११ श्रावण २०८१, शनिबार

नगर बस संचालनमा आय पछि स्थानीयहरुमा छायाे खुसि

जाजरकोट :भेरी नगरपालिका जाजरकोटले नगर बस संचालनमा ल्याए पछि स्थानीय नगरबासी र आसपास बासिन्दाहरुमा खुसि छायकाे छ ।  सडक डिभिजन कार्यालयले रुटप्रमिट दिएपछि नगरपालिकाले गत शुक्रबारदेखि नगर बस संचालनमा ल्याएको हो ।नगरपालिकाले संचालन गरेका २ वटा नगर बस छुट्टाछुट्टै २ वटा रुटमा संचालन गरिने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले जानकारी दिए । घर्तीका अनुसार एउटा बस बिहान ७ बजे कार्कीगाउँ देखि खलंगा र खलंगा देखि रिम्ना हुदै कालीमाटी पुगेर कार्कीगाउँ फर्किने छ भने अर्को बस पाँचकाटिया देखि खलंगा, कुदु हुँदै छेडा बजार पुगेर फर्किनेछ ।

नगर बसको भाडा भने यसअघि कै जिल्लाको भाडादर कायम गरिएको छ । नगर बसमा महिला, जेष्ठ नागरिक र अपाङ्कता भएका व्यक्तिका लागि आरक्षण सिटको व्यवस्था गरिएको छ । अन्य सहुलियत दिने विषयम आगामी नगरसभाबाट निर्णय हुने नगरपालिकाले जनाएको छ।

नगर बस संचालनमा ल्याय पछि नगरबासि र आसपासका स्थानीय हरुमा अब सदरमुकाम आवतजावतमा सजिलाे भयकाे छ ।कुशे गाउँपालिका–५ पाँचकाटियामा शनिबार नगर बस पुगेपछि त्यहाँका स्थानीयहरु हर्षित भएका थिय । पहिला जीपहरु मात्र संचालन हुदै आएको पाँचकटियामा बस नै पुगेपछि स्थानीयहरु खुशी भएका हुन्। जिल्ला सदरमुकाम खलंगामा आउन जानका लागि गाडी नै नपाउने पाएपनि महंगो भाडा तिर्दै आएका पाँचकटिया लगाएत कुशे गाउँपालिकाका नागरिकहरु नगर बस नियमित हुने भएपछि खुशी भएका हुन् ।