११ श्रावण २०८१, शनिबार

कुशे गाउँपालिकामा पठायकाे राहत सामाग्री छेडागाड नगरपालिकामा बितरण

जाजरकोट : जिल्ला बिपत्त ब्यवस्थापन समिति जाजरकोटले कुशे गाउँपालिकामा सिफारिस गरि पठायकाे भुकम्प पिडितकाे राहत सामाग्रि छेडागाड नगरपालिकामा बितरण गरियकाे छ ।ललितपुरको “संरक्षण तथा बिकाश नामक संस्था”ले पठायकाे सामान-  (एक सय वाट बत्ति बाल्न मिल्ने सोलार -एक सय सेट, स्वच्छ खानेपानीका लागि फिल्टर- एक सय थान ,फाईबर सिरक -पचास थान,जकेट -एक सय थान ,सल- एक सय थान कुशे गाउपालिका जाजरकोटका जेष्ठ नागरिक , सुत्केरी र गर्भवती महिला ,अपांगता भयका ब्यक्ति र  बालबालिका लाई लक्ष्यित गरि पठायकाे थियाे । उक्त राहात सामाग्री   कुशे गाउपालिका मा पठायकाे रेकर्डिङ जिल्ला प्रशासन कार्यलयमा रहेता पनि उक्त सामाग्रीहरु छेडागाड नगरमामै बितरण गरे पछि कुशे गाउपालिकाका समुदाय हरुले आपत्ति गरेका छन्। भुकम्प पिडितकाे नाममा पठायकाे राहत माथि नेताहरुले राजनीति गरेकाे र कुशेमा गाडी जादैन भनेर संस्थाका मान्छेलाई भ्रम सृजना गरेर राहत कब्जा गरेर कुशेलाई उपेक्षा गरेकाे  कुशेका एमाले कार्यकर्ता बताउँछन् ।

प्रमुख जिल्ला अधिकारीसँगको समन्वय र वडा अध्यक्षको रोहवरमा उक्त राहत सामाग्री वितरण भयकाे भनियता पनि जिल्ला बिपत्त शाखाले कुशेमा नै पठायकाे रेकर्ड जिल्लामा रहेकाे जनायकाे छ ।

शनिबार नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्य र लालबहादुर महताराले उक्त राहत सामाग्री छेडागाड नगरपालिका वडा न ८र ९का भुकम्प पिडितलाई बितरण गरेकाे बुझियकाे छ । भुकम्प गयकाे १ महिना पुगिसक्दा पनि हाल सम्मा दुर दराजका पिडितहरु राज्यबाट कुनै राहत नपायकाे गुनासो ब्यक्त गरिरहेका छन् र जाडाेका कारण हाल सम्मा २२ भुकम्प पिडितकाे ज्यान समेत गयकाे छ ।

गत कार्तिक १७ गते राति ११:४७ मा जिल्लाको बारेकाेट गाउपालिकाकाे वडा न १ रामिडाँडा केन्द्र बिन्दु भयर ६.७ रेक्टर स्केलकाे भुकम्पले जाजरकोट , रुकुम ,सल्यान लगायतका जिल्लाका बासिन्दा हरुलाई घरवारविहीन बनायकाे छ ।

विपद शाखा जाजरकोट काे सिफारिस पत्र :-

संरक्षण तथा विकाश संस्थाले पठायकाे अनुमतिपत्र:–