जाजरकोट : जिल्ला बिपत्त ब्यवस्थापन समिति जाजरकोटले कुशे गाउँपालिकामा सिफारिस गरि पठायकाे भुकम्प पिडितकाे राहत सामाग्रि छेडागाड नगरपालिकामा बितरण गरियकाे छ ।ललितपुरको “संरक्षण तथा बिकाश नामक संस्था”ले पठायकाे सामान- (एक सय वाट बत्ति बाल्न मिल्ने सोलार -एक सय सेट, स्वच्छ खानेपानीका लागि फिल्टर- एक सय थान ,फाईबर सिरक -पचास थान,जकेट -एक सय थान ,सल- एक सय थान कुशे गाउपालिका जाजरकोटका जेष्ठ नागरिक , सुत्केरी र गर्भवती महिला ,अपांगता भयका ब्यक्ति र बालबालिका लाई लक्ष्यित गरि पठायकाे थियाे । उक्त राहात सामाग्री कुशे गाउपालिका मा पठायकाे रेकर्डिङ जिल्ला प्रशासन कार्यलयमा रहेता पनि उक्त सामाग्रीहरु छेडागाड नगरमामै बितरण गरे पछि कुशे गाउपालिकाका समुदाय हरुले आपत्ति गरेका छन्। भुकम्प पिडितकाे नाममा पठायकाे राहत माथि नेताहरुले राजनीति गरेकाे र कुशेमा गाडी जादैन भनेर संस्थाका मान्छेलाई भ्रम सृजना गर...
जाजरकोट । कुशे गाउँपालिका जाजरकोटकाे घरङ्गा स्वास्थ्य चाैकि र ढिमे स्वास्थ्य चौकीमा गर्भवती महिलाहरुलाई प्रत्येक दिन निशुल्क भिडियो एक्सरे कार्यक्रम सूचारु भयकाे छ।
बुधबार एक कार्यक्रम गरि भिडियो एक्सरे कार्यक्रम सम्उद्घाटन गरियकाे छ ।कार्यक्रमको अध्यक्षता स्वास्थ्य ब्यवस्थापन समितिका अध्यक्ष तथा कुशे गाउपालिका वडा न ६ का वडा अध्यक्ष धन बहादुर सिंहले गरेका थिए भने प्रमुख आतिथ्यता गाउँपालिकाका स्वास्थ्य शाखा सह- संयोजक अमर जंग शाहले गरेका थिय ।
भिडियो एक्सरे कार्यक्रम कुशे गाउपालिका वडा नं ६ घरंगा स्वास्थ्य चौकी र वडा नं ५ ढिमे स्वास्थ्य चौकीमा आजदेखि प्रत्येक दिन गर्भवती महिलालाई निशुल्क चेकजाँच गरिने र अन्य वडाहरुमा पनि आवश्यकता अनुसार महिनामा एकपटक गयर निशुल्क भिडियो एक्सरे कार्यक्रम गरिने स्वास्थ्य शाखा सह- संयाेजक शाहले बताय ।
कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेत र उपाध्यक...
जाजरकोटको कुशे गाउँपालिका पर्यटकीय क्षेत्रका रूपमा परिचित छ । कृषि, पर्यटन र खानी खनिजका क्षेत्रमा विकासको फड्को मार्दै गरेको कुशे गाउँपालिकाको दोस्रो कार्यकालको अध्यक्षका रूपमा हरिचन्द्र बस्नेत हुनुहुन्छ । प्रस्तुत छ, नेपाली कांग्रेसका तर्फबाट अध्यक्षमा निर्वाचित बस्नेतसँग कुराकानी :
जनप्रतिनिधिका रूपमा एक वर्षको अनुभव कस्तो रह्यो ?
पालिकाको दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि विगतकै कार्यक्रम र योजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको छु । अनुभवका हिसाबले जनताको अपेक्षा र हाम्रो पालिका, प्रदेश र सङ्घबाट आउने बजेटको मात्राले ती अपेक्षा पूरा गर्न नसकिने खालका छन् । योजनाको प्राथमिकीकरण गरी एक वडामा एक प्रभावकारी योजना सञ्चालन गर्न सके प्रभावकारी हुने थियो । पालिकामा देखिने खालका वर्षमा चार/पाँच वटा मात्र योजना छनोट गरेर कार्यान्वयन गर्दा पालिकालाई राम्रो हुने अनुभव मैले गरेको छु ...
जाजरकोट ।जिल्लाको कुशे गाउपालिका वडा न. ४ निवासी कृष्ण शाही काठमाडौंको "नेपाल आर्मी स्वास्थ्य बिज्ञान प्रतिष्ठान " मा MBBS दोश्रो वर्षमा अध्यनरत जेहेन्दार र लगनशील बिद्यार्थी हुन।
केही महिना देखि सिकिस्त बिरामी भएका शाहिलाई उनका आफन्तहरुले लाखौं खर्च गरेर नेपालका सबै अस्पताल धाएर पनि उपचार गर्न रोगको एकिन नभएकोले हाल "राजीव गांधी क्यान्सर हस्पिटल नयाँ दिल्ली" मा रिफर गरेको छ ।
उनकाे उपचार का लागि कराेडाैं भन्दा माथि खर्च लाग्ने डाक्टर हरुले सुनाय पछि बिरामी शाहीलाई बचाउनका लागि आफन्त र मनकारी सबैलाई सहयाेगकाे गरिदिन उनका बुवा दिप बहादुर शाहिले सामाजिक संजाल मार्फत आह्वान गरेका छन ।
तपाईं हरुकाे सानाे -सानाे सहयाेगले बिरामी शाहिलाई बचाउ मनकारी सबैले तल उल्लेखित नाम र बैंक खातामा रकम जम्मा गरि सहयोग गरि "कृष्ण शाहि बचाऊ अभियानमा" सहभागिताकाे लागि अनुराेध गरियकाे हाे ।
खाता व...
काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तरास्ट्रिय विमान स्थल नजिकै बाट जाजरकोट कुशे गाउपालिका २ टालेगाउ कि एक बालिका हरियकि छिन ।
मंगलबार दिउसाे एयरपोर्ट नजिकैको काडाघारी गान्धी स्कुलमा पढ्ने बालिका आकृति प्रिरिजमा शाही नाम ले चिनिने रंग : गोरो, उमेर ८ बर्षकी बालिका हरियकी हुन। उनका बुवा यज्ञ शाही,आमा कालिका सिहं (शाही)र मामाकाे नाम महेन्द्र सिहं हाे । उनलाई साेधे पछि आमा बुवा र मामाकाे नाम बताउन सक्ने भयकाले भेटाउनु हुने जाे काेहिले नजिकैको प्रहरी लाई बुझाउन र ९८६८९३६३३९ र९७६५५१७३७७ मा सम्पर्क गर्न आह्वान गरियकाे छ ।
...
जाजरकोट। जाजरकोट जिल्ला कुशे गाउँपालिका वडा न. ७ समाकोटका अन्दाजी ४५ बर्षका निम ब सिंहको कामको शिलशिलामा भारतको गौरिकुन्ड भन्ने ठाउमा घासँ काट्ने क्रममा भिरबाट लडेर मृत्यु भयकाे छ ।
भारतमा राेजगारीकाे सिलसिलामा गएका सिंह लामाे समय भारतकाे गाैरिकुन्ड भन्ने ठाउमा बस्दै आफ्नो जिविका चलाईरहेका थिय । घाँस काटने क्रममा चिप्लिएर भिरबाट लडे पछि टाकाेमा गम्भीर चाेट लागेपछि सिंहकाे मृत्यु भयकाे त्यहाबाट धन बहादुर सिंह ले तुफान न्युज डटकमलाई जानकारी दियका दिय।...