११ श्रावण २०८१, शनिबार

एमालेको चियापान कार्यक्रम, शिर्ष नेताहरु एउटै टेबलमा

ललितपुर ।नेकपा एमालेले दशैं, तिहार, छठलगायतका चाडपर्वको अवसरमा  चियापान कार्यक्रम आयोजना गरेको हाे ।

बुधबार पार्टीकाे केन्द्रीय कार्यालय ललितपुरकाे च्यासलमा आयोजित कार्यक्रममा प्रमुख दलका नेताहरू समेत सहभागी भएका थिय।

चियापानमा पुगेका नेताहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायतका नेताहरुले स्वागत गरेका थिए ।

त्यसक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव लगायतका शीर्ष नेताहरु एउटै राउण्ड टेबलमा देखिए ।