११ श्रावण २०८१, शनिबार

अमेरिका बस्ने सिंहले भुकम्प पिडितलाई ८० हजार नगत सहयाेग

जाजरकोट :  कुशे गाउपालिका वडा न.- २ निवासी (हाल अमेरिका बस्ने)  सुरेन्द्र बहादुर सिंहले आफ्नाे  वडाका भुकम्प पिडितहरुलाई नगत ८० हजार रुपैया सहयाेग गरेका  छन ।

आईतवार उक्त रकम साेहि वडाका हरिचन्द्र जैसि र दिनेश सिंहले वडाकाे बर्खाले टाेलका पिडितलाई प्रति ब्यक्ति २/२ हजारकाे  बितरण गरेका हुन ।गत कार्तिक १७ गते जाजरकाेट जिल्लाको बारेकाेट गाउपालिकाकाे रामीडाँडामा केन्द्र बिन्दु भयर गएको बिनाशकारी भुकम्पले कुशे गाउपालिकामा पनि  पनि त ठुलो धन जनकाे क्षति भयकाे थियाे ।उक्त वडाका सबै घरहरु चर्कियर हाल सबै वडा बासिहरु परम्परागत गाेठ र पाल मुनि बसिरहेकाे अवस्था छ ।  वडाकाे (साविक) टालेगाउँ- ५ नम्बर वडा बर्खाले टाेलमा जनजाति हरुकाे बसाेबास रहेकाे छ । साेहि  वडालाई लक्षित गरि मनकारी सिंहले सहयाेग गरेका हुन् ।

याे विपत्तकाे घडिमा सहयाेग गर्ने सिंह लाई सबैले हृदयदेखि धन्यवाद र आभार प्रकट गरेका छन्।