११ श्रावण २०८१, शनिबार

क्रान्तिकारी युवा संगठनले भुकम्प पिडित बालबालिकालाई न्यानाे कपडा बितरण गरेकाे छ

जाजरकोट : क्रान्तिकारी युवा संगठन नेपाल जाजरकोटले  भुकम्प पिडित बालबालिकाहरूलाई न्यानाे कपडा बितरण गरेकाे छ ।

जिल्लाको कुशे गाउपालिकाकाे वडा न – २ मान्ने ढुङ्गा मा.बि.टालेगाउँका बालबालिकाहरुलाई न्यानाे हुने कपडा ट्र्याकसुट बितरण गरेकाे हाे ।बुधबार संगठनका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक पदम हमालकाे नेतृत्वमा गयकाे टाेलिले उक्त न्यानाे कपडा बितरण गरेकाे थियाे । भुकम्प गयकाे एक महिना नाघिसक्दा पनि बिकट र दुर्गम ठाउका बालबालिकाहरुले अहिले सम्मा आफुले कुनै पनि निकायबाट राहत सामाग्री नपायकाे गुनासो गर्दै आयका छन । क्रान्तिकारी युवा संगठनले न्यानाे हुने कपडा उपलब्ध गरेकाेमा बालबालिकाहरु निकै खुसि भयकाे कुरा ब्यक्त गर्दछन । गत कार्तिक १७ गते राति गयकाे भुकम्प ले जाजरकोट , रुकुम, सल्यान लगायतका हजाराै बिद्यालयहरुमा क्षति पुर्‍याएकाे छ भने हजारौं बालबालिका हरुकाे पढाइमा बाधा पुर्‍याएकाे छ । कयौंकाे ज्यान लियाे भने कयौं बालबालिका घाइते अवस्थामा छन्।