२३ भाद्र २०८१, आईतवार

कुशे गाउँपालिकाका दुईवटा स्वास्थ्य चाैकिमा गर्भवती महिलाका लागि निशुल्क भिडियो एक्सरे सेवा हुने

जाजरकोट । कुशे गाउँपालिका जाजरकोटकाे घरङ्गा स्वास्थ्य चाैकि र ढिमे स्वास्थ्य चौकीमा गर्भवती महिलाहरुलाई प्रत्येक दिन निशुल्क भिडियो एक्सरे कार्यक्रम सूचारु भयकाे छ।

बुधबार एक कार्यक्रम गरि भिडियो एक्सरे कार्यक्रम सम्उद्घाटन गरियकाे छ ।कार्यक्रमको अध्यक्षता स्वास्थ्य ब्यवस्थापन समितिका अध्यक्ष तथा कुशे गाउपालिका वडा न ६ का वडा अध्यक्ष धन बहादुर सिंहले गरेका थिए भने प्रमुख आतिथ्यता गाउँपालिकाका स्वास्थ्य शाखा सह- संयोजक अमर जंग शाहले गरेका थिय ।

भिडियो एक्सरे कार्यक्रम कुशे गाउपालिका वडा नं ६ घरंगा स्वास्थ्य चौकी र वडा नं ५ ढिमे स्वास्थ्य चौकीमा आजदेखि प्रत्येक दिन गर्भवती महिलालाई निशुल्क चेकजाँच गरिने र अन्य वडाहरुमा पनि आवश्यकता अनुसार महिनामा एकपटक गयर निशुल्क भिडियो एक्सरे कार्यक्रम गरिने स्वास्थ्य शाखा सह- संयाेजक शाहले बताय ।

कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेत र उपाध्यक्ष देविका कुमारी सिंहकाे बिशेष पहलमा गाउँपालिकाकाे आर्थिक तथा प्राबिधिक ब्यबस्थापनमा उक्त भिडियो एक्सरे कार्यक्रम संचालनमा आयकाे र भिडियो एक्सरे मेसिन सोलुखुम्बु पोलिटेक्निकल एकेडमी संस्थाले उपलब्ध गरेको वडा अध्यक्ष सिंहले बताय ।

हिजाेका दिनहरुमा स्वास्थ्य मा समस्या हुदा भिडियो एक्सरे गर्न चाैरजहारी मिसन हस्पिटल, सुर्खेत र नेपालगन्ज जानू पर्ने बाध्यता थियाे अब गाउमै भिडियो एक्सरे सेवा संचालनमा आउदा तेहाका बासिन्दा हरुमा खुसियाली छायकाे छ ।

कुशे गाउपालिकाले बिगत देखि शिक्षा र स्वास्थ्य क्षेत्रमा विशेष ध्यान दिदै आयकाे र थप अन्य स्वास्थ संस्था हरुमा पनि छिट्टै पहल गरि भिडियो एक्सरे मेसिन ब्यवस्थापन गरिने गाउपालिका अध्यक्ष बस्नेतको बताय।